पडरीका आगलागी पिडितलाई भेटेर लुम्बिनी प्रदेशका कानुन मन्त्री पंथीले दिए आवास ब्यवस्थानको आश्वासन

नवलपरासी,१५ बैशाख
जिल्लाको पाल्हीनन्दन गाउपालिका वार्ड नं.६ पडरीमा गत साता भएको आगलागि पिडितलाई भेट्न लुम्बिनी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री दिनेश पंथी गाँउमा पुगेका छन् । आगलागी पिडितलाई भेटेर उनले घरबार जलेर नष्ट भई सकेका परिवारका लागि तत्कालि अस्थाई आवास र पछि स्थाई आवासको ब्यवस्थापन गरिने आश्वासन समेत दिईएका हुन् ।
आवास ब्यवस्थापनका लागि सो वार्डका वार्ड अध्यक्ष कृष्णचन्द्र यादवलाई आवश्यक प्रकृया पुरयाउदै जिल्ला स्तरमा पुर्याउने र जिल्ला समन्वय समितिका प्रमुख भगौती प्रसाद यादवलाई आग्रह गर्दै भने,छिटै जिल्ला स्तरबाट निर्णय गराउदै प्रदेशमा पठाउनका लागि पहल गर्नुहोला । प्रदेश सरकारले पनि प्रतिवेदन र माग तथा आवश्यकताको आधारमा तत्कालै निर्णय गरेर सहायता पठाउने छ । प्रकोप ढोल बजाएर आउदैन्,उनले भने,तर प्रकोपमा परेका पिडितलाई हामी सबै मिलेर सहयोग गर्दै समान्व अवस्थामा पुर्याउनु पर्ने कर्तब्य हो । त्यसका लागि स्थानिय तह,संघसस्थाले पनि अ आफ्नो स्तरबाट सहयोग गर्न समेत आग्रह गरेका थिए । मन्त्रीसँग पुगेका लुम्बिनी प्रदेशका पुर्व साँसद तथा नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहेका दिपेन्द्र अधिकारीले गत बैशाख ७ गते भएको आगलागी पछि तत्कालै युवा संघ मार्फत राहत लिएर पुगेको र अहिले मन्त्रिलाई समेत पिडितसँग भेटघाट गराएको बताएका थिए । सो गाँउमा १५ घरधुरीमा आगलागि भई घरगोठ जलेर नष्ट भएको छ ।

2 Comments

  • You actually make it appear so easy with your presentation but I find
    this topic to be actually something that I believe I might never understand.
    It seems too complex and extremely large for me.
    I am having a look forward in your subsequent publish,
    I will attempt to get the dangle of it!

Leave a Reply

Your email address will not be published. Required fields are marked *