नवलपरासी,३ माघ
जिल्लाकै मुलनाकाको रुपमा रहेको महेशपुर नाकाको प्रवेशद्धारलाई ब्यवस्थित गर्न जिल्ला समन्वय समिति(जिसस)ले सम्बन्धित पाल्हीनन्दन गाउपालिकालाई आग्रह गरेको छ । महेशपुर नाकाको अवलोकन गर्दै जिल्ला समन्वय प्रमुख भगौती प्रसाद यादवले गाउपालिका र भन्सार कार्यालयहरुले सहकार्य गरि सिमावर्ति महेशपुर बजार समेत ब्यवस्थित गर्न आग्रह गरेका हुन् ।
भारतबाट नेपाल प्रवेशको प्रमुख नाका हो,उनले भने, महेशपुर बजार मुलनाकाको प्रमुख बजार पनि हो,यसलाई यहाँका संघिय सरकारको कार्यालयको रुपमा रहेको महेशपुर भन्सार र स्थानिय सरकारको रुपमा रहेको पाल्हीनन्दन गाउपालिकाले ब्यवस्थापनमा लाग्नु पर्छ । जिससले समन्वयका लागि भुमिका निर्वाह गर्न तयार रहेको छ । नेपाल भारतको सिमा निर्धारण गर्दाकै बखत बनेको महेशपुर बजार अहिले पनि अब्यवस्थित देखिएका छन्,उनले भने,नाकाबाट यदि सरकारले आम्दनी गर्छ भन्ने नाकाको स्वच्छता,ब्यवस्थान,पार्किगँमा पनि लगानी गर्नु पर्छ । भारतबाट आउने र भारतियबाटो हुदै आउने अन्य विदेशी नागरिकलाई सिमा क्षेत्रबाटै नेपालको सुन्दरता झल्किने पहिचान दिनु पर्छ । यसमा स्थानिय बजार समिति समेत सक्रिय हुनु पर्ने देखिएको उनको भनाई थियो ।
महेशपुर बजारमा आउदा बाहिरी यात्रुलाई सार्वजनिक सौचालयको समेत अभाव देखिएको छ । बजारमा जथाभावि फोहोर फाल्ने कार्य पनि हुने गरेको छ । नेपाल भारत छुट्याउने दशगजा क्षेत्र समेत फोहोर पाल्ने डम्पिगँसाईट जस्तै देखिएको छ । यसमा यहाँ खटिएका सुरक्षाकर्मीले समेत सफाईमा चाँसो लिनु पर्ने जिसस प्रमुख यादवले बताए । महेशपुर मुल भन्सार भएको पनि पाँच बर्ष हुन लाग्यो,तर बजारको अवस्थामा सुधार नभएको देखिन्छ । यसका लागि गाउपालिकाले नेतृत्व लिएर सिमानाकाको प्रवेशद्धारको रँगरोगन,सडक किनारमा वृक्षारोपण,सरसफाईका लागि आवश्यक स्थानको पहिचान गरि ब्यवस्थापन गर्नुका साथै भन्सार सेवा लिदाका बखत रोकिने सवारीसाधनको लागि पार्किगँ क्षेत्र समेत ब्यवस्थित गर्नु पर्छ ।
महेशपुर बजारमा बसपार्कको निर्माण भए पनि अहिले सञ्चालनमा आउन सकेको छैन् । बजार भित्र सडक पेटीमा थापिने पसल,ठेलाहरु हटाउनु पर्ने,खाल्टाखुल्टी पुरेर बजार स्वच्छ बनाउनु पर्ने आवश्यकता समेत उनले गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेललाई दर्शाएका थिए । त्यसका लागि गाउपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता(दिपक) र उपाध्यक्ष फातुमा खातुन अंसारीलाईसँगै राखेर बजार ब्यवस्थापनमा जिम्मेवार बन्न सुझाएको बताए । यसमा गाउपालिका सकारात्मक प्रतिकृया दिएको छ,उनले भने,सो क्षेत्रमा रहेका शसस्त्र प्रहरी,नेपाल प्रहरीले समेत सहयोग गर्नका लागि जिससले समन्व गर्छ ।
बजार ब्यवस्थापनका लागि कार्यपालिकामै निर्णय गराई काम गर्नु पर्ने आवश्यकता महशुस भएको प्रमुख प्रशासकिय अधिकृत पौडेलले बताए । जिसस प्रमुख यादवले लिएको चाँसो सहि नै हो । महेशपुर भन्सारले गाउपालिकाको पहिचान पनि गराएको छ । बजारमा बस्ने नागरिक पाल्हीनन्दन गाउपालिकाकै हुन,यहाँबाट हुने ब्यवसायबाट ब्यवसायिक कर समेत गाउपालिकालाई प्राप्त हुन्छ । त्यो भएर पहिलो दायित्व गाउपालिकाकै हो, उनले भने,प्रवेशद्धारको रंगरोगन गर्ने कार्य शुरु गराई सकेका छौ । बजार ब्यवस्थापनका लागि सडक अतिक्रमण गरि राखिएका मालसमान हटाउन सार्वजनिक सुचना समेत जारी गरि सकिएको छ । म्याद भित्रै सम्बन्धित ब्यतिmले ब्यवस्थापन नगरेमा प्रहरीसँग सहकार्य गरि गाउपालिकाले सडकले निर्धारण गरेको मापदण्ड अनुसारको स्थान खाली गराईने अध्यक्ष गुप्ताले बताएका थिए ।
महेशपुर बजार नेपालकै एक मुल नाका मात्रै नभई महेशपुरबाटै महेशपुर त्रिवेणी सडक,महेशपुर चिसापानी सडक,महेशपुर भुतहा सडक,महेशपुर बासा सडक,महेशपुर जिल्ला सदरमुकाम परासी हुदै सुनवल जोड्ने सडक र महेशपुर हुदै पश्चिम विसुनपुरा जोड्ने सडकले पनि जोडेको सञ्जाल छ । यसरी सबै तिरबाट नाका जोडिएको कारण बजारमा चाँप छ । महेशपुर बजारबासीले पनि बजारमा कारोबार वृद्धिका लागि सडक चौडाई वृद्धिमा सहयोग गर्नु पर्छ । त्यसबाहेक बाईपास सडकको पनि आवश्यकता देखिएको स्थानियबासी जितेन्द्र गुप्ताले बताए । नाकासँग जोडिएको गाउपालिकाको वार्ड नं.१ र २ का वार्ड अध्यक्षहरुले समेत चाँसो लिई ब्यवस्थापनमा लाग्नु पर्छ,उनले भने, यसमा स्थानियबासीहरुकै सक्रियता आवश्यक देखिएको छ । तर आर्थिक लगानीका लागि गाउपालिका समेत अगाडी सर्नु पर्ने उनको भनाई थियो ।
महेशपुर नाका नेपाल भारतकै बन्दरगाह देखी सबै भन्दा छोटो दुरी भएको नाका भएकोले यसको ब्यवस्थापन गर्नु पर्ने भनाई सो भन्सार नाका भएकै भुगोलबाट निर्वाचित लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालले बताए । नाका ब्यवस्थित गरि आवागनलाई बढावा दिईयो भन्ने यस क्षेत्रको आर्थिक विकास मात्रै नभई यहाँका पर्यटकिय क्षेत्रको समेत प्रवद्र्धन हुने उनको भनाई थियो । सँसारमा एक मात्र सिगोँ मौलिक रुपमा रहेको भगवान बुद्धको अष्टधातु मध्येको रामग्राम स्तुपा,नन्दनताल,प्राचिन कोलिय गणराज्यको राजधानी क्षेत्र कोलनगर,पण्डितपुर लगायतका पर्यटकिय क्षेत्रमा पुग्नका लागि भारतबाट आउने महेशपुर नाका नै हो, उनले भने,त्यसैगरि भारतको मुख्य बजार गोरखपुर,महराजगँज,कुशिनगर पुग्नका लागि पनि नेपालबाट यहिँ महेशपुर नाका प्रयोग हुदै आएको छ । यसका लागि पनि यो महेशपुर बजार क्षेत्रमा यि पर्यटकिय क्षेत्रको पहिचान हुने गरि सुचना बोर्ड राख्नु पर्ने आवश्यकता उनले औल्याएका थिए ।