नेपालमा सुचिकृत नभएका धाँनको वीउँ जपत गरि नष्ट गरियो

नवलपरासी,१ जेठ
जिल्ला स्थित विभिन्न कृषि समाग्रि बेचविखन गर्दै आएकाका एग्रोभेटहरुमा नेपालमा सुचिकृत नभएको विक्रि वितरण हुदै आएका धानका विउँ अनुगमन टोलीले बरामद गरि नष्ट गरेको छ । विउ बिजन प्रयोगशाला भैरहवा र कृषि ज्ञान केन्द्रका कृषि प्राविधिकहरु सहितको अनुगमन टोलीले ति एग्रोभेट तथा हाटबजारमा विक्रि हुदै आएका विँउहरु जपत गरि नष्ट गरेको हो ।
नेपालमा सुचिकृत नभएका धानका विउँ भारतको विभिन्न बजारबाट ल्याएर आफ्नो एग्रोभेटमा राखेर विक्रि वितरण गर्दै आएको अवस्थामा फेला पारियो,ज्ञान केन्द्रका प्रमुख डा.रविन्द्रनाथ चौबेले भने,अनुगमनका क्रममा भेटिने सुचिकृत विनाको धान विउँ जपत गरियो र कार्यालयमा ल्याएर नष्ट गरिएको छ । पहिलो चरण नेपालमा सुचिकृत जातका धानको विउँ मात्र विक्रि वितरण गर्न सचेत समेत गराईएको उनले बताएका थिए ।
सदरमुकाम परासी,पटखौली,जमुनिया,गोपिगँज,वर्दघाट र सुनवलका विभिन्न स्थानमा अनुगमन टोलीले अनुगमन गरेको थियो । उनका अनुसार झण्डै दुई लाख बराबर मुल्य पर्ने साढे तिन क्वीन्टल धाँनका विउँ जपत गरिएको थियो । ति विउँलाई ज्ञान केन्द्र परिसरमा ल्याएर गाडियो । अहिले धाँनको बिउँ राख्ने बेला आएको छ,उनले थपे,नेपालमा सुचिकृत भएका,नेपालमै विउँ उत्पादन गरिएका धानका विँउ कम्पनीहरुले उपलब्ध गराउदा गराउदै पनि ति एग्रोभेटहरुले भारतिय बजारबाट अवैध रुपमा ल्याएर विक्रि वितरण गर्दै गरेको पाइएको छ ।
सुचिकृत नभएका धानका विउँ ल्याएर किसानलाई बिक्रि गर्ने र पछि धान नफल्ने,रोगकिरा लाग्ने जस्ता समस्या आए पछि किसान सरकारले केही गरेन्,भन्दै कार्यालय घेर्ने जस्ता समस्या नआओस भनेर बेलामै अनुगमन गरिएको उनको भनाई थियो । नेपालमा सुचिकृत भएका धानका विउँको जिम्मेवारी सम्बन्धित विउँ उत्पादन गर्ने कम्पनीले लिन्छ,नेपालमा उत्पादन भएका विउँको जिम्मेवारी पनि सम्बन्धित कम्पनी र नेपाल सरकारले पनि जिम्मेवारी लिने गर्छ । तर सुचिकृत नै नभएका विउँको जिम्मेवारी कस्ले लिईने ? जस्ता प्रश्न खडा हुन्छ । सिमावारीबाट ल्याईने विभिन्न विउँमा विगतमा पनि समस्या देखिएका थिए,प्रमुख चौबेले भने,त्यसलाई निरुत्साहन गर्न आवश्यक छ ।
यस प्रति किसान समेत सचेत हुनु पर्ने बताउदै सोझासाझा किसानलाई थाहा नहुन सक्छ,तर तालिम प्राप्त गरेर दर्ता प्रकृया पुरा गरि विँउको कारोबार गर्ने एग्रोभेटहरु यस प्रति सचेत हुनु पर्ने हो । किसानलाई ति धानको जिम्मेवारी सरकारले लिदैन पनि भन्नु पर्छ,किसानलाई नेपालमै उत्पादन भएका विउँको प्रयोग गर्न प्रोत्साहित पनि गर्नु पर्छ । विभिन्न तालिम गोष्ठिमा पनि यसबारे कुरा उठाउने गरिएको छ । कानुन अनुसार नेपालमा सुचिकृत नभएका धाँनको विउँ विक्रि वितरण गर्नेलाई दण्ड जरिवाना र कैद सजाय सम्मको ब्यवस्था रहेको छ । तर अहिले सम्बन्धित एग्रोभेटलाई अनुगमन गर्दै सचेत गराउने र सुचिकृत नभएका विँउ जपत गरि नष्ट गर्ने कार्य मात्रै गरियो,आर्को पटक कानुनी कारवाही समेत गरिने चेतावनी समेत दिईएको थियो । उतm अनुगमन टोलीमा ज्ञान केन्द्रका प्रमुख डा.चौबे सहित बीउँ बिजन प्रयोगशाला भैरहवाका निमित्त प्रमुख शालिक
राम गौतम,विषादी निरिक्षक राजेन्द्र यादव,जिल्ला प्रशासनका प्रतिनिधि,प्रहरी प्रतिनिधि,पत्रकार र अन्य कृषि प्राविधिकहरुको सहभागिता रहेको थियो ।

3 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *