सडक खन्दा कोलनगर नजिकै थप पुरातात्विक बस्तु फेला

नवलपरासी,१ असार
प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(पण्डितपुर) नजिकै जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक बस्तुहरु फेला परेका छन् । राजधानी कोलनगरमा पाईने खैरो भाडा(ग्रेवेयर) जस्तै उक्त स्थानमा प्राचिन बस्तु फेला परेको हो ।
राजधानीसँग समकालिन कुनै नगर भएको र उक्त स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार स्थानिय नारद यादवले बताए । स्थानिय कोटही माई स्थानमा सडक पुर्याउने उदेश्यले जेसिबिले खन्दा पुरै भाडै भाडाका टुक्राहरु फेला परेको उनले देखाए । यसबारे आफुले पुरातत्व विभागलाई जानकारी समेत गराएको जानकारी गराए । तर पुरातत्व विभागबाट अहिलेसम्म कोही आएका छैनन्,उनले भने,त्यहाँ भेटिएका पुरातात्विक भाडाका टुक्राहरु केही ल्याएर घरमै संरक्षित गरि राखेको छ,बाकी त्यही यत्रतत्र छरिएका छन् । ति बस्तुको संरक्षण गर्ने स्थानिय तह वा स्थानिय प्रशासन कहिँबाट केही चाँसो नदेखाइएको उनको भनाई छ । राजधानी कोलनगर देखी करिब चार किलोमिटर पुर्व उत्तरमा रहेको उक्त स्थानको पुरातात्विक खोज र अनुसंधान आवश्यक रहेको उनले सुनाए ।
भगवान गौतम बुद्धको मावली भएको कोलिय गणराज्यको राजधानी रामग्राम अर्थात कोलनगर पण्डितपुर नजिकै प्राचिन बस्तुले प्राचिन नगर भएको हुन सक्ने कोलिय फाउण्डेसन नवलपरासीका सदस्य समेत रहेका नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवारले यसमा नगरपालिकाले पनि चाँसो लिईनु पर्ने बताए । यसका लागि कोलिय फाउण्डेसनले पनि खोज अनुसँधानका लागि सम्बन्धित निकायको ध्यानाकर्ष गराउने बताउदै उनले तत्कालन पुरातााित्वक बस्तुहरु नष्ट नहोउन भनेर स्थानिय प्रशासन र स्थानिय सरकारले संरक्षणको जिम्मेवारी लिइनु पर्छ । विगत बर्ष देखी राजधानी क्षेत्रमा भुभौतिक सर्वेक्षण गर्ने कार्य पुरातत्व विभागले गराउदै आएको छ । पुरातत्व विभागले अहिलेसम्मकै ब्यवस्थित चक्रिय अवस्थामा बनाइएको प्राचिन शहर भएको भुभौतिक सर्वेक्षणले देखाएको छ । तर अहिले राजधानी नजिकै राजधानीकै समकालिन समाग्रि भटिनु एक प्रकारको शुखद समाचार आएको छ,अध्यक्ष सैथवारले भने,तर शुखदमा पनि पुरातात्विक सम्पदा पाएर पनि सरोकारवालाले संरक्षणमा चाँसो नलिईनु दुखद पक्ष पनि बनेको छ । यसका लागि सम्बन्धित निकायले तत्कालन संरक्षण र खोज अनुसंधान गर्नु पर्ने औल्याएका थिए ।

इसा पुर्व ८ सय बर्ष प्राचिनता बोकेको कोलिय राजाको राजधानीलाई पुर्नत्थान गरि कोलिय सभ्यता र संस्कृतिको समेत पुर्नरउत्थान आवश्यक रहेको छ । यसका लागि सरकारी संरचना र गैरसरकारी संघसस्थाको कृयाशिलता,स्थानियबासीको सहभागिता हुन आवश्यक छ । पुरातत्व विभागले तिन बर्षसम्म उत्खनन,चार बर्षसम्म निरन्तर भुभौतिक सर्वेक्षण गरि प्राचिन कोलिय गणराज्यको राजधानी चक्रिय स्वरुपमा रहेको देखिन आएको थियो । उत्खननका क्रममा प्राचिन पोष्टहोल, खैरो भाडो(ग्रेवर), एनबिपि, विभिन्न प्रकारका भाडाकुडा, बुद्धमुर्ति, धातुहरु जस्ता बस्तुहरु फेला परेको यो स्थान हो । ,तर सरकारी संरचना नहुदा ब्यवस्थित काम हुन सकिरहेको छैन् । अहिले राजधानी नजिकैको आर्को नगर भएको पहिचानमा आउनु पुरातात्विक सम्पदा थपिएको छ ।
तत्कालिन बनारसका राजा रामलाई कुष्टरोग लागेको थियो । राजबैद्यको परामर्शमा उनी यो कोलवृक्ष भएको जंगल क्षेत्रमा कुष्टरोग उपचारका लागि आएका थिए । कोलवृक्षको पातको मलम बनाई घाँउमा लगाउने र पातको सेवनले उनको कुष्टरोग निको भएको थियो । तत्पश्चात उनी बनारस फर्केनन । यसै कोलवृक्ष क्षेत्रमा आफ्नो गाँउ(ग्राम) बसालेका थिए । जुन गाँउको नाम नै रामग्राम भनिएको थियो । कोलवृक्षले पुर्नजिवन पाएका राजारामले गणराज्यको नाम नै कोलिय गणराज्य राखेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम, कोलनगर, देवदह, ब्याग्रपुर, ब्याग्रपथ, बघौरतप्पा लगायतका नाम विभिन्न कालखण्ड चिन्ने गरिएको इतिहास छ । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर(निगम)हरु रहेको थियो ।
रोहिणी नदी पुर्व रहेको शाक्यहरुको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरु विच विवाहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।
महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक सातामै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भई सकेको छ । यो यतिको महत्वपुर्ण धार्मिक,पुरातात्विक,ऐतिहासिक,अध्यात्मिक क्षेत्र अहिले ओझेलमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *