Health Advertisement

रामग्राम स्तुप परिसर नजिकै रहेको उनवछ स्वास्थ्यचौकीमा वृक्षारोपण गरि मनाईयो विश्व वातावरण दिवस

नवलपरासी,२५ जेठ
विश्व वातावरण दिवसको अवसरमा रामग्राम स्तुप परिसर स्थित उनवद्ध स्वास्थ्य चौकीको कम्पाउण्डमा वृक्षारोपण गरिएको छ । कोलिय फाउण्डेसन नवलपरासीको सहयोग र स्वास्थ्य चौकीको आयोजना सो कार्यक्रम गरिएको हो ।
नवनिर्मित भवनको कम्पाउण्डमा विभिन्न प्रजातीका वृक्षारोपण गरि विश्व वातावरण दिवस मनाइएको स्वास्थ्य चौकी इन्चार्ज बलिराम कोईरीले बताए । पर्यटकिय स्थल रामग्राम स्तुप नजिकै रहेको उतm स्वास्थ्य चौकी भवनबाट छिट्टै सेवा प्रदान गरिने जनाकारी गराउदै उनले मानिसकै कारण पृथ्वीमा भई रहेको जलवायु परिवर्तनले सबै प्राणीजगतलाई प्रभावित बनाएको बताए । जलवायु परिवर्तनको अनुकुलनमा पुनः सबै मानव समुदाय लाग्नु पर्ने उनले औल्याएका थिए । प्राणी र बनस्तपतिको अन्तरसम्बन्ध छ, उनले भने,पृथ्वीमा जिवन सुरक्षित राखि राख्नका लागि प्राणी र बनस्पतिको सन्तुलन पनि आवश्यक छ । यसका लागि खाली कुनै पनि स्थानमा वृक्षा
रोपण गर्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ।
प्राचिन कोलिय गणराज्यको कृषि,संस्कृति र कोलिय राजकुमारी महामायाको सन्तानको रुपमा जन्मेका सिद्धार्थ अर्थात गौतम बुद्धको शिक्षा,बुद्ध स्थलको पहिचान,अनुसंधान,प्रचार प्रसार र प्रवद्र्धनका लागि स्थापित भएको कोलिय फाउण्डेसन नवलपरासी गठन भएको छ । फाउण्डेसनले बुद्ध स्थल नजिकै रहेको सार्वजनिक सस्थान विद्यालय लगायतको क्षेत्रमा वृक्षारोपण तथा कोलिय संस्कृतिबारे जागरण कार्याक्रम गर्न समेत जानकारी गराएका छ । हाल पाल्ही बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख कैलाश ठाकुरको नेतृत्वमा कोलिय फाउण्डेसन गठन भएको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *