गण्डक परियोजनाका सडकलाई ‘इण्डो नेपाल गण्डक मार्ग’बनाउन माग

नवलपरासी,५ चैत्र
हालै पहिचानमा आएको जिल्लाको पाल्हीनन्दन गाउपालिको प्राचीन नन्दन नगर र नन्दन ताललाई जोड्दै इण्डो—नेपाल गण्डक मार्गको माग उठेको छ । ति स्थानलाई मुख्य मार्गसँग जोड्न भारत भएर मधेश प्रदेशको विरगँजसम्म जोड्ने ‘नेपाल—भारत गण्डक मार्ग अर्थात (इण्डो—नेपाल गण्डक मार्ग)को स्वरुप दिन गाउपालिकाका उपाध्यक्ष फातुमा खातुन अंसारी (सकिना)ले संघिय सांँसद र प्रदेश साँसदसँग माग गरेकी हुन् ।


पुर्व गृहराज्य मन्त्री देवेन्द्र राज कण्डेलको निवासमा भएको संघिय साँसद विनोद चौधरी तथा लुम्बिन्ी प्रदेश साँसदद्धय देवकरन कलवार र बैजनाथ जैसवाल सहितको जनप्रतिनिधीहरुको अनौपचारिक छलफलमा उनले सो कुरा उठाएकी हुन् । गण्डक सम्झौता अनुसार गण्डक ब्यारेजबाट नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणाली र नेपाल गण्डक पुर्वि गण्डक सिचाई प्रणालीको सेवा सडक अर्थात सर्भिस रोडलाई स्तरोन्नती गरि सार्वजनिक यात्रुबाहक यातायात सञ्चाल गर्नका लागि सो मार्ग सहज हुने देखिएका कारण त्यसका लागि पहल गर्न माग गरेकी बनाईन् । नेपालको संघिय सरकारले भारतिय अधिकारीसँग पहल गरेर इण्डो नेपाल गण्डक मार्ग बनाउनका लागि आफुले संघिय सरकार तथा प्रदेश सरकारका साँसदसँग कुरा उठाएको र त्यसका लागि साँसदबाट पनि पहल हुनेमा आफु विश्वस्त रहेको जानकारी गराईन् ।
गण्डक ब्यारेजबाट भारतिय भुमि भएर पुर्वि नहर नेपालको बारा पर्सा र रौतहटसम्म सिचाईका लागि नहर पुगेको छ । नहरको किनार हुदै सडक पनि रहेको छ,उनले भनिन्,त्यसमा साना खालका यात्रुबाहक बाहनहरु सञ्चालन हुन सक्छन्,त्यसका लागि छुट्टै सडक बनाउनु पर्दैन् । गण्डक ब्यारेज देखी पाल्हीनन्दन ६ स्थित प्राचीन नन्दन नगर र ताल जोड्न ३२ किलोमिटर नेपाल गण्डक पश्चिमी नहर सिचाई प्रणालीको पनि सडक बनिबनाउ रहेको छ । ति सडकलाई स्तरोन्नती गरि पिच मात्रै गरिदिएमा सवारी साधन सहज ढंगले सञ्चालन हुन सक्छ । सो नगरबाट सिधै रोहिणी गाउपालिकाको धकधई हुदै भैरहवासम्म आवत जावत गर्नका लागि पनि ग्रामिण सडकहरु रहेका छन् । ति सडकहरुको पनि स्तरोन्नती गरिदिएर भैरहवा—धकधई—प्राचीन नन्दननगर—गण्डक ब्यारेज पुग्ने छ । गण्डक ब्यारेजबाट भारतिय भुमि भैसालोटन(बाल्मिकीनगर) भएर पुर्वि नहर पर्साको विरगँजसम्म जान्छ,उनले भनिन्,यसले गर्दा यस भेगका लाखौ जनमानसलाई आवत जावतका लागि पुर्वपश्चिम राजमार्गको सयौँ किलोमिटरको दुरी घट्छ ।

सो मार्ग बनाउन सकियो भन्ने लुम्बिनी प्रदेश,गण्डकी प्रदेश,भारतको विहार प्रदेशलाई जोड्दै दुई देशिय मार्ग बन्छ, उनले भनिन्, दुबै ब्यापारिक केन्द्र भैरहवा र विरगँजलाई छोटो दुरीले छुनेछ । सडक पहुँचले पछाडी परेको नेपाल भारतका ग्रामिण बस्तीमा पनि आवागमन हुने र विकासका अन्य पुर्वाधार बन्दै जाने हुदा विकासको ठूलो आधार हुने उनको भनाई थियो । रोहीणी देखी नन्दन नगरसम्मको दुरी ९ किलोमिटर रहेको छ । नन्दन नगर देखी नेपाल गण्डक पश्चिमी नहर लम्बाई गण्डक ब्यारेजसम्म ३२ किलोमिटर रहेको छ । जुन नेपाल मित्र पर्छ । गण्डक ब्यारेज देखी विरगँजसम्मको पुर्वि नहरको लम्बाई १ सय १९ किलोमिटर रहेको छ । जुन अधिकाँस भाग भारतको विहारको पश्चिम चम्पारन र पुर्वि चम्पारनमा पर्छ । त्यस मध्ये ९ किलोमिटर नेपालकै भुमिमा प्रवेश गरि विरगँज पुग्न सकिन्छ । सो मार्ग खुलाउनका लागि स्थानि स्तरबाट पनि पहल गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुख मार्फत पहल गर्न आवश्यक रहेको उपाध्यक्ष सकिनाको भनाई थियो । यसरी पुरै मार्गको लम्बाई १ सय ६९ किलोमिटर रहेको छ ।
उपाध्यक्षले प्रस्ताव गरेको उतm इण्डो नेपाल गण्डक मार्गले पाल्ही नन्दन गाउपालिकाको मात्रै नभई,सरावल,वर्दघाट,सुस्ता गाउपालिकाको दर्जनौ गाँउलाई जोड्ने हुदा यसमा सबैले पहल गर्नु पर्ने आवश्यकता पाल्हीनन्दन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । यसले पाल्हीनन्दनका धेरै गाँउलाई जोड्दै पर्यटकिय क्षेत्र नन्दन नगर र गाउपालिका मुख्यालय सहज ढंगले जोड्ने उनको भनाई थियो । केही समस्या त स्थानिय अधिकारीको समन्वयमा पनि हल हुन सक्ने बताउदै दुई देशसँग पहल गर्नु पर्ने कुराका लागि संघिय साँसदले पहल गर्नु पर्छ । भारतीय भुमि हुदै विरगँज पुग्ने सडकका लागि भारतिय अधिकारी र गण्डक परियोजना अन्तरगतको भु आर्जन तथा सम्पर्क अधिकृत(लाईजन)सँग समन्वय गरेर केही दिनमा भेट्ने योजना समेत रहेको जिल्ला समन्वय प्रमुख भगौती यादव(रुदल)ले बताए । विगत
देखी यस्ता कुरा उठ्ने गरेको छ, उनले भने,तर समयको तारतम्य नमिल्दा भेट्न जान सकिएको छैन् । त्यसका लागि आफुले पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।
सडक स्तरोन्नतीका लागि त संघिय र प्रदेश साँसदहरुले नै जिम्मेवारी लिई काम गर्नु पर्ने उनले राय ब्यतm गरेका थिए । दुई देशका जनताको लाभका लागि यस्तो अवधारणा आउनु सकारात्मक रहेको छ, उनले थपे, पहिला त स्थानिय अधिकारी समक्ष कुरा पुर्याउन पर्यो,त्यसको निकासका लागि केही न केही विकल्प अवश्य नै दिन सक्छन् । हामीले सम्भावनाको खोजी गर्ने हो,सम्भावना छ,त्यसका लागि सबैले अ आफ्नो स्थानबाट पहल गर्नु पर्छ । काठमाडौँबाट दिल्लीका लागि नेपाल भारत मैत्री यातायात सञ्चालन हुन सक्छ र सञ्चालन पनि भई नै रहेका छन्, जिसस प्रमुख यादवले दृष्टान्त प्रस्तुत गर्दै भने, भारतिय सवारी साधन पनि सुरक्षा जाँचपाँस गराएर भैरहवासम्म आउन सक्ने र नेपाली सवारीसाधन पनि भारतमा जाँसपास गराई विरगँजसम्म पुग्न सक्छ । यसका लागि प्रकृया कहाँबाट ? र कसरी शुभारम्भ गर्ने हो ? त्यसका लागि छ्ट्टिै आफुले भारतिय अधिकारीहरुसँग भेटघाट गरि छलफल अगाडी बढाउने बताए । यसले नेपाल भारतको पर्यटन देखी आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने छ ।

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *