कुपोषण न्युनिकरणका लागि लुम्बिनी प्रदेशमा अनुसंधान हुदै

नवलपरासी,१५ बैशाख
लुम्बिनी प्रदेशमा पोषणयुतm खाद्य जन्य औषधी(एमएमएस) खुवाउनका लागि अनुसंधान गरिने भएको छ । महिला तथा बालबालिकामा सुक्ष्म पोषण तत्वको अभावले कुपोषण जस्ता समस्या देखिन थाले पछि नेपालको लुम्बिनी प्रदेशमा बहुमुखी शुक्ष्मपोषण पोषणयुतm औषधी खुवाउनका लागि अनुसंधान हुने भएको ।
अनुसंधानका लागि राष्ट्रिय स्तरको सरोकारवाला र लुम्बिनी प्रदेश स्तरको सरोकारवालासँग अभिमुखीकरण भई सकेको छ । लुम्बिनी प्रदेशको विभिन्न १ सय २० वटा वार्डका स्वास्थ्य सँस्था छनौट गरि गर्भवती महिलालाई खुवाउदै दुई बर्षसम्म त्यसको अनुसंधान गरिने जानकारी नवलपरासीमा भएको एक कार्यक्रममा जानकारी गराइएको थियो । जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवको अध्यक्षतामा जिल्ला स्थित सरोकारवालासँग भएको अभिमुखीकरणमा सो जानकारी गराइएको थियो । नवलपरासीमा पनि सुस्ता गाउपालिकाको पकलिहवा स्वास्थ्य चौकी र प्रतापपुर गाउपालिकाको जगर्नाथपुर प्राथमिक स्वास्थ्य केन्द्रको क्षेत्र भित्र परेका गर्भवती महिलालाई ति पोषण खुवाउदै सुक्ष्म अन्ययन र अनुसंधान गरिन्छ । हेलेन किलर इन्टरनेसनल नेपाल नामक संस्थाले सरकारसँग मिलेर सो अनुसंधान गर्ने छ । मल्टिभिटामिनको रुपमा रहेको उतm पोषणयुतm औषधी गर्भवती महिलाले पहिलो जाँच देखी खान शुरु गर्नेछन् । सुत्केरी पछि पनि सो औषधी खुवाउने निरन्तरता दिईने छ । सो भिटामिन खानेले महिला तथा शिशुमा कुपोषणको अवस्था थाहा पाए पछि त्यसलाई विस्तार गरिने जानकारी गराइएको थियो ।
नवलपरासीमा अहिले पनि ७ प्रतिसत बालबालिकामा कुपोषण देखिएको एक अध्ययनले देखाएको छ । नेपाल सरकारले निरन्तर आईरन चक्कि,खोप,खाद्य सम्बन्धि सचेतना जनाउदै आएको भए पनि बालबालिकामा कुपोषणको अवस्था रहने गर्दा त्यसका लागि पनि भिटामिन प्रभावकारी हुन सक्ने सरोकारवालाले बताएका थिए । नवलपरासीमा हालै गरिएको एक अध्ययनले ११ हजार ७ सय ९७ जना बालबालिकाको लेखाजोखा गर्दा १० हजार ९ सय ९७ समान्य अवस्था रहेको पाइएको थियो । त्यसै गरि ७ सय ८३ जना समान्य कुपोषणमा परेको र ३५ जना कडा कुपोषण देखिएको छ । त्यसमा प्रतापुर र सुस्तामा बढि कुपोषित अवस्था देखिएको छ । सुस्तामा ३ हजार १ सय ९८ जना बालबालिकाको लेखाजोखा गर्दा २ सय २२ जनामा समान्य कुपोषण र १६ जना कडा कुपोषण देखिएको थियो । २ हजार ९ सय ६० जना समान्य अवस्थाका बालबालिका थिए ।
त्यसै गरि प्रतापपुरमा पनि ३ हजार ५३ जना बालबालिकाको लेखाजोखा गर्दा १ सय ४३ जना समान्य कुपोषण र १० जना कडा कुपोषणमा परेको देखिएको थियो । त्यसैगरि पाल्हीनन्दन गाउपालिकामा कुल २ हजार ७ सय ९१ मा २ सय ७८ जना समान्य कुपोषण र ६ जना कडा कुपोषण देखिएको थियो । त्यसैगरि सरावल गाउपालिकामा कुल २ हजार ६ सय १२ जना बालबालिकाको लेखाजोखा भएकोमा १ सय ४० जना समान्य कुपोषण र ३ जनामा कडा कुपोषण देखिएको थियो । सो लेखाजोखा जिवन रुपान्तरण परियोजनाले गरेको थियो ।

1 Comment

  • Kotsopoulos J, Gronwald J, Karlan BY, Huzarski T, Tung N, Moller P, Armel S, Lynch HT, Senter L, Eisen A, Singer CF, Foulkes WD, Jacobson MR, Sun P, Lubinski J, Narod SA, Hereditary Breast Cancer Clinical Study Group 2018 Hormone Replacement Therapy After Oophorectomy and Breast Cancer Risk Among BRCA1 Mutation Carriers buy priligy generic

Leave a Reply

Your email address will not be published. Required fields are marked *