Health Advertisement

सरावलले शुरु गर्यो मधेश साँस्कृतिक पार्क निर्माणकार्यको शुभारम्भ

नवलपरासी,७ चैत्र
जिल्लाको सरावल गाउपालिकाले ‘मधेश साँस्कृति पार्क’को मधेशको मुख्य सांस्कृतिक पर्व होली(फागुपुर्णिमा)को अवसर पारेर औपचारिक रुपमा पार्क सञ्चालनमा ल्याउने भएको छ । गाउपालिकाको वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराई निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत निर्माण गरि त्यसको शुभारम्भ होलीको अवसर पारेर गरिने गाउपालिकाले जानकारी गराएको हो ।
थारुको प्रमुख पर्व माघे सँक्रान्ति(माघी)को अवसर पारेर गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउने कार्य शुरु गरेको र अहिले मधेशको प्रमुख पर्व होलीको अवसर पारेर मधेश साँस्कृति पार्क निर्माण कार्य शुरु हुने गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए । उनका अनुसार थारु साँस्कृति पार्कको योजना अगाडी सार्दा गाउपालिका अध्यक्ष थारु भएर थारुलाई महत्व दिइने गरेको भन्दै प्रतिकृया आउन थाले पछि मधेश साँस्कृतिक पार्कको पनि योजना अगाडी सारेका थिए । अहिले मधेश साँस्कृति पार्कको निर्माण नेतृत्व गाउपालिकाका प्रवतmा समेत रहेको वार्ड नं.४ का अध्यक्ष शुरेस यादव भई रहेको छ, अध्यक्ष चौधरीले भने,होली मधेशको महान पर्व पनि हो,होलीको अवसरमा मधेश महोत्सवको रुपमा मधेश साँस्कृतिक पार्कमा होली मनाउनुका साथै अन्य मधेशका सँस्कृति झल्किने गरि साँस्कृतिक कार्यक्रम हुने छ । मधेश साँस्कृति महोत्सवका लागि मात्रै दुई लाख वार्ड स्तरिय र दुई लाख पालिका स्तरिय बजेट बिनियोजन समेत गरिएको बताएका थिए ।
होलीको दिन कुस्ति,मटकीभोड लगायतका विभिन्न खेलकुदका कार्यक्रम गरिने छ,उनले भने,त्यसै गरि मधेशी नृत्य,गित संगित,स्थानिय होरी गित,फागुवा,चैता गितहरु जस्ता मधेशी संस्कृतिक कार्यक्रम गरि मनाईने छ । मधेश पार्कको पनि सोही समारोहमा शुभारम्भ गरिने छ । पार्कको बार्षिकी पनि हुने र बर्षेनी मधेश साँस्कृतिक महोत्सव पनि आयोजना हुने गरि कार्यक्रम हुनेछ । बाकी समयमा पनि सो पार्कमा मधेशका जन्म देखी मृत्युसम्मका अन्य संस्कार र संस्कृति तथा रितिरिवाजको संरक्षण र पहिचान हुने गरी जैविक प्रविधिले पार्कलाई सजाईने छ । यसका लागि स्थानिय विज्ञ,जानकारलाई समेत सहभागि गराईने उनको भनाई थियो ।
आफ्नो कार्यकालमा अघिल्लो कार्यकालका प्रतिनिधिले शुरुवात गरेका बौद्धकालिन सम्पदाको संरक्षण गर्दै निरन्तरता दिनुका साथै थारु मधेशी बाहुल्य रहेको उतm गाउपालिकामा दुबै प्रकारको साँस्कृति पार्क एक पटक शुरु गरिएको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताए । त्यसका साथै ब्यवस्थित खेल मैदानका छुट्टै योजना सञ्चालन गरिएका छन् । पहिला थारु साँस्कृतिक पार्कको योजना बनाउन अध्ययन शुरु गरियो,उनले थपे अहिले मधेशी समुदायको पहिचान हुने गरि मधेश साँस्कृतिक पार्कको शुभारम्भ हुदैछ । पार्क निर्माण,सञ्चालन,ब्यवस्थान कार्य निरन्तर नै भई रहने छ । उनले हुलासी घोल नजिकैको वृक्षारोपण क्षेत्र र हुलाकी केन्द्रित गरि मधेश साँस्कृतिक पार्क बनाउन बनाउने कार्य भईरहेको जनाए । पाँच विघा जग्गामा वृक्षारोपण छ,नजिकै हुलासी घोल रहेको छ । प्राकृतिक सौन्दर्यताले पनि भरिएको उतm क्षेत्रमा विभिन्न मेला महोत्सव पनि हुनेछ ।
मुस्लिम समुदायको पनि कर्बला रहेको र उतm स्थानमा मोहरम्म मेला लाग्ने,मधेशी समुदायको पनि कृष्ण जन्माष्टमी,नागपञ्चमी,दशहरा लगायतका बेला मेलाहरु आयोजना हुदै आएको छ । यि सबै साँस्कृतिक मेला महोत्सव पनि गर्न मिल्ने र प्राकृतिक सौन्दर्यतालाई पनि संरक्षण र प्रवद्र्धन पनि गर्न सक्ने भएको हुदा मध्यदेशिय परम्परा र संस्कृतिकको संरक्षण समेत हुने हुदा मधेशी साँस्कृतिक पार्कको निर्माण थालिएको छ । भारतिय सिमा नाका महेशपुर देखी पुर्वपश्चिम राजमार्ग जोड्ने भुतहा महेशपुर मार्ग नजिकै रहेको उतm प्रस्तावित पार्क क्षेत्र स्थानियका लागि मात्रै नभई भारतिय पर्यटकलाई पनि आकर्षित गर्नेछ । सडक पुर्वाधार मात्रै विकास होईन्,अध्यक्ष चौधरीले भने,साँस्कृति सम्पदाको संरक्षण,प्रवद्र्धन र विकास पनि उत्तिकै महत्वपुर्ण रहेको छ ।
आउने पुस्तालाई पनि यि कुरा आवश्यक पर्छ,उनले थपे,सरावल गाउपालिका आफैमा साँस्कृतिक सम्पदाले परिपुर्ण रहेको गाउपालिका हो । प्राकृतिक रुपमा पनि चुरे पर्वत देखी भारतिय सिमा दशगजासम्मको भुगोलले पनि गाउपािलकालाई जोडेको छ । भगवात गौतम बुद्धसँग पनि प्राचिन ककरपत्त नगर,सज्जनेल नगर,कुण्डिय नगर र सायुगा नगर गरि प्राचिन नगर भएको गाउपालिका पनि हो । जिल्लामै स्नातक तहसम्म अध्ययन हुने इस्लामिक शिक्षाको अध्ययन गर्ने थलो मधवलिया मदरसा,खुल्ला विश्वविद्यालयको परिक्षा केन्द्र खोलिएको भुजहवाले पनि थारु मधेशी र मुस्लिमको बाहुल्यता रहेको सरावल गाउपालिकाले प्रत्येक समुदायको संँस्कृति झल्किने गरि पार्कहरुको स्
थापना गर्ने लक्ष्य रहेको छ ।
यहाँका संस्कृतिहरुको पनि सुचिकृत गरि संरक्षण गर्ने योजना समेत उनले सुनाए । गाउपालिकाले पर्यटन विकास तथा संस्कृतिक संरक्षण कोषको समेत स्थापना गर्ने लक्ष्य लिएको छ । कानुन नै बनाएर संरक्षण कोष मार्फत साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने छ,उनले भने,आउने दिनमा यस गाँउ पालिकालाई नै सरावल सांस्कृतिक गाउपालिका बनाउने लक्ष्य समेत रहेको छ । यसका पुर्वाधर विकासमा गाउपालिका अहिले देखी नै लागेको छ ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *