Health Advertisement

सेवालाई थप गुणस्तरिय बनाउन पृथ्वीचन्द्र अस्पतालले माग्यो गाउपालिका र नगरपालिकासँग तोकेर सहयोग

नवलपरासी, २८ पुस
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पतालमा सेवालाई थप प्रभावकारी बनाउन अस्पताल प्रशासनले जिल्लाका सबै पालिकासँग आर्थिक स्रोतको माग गरेको छ । भएकै जनशक्तिबाट अस्पतालको उपयुक्त व्यवस्थापन र गुणस्तरीय चिकित्सा सेवा दिन थालेपछि अस्पताल प्रति विरामीको आकर्षण बढदै जादा सेवाको गुणस्तर खस्किन नदिईन र थप गुणस्तरिय बनाउनका लागि विषय र स्रोत नै खुलाएर अस्पतालले पालिकालाई पत्राचार गरेको हो ।
स्थानिय तहबाट विभिन्न प्रकारका विरामीलाई निशुल्क सेवा प्रदान गरिदिन अस्पतालका नाममा निरन्तर आग्रह गर्दै सेवा दिलाउदै आएको र अहिले अस्पतालमा बढदो विरामीको चाँपका कारण ब्यवस्थापनमा चुनौती भएकोले त्यसमा सहकार्यका लागि नगरपालिका र गाउपालिकालाई अनुरोधपत्र पठाइएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.किरण पाण्डेले बताए । अस्पताले प्रदान गर्ने चिकित्सा सेवामा व्यापक सुधार ल्याएपछि अस्पतालमा विरामीहरुको चाप बढन थालेको छ । अस्पतालले शल्यक्रिया, हाडजोर्नी, प्रसुती, फिजिशियन (चिकित्सा), दन्त लगायतको उपचार सेवा विज्ञ डाक्टरबाट प्रदान गर्न थालेपछि जिल्लाभरिबाट बिरामीहरु उपचार सेवा लिन आउन थालेका छन् । विगतमा अस्पतालको उपचार सेवा प्रति यहाँका जनताहरुको नाकारात्मक दृष्टिकोण बनेको थियो तर अहिले उचित व्यवस्थापन सहित अस्पतालको प्रभावकारी उपचार सेवा प्रति जनताहरु सन्तुष्ट बन्दै गएको पाईन्छ ।

Health Advertisement


अस्पतालमा ९ जना कन्सल्टेन्ट डाक्टरको दरबन्दी रहेपनि ५०% पनि पदपुर्तिी छैन । तर भएकै कन्सल्टेन्ट डाक्टर र मेडिकल अधिकृत चिकित्सक, स्टाफ नर्स र स्वास्थ्य कर्मी कर्मचारीहरुबाट प्रभावकारी उपचार सेवा प्रदान गरिने कार्यले विरामीहरुमा सन्तुष्टि बढदै गएको स्थानिय बताउन थालेका छन् । अस्पतालबाट प्रदान गरिन सम्पुर्ण सेवालाई थप प्रभावकारी बनाउन र उपचार सेवालाई गुणस्तरीय बनाउन जिल्लाका ७ वटै पालिकासंग अस्पतालले सहयोगको अपिल पनि गरेको छ । यो अस्पताल प्रादेशिक अस्पताल रहे पनि यहाँ उपचार गराउन तथा सेवा लिन यसै जिल्लाका पालिकाहरुका जनताहरु आउने हुँदा यस अस्पतालको विकास, व्यवस्थापन र गुणस्तरीय सेवालाई प्रभावकारी बनाउन जिल्लाका स्थानिय तहहरुको भरपुर सहयोग रहनु पर्ने उद्देश्यका साथ ७ वटै पालिका संग अस्पतालले सहयोग माग गरेको अस्पतालका निमित्त प्रमुख मेडिकल निमित मेसु डा. पाण्डेको भनाई थियो ।
निमित्त मेसु पाण्डेका अनुसार अस्पतालले ७ वटै पालिका संग फरक–फरक विद्यामा बजेट बिनियोजन गरि अस्पताललाई सहयोग गरिदिन पालिकाहरुमा चिठी पठाएको छ । अस्पतालले सुनवल नगरपालिका संग अस्पतालमा जेष्ठ नागरिकको शाखाको व्यगवस्थापन गर्न डाक्टर तथा उपकरण व्यवस्थापनको सहयोगका लागि १५ लाख रुपैया सहयोगको माग गरेको छ । जसको व्यवस्थापनले जिल्लाभरिका जेष्ठ नागरिकहरु प्रभावकारी र गुणस्तरीय उपचार सेवा पाउने विश्वास दिलाइएको छ । त्यस्तै बर्दघाट नगरपालिका संग नाककान घाँटीको प्रभावकारी उपचार सेवा प्रदान गर्न लागि नाककान घाँटी शाखा व्यस्थापन गर्न डाक्टर सहित उपकरण व्यवस्थापनका लागि १४ लाख रुपैया सहयोगको अपिल गरिएको छ । त्यस्तै रामग्राम नगरपालिका संग ल्याब तथा ईमेजिङ्ग शाखा व्यवस्थापनमा कर्मचारी तथा उपकरणका लागि १४ लाख रुपैया सहयोग गरिदिन अनुरोध गरेको छ ।
यता पाल्हीनन्दन गाउँपालिका संग अस्पतालमा शल्यक्रिया शाखा व्यवस्थापन गर्न औषधी तथा उपकरणमा १० लाख रुपैया सहयोगका लागि आग्रह गरेको छ भने सरावल गाउँपालिका संग बालरोग शाखाको व्यवस्थाका लागि डाक्टर तथा उपकरणमा १२ लाख रुपैया सहयोग गर्न, प्रतापपुर गाउँपालिका संग सामाजिक ईकाई कार्यक्रम मार्फत गरिब तथा असहायको औषधी तथा उपचार र व्यवस्थापन क्षेत्रमा १० लाख र सुस्ता गाउँपालिका संग ईमर्जेन्सी शाखा व्यवस्थापन गर्न औषधी तथा उपकरणमा १० लाख सहयोग गरिदिन आग्रह गरेको छ ।
अस्पतालका यि सेवाहरुलाई गुणस्तरीय र प्रभावकारी बनाउन प्रदेश सरकारले चाँसो नदेखाएका कारण पालिकाहरु संग समन्वय सहकार्य गरि अगाडी बढनु पर्ने आवश्यक्ता रहेकाले पालिकाहरु यस अस्पताललाई पनि प्राथमिकतामा राखी उचित बजेट बिनियोजन गरि सहयोग गर्न अस्पतालको आग्रह रहेको अस्पताल विकास समितिका अध्यक्षको महेन्द्र प्रसाद गुप्ताले बताए । अहिले अस्पताल सरसफाई, व्यवस्थापन र विरामीहरुलाई उपचार तथा प्रामर्श गर्ने कार्यमा गम्भीर देखिएको पाईन्छ । अस्पतालको सेवा थप प्रभावकारी बनाउन सबै सरोकारवालाहरुको सहयोग र समन्वय रहने भन्दै अस्पतालको चिकित्सिय टिमवर्कले राम्रो नतिजा दिन थालेको प्रत्यक्ष हेर्न सकिन्छ भन्ने अध्यक्षको तर्क छ ।

4 Comments