सुस्ता ५ स्थित अनोमाघाट(ठाढीघाट)मा हजार बत्ति बालेर मनाइयो कार्तिक पुर्णिमा

नवलपरासी, ११ मंसिर
जिल्लाको सुस्ता ५ ठाढीघाट (अनोमाघाट) मा कार्तिक पुर्णिमा हजार बत्ति बालेर मनाइएको छ । बौद्ध संस्कृतिमा कार्तिक पुर्णिमाको दिनलाई पनि भब्य रुपमा उत्सवको रुपमा मनाईदै आएको हुदा अहिले अनोमाघाटमा दोश्रो बर्ष जिल्लाको प्रमुख बौद्ध तिर्थ स्थलमा हजार बत्ति बालेर मनाइएको हो ।


अनोमाघाटमा सुस्ता गाउपालिका वार्ड नं.५ वार्ड कार्यालयकै आयोजनामा हजार बत्ति बाल्ने कार्यक्रम भएको स्थानिय भागिरथी पालले जानकारी गराएका थिए । यो पहिलो कार्तिक पुर्णिमा उत्सव हो, उनले भने, अगामी दिनमा यसलाई अझै भब्य बनाउदै लैजान्छौ । परापुर्व काल देखी ठाढीघाट मेला तथा कुस्ति प्रतियोगिता हुने सुस्ता ५ स्थित गण्डकी (प्राचिन अनोमा नदी) स्थित बौद्ध तिर्थ स्थलको रुपमा पहिचान बनाउदै आएको अनोमाघाट (ठाढीघाट) मा हजार बत्ति बाल्ने कार्यक्रम गाउपालिकाले गरेको थियो, उनले भने, यो बर्ष पनि बौद्ध संस्कृति अनुसारको बत्ति बाल्ने कार्य सम्पन्न भएको छ ।
पछिल्लो समय बौद्ध तिर्थ स्थलको रुपमा अनोमाघाट त्यही भएको घोषणा पश्चात बौद्ध मान्यता अनुसारका कार्यक्रम थपिने क्रममा यो बर्ष देखी पुर्णिमाको साझ हजार बत्ति बाल्ने कार्यक्रम राखिएको गाउपालिकाले जनाएको हो । नेपालको बोधगायको रुपमा संसार भरि चिनाउने उदेश्यले गाउपालिकाद्धारा विभिन्न कार्यक्रम हुदै आएको छ । अहिलेको कातिक पुर्णिमा बौद्ध मान्यता अनुसार धेरै महत्वपुर्ण दिन रहेकोले त्यसलाई ब्यापकता दिनका लागि हजार बत्ति बाल्ने कार्यक्रम आयोजना गरिएको पालले बताएका थिए ।
गाउपालिकाबासीलाई सो घाटमा पुगेर बत्ति बाल्ने कार्यक्रममा सहभागि हुनका लागि आह्वान गरिएको थियो, उनले भने, यो पवित्र कार्यमा पालिकाबासी उत्साही भएर सहभागिता जनाएका थिए । हजार बत्तिको अर्थ भगवान बुद्धको संघमा एक हजार जना साधु दिक्षा लिएर भिच्छु बनेको दिन हो । ति हजार जना भिच्छु पछि बुद्धको शिक्षा अनुसार ध्यान (विपश्यना) अभ्यास गरेर पछि अरहन्त(मुतm) भएको बौद्ध इतिहासमा उल्लेख छ ।
सारनाथमा पाँच बर्गिय भिच्छुलाई धम्म चक्र पर्वतन चलाए । सिद्धार्थ गौतम बुद्ध हुनु पुर्व मगधका तत्कालिन सम्राट बिम्बिसारलाई बुद्धत्व(ज्ञान) प्राप्ती पछि त्यो ज्ञान सबै भन्दा पहिला सम्राट बिम्बिसारलाई दिने बचन दिएका थिए । सो बचन पुरा गर्नका लागि बुद्ध सारनाथबाट कातिक पुर्णिमाका दिन ज्ञान दिन तत्कालिन मगधको राजधानी राजगिर जाने क्रममा नदी कश्यप,उर्वेला कस्यप र गया कश्यप तिन जना जटिल ऋषि सहित उनका शिस्यलाई समेत सो ज्ञान बाटोमा दिदै भिच्छु संघ बनाए । ति ऋषिका क्रमशः५ सय, ३ सय २ सय शिष्य थिए ।
ति सबै जना बुद्धबाट दिक्षा लिएर भिच्छु बनेका थिए । एकै दिन १ हजारको संख्यामा साँधुहरु भिच्छु भएको दिन कातिक पुर्णिमाको दिन थियो । तिनै एक हजार भिच्छुलाई लिएर भगवान बुद्ध सम्राट बिम्बिसारको दरबारमा पुगेका थिए । सम्राट विम्बिसारले भगवानको स्वागतमा पुरै राजगिरमा दिप जलाउन लगाएका थिए । भोजदान गरेका थिए । सोही दिन सम्राट विम्बिसारले भोजनदान पछि भगवानलाई बेलुबन उपहारमा पनि दिए । सोही स्थानमा भिच्छुहरुको बासका लागि बेलुबन विहार बनेको थियो । भारत,श्रीलंका,म्यानमार,थाईलैण्ड लगायतका विभिन्न देशमा कातिक पुर्णिमालाई विभिन्न कार्यक्रम गरि बौद्ध विहारहरुमा कार्यक्रम हुने गरेको छ । बुद्धको तिनै शिक्षालाई प्रवाह गर्ने गरि विश्व शान्तिको स्रोतको रुपमा अनोमाघाटलाई विकास र पहिचानका लागि कार्यक्रम गर्ने क्रममा गत बर्ष देखी कातिक पुर्णिमाको दिन ति एक हजार भिच्छुहरु बुद्धको ज्ञान पाएर जरामरणबाट मुतm भएको दिन सम्झदै हजार बत्ति बाल्ने परम्पराको शुभारम्भ तत्कालिन प्रमुख प्रशासकिय अधिकृत पौडेलले चलाएका थिए । यो बर्ष पनि पालिका,वार्ड कार्यालय र स्थानियबासी मिलेर सो परम्परालाई निरन्तरता दिएको पालको भनाई थियो ।
गत असार पुर्णिमामा पनि सिद्धार्थ गौतम गृहत्याग गरि यो अनोमाघाटमा पुगेर कपाल मुण्डन गरि राजसी पोशाक त्याग गरि सन्यास धारण गरेर बोद्धीको खोजीमा लागेको दिन सम्झदै स्थानिय र श्रद्धालुहरुले कपाल मुण्डन गरि असार पुर्णिमा मनाएका थिए । दुई बर्ष देखी कातिक पुर्णियमा हजार बत्ति बाल्ने कार्यक्रमले अनोमा घाटलाई थप उचाईमा पुर्याएको उनले विश्वास ब्यतm गरेका थिए । अनोमाघाटमा कम्तीमा पनि असार पुर्णिमा र कातिक पुर्णिमालाई भब्यताका साथ मनाउने कार्यले संसारका बौद्धहरुको आकर्षण बढ्दै गएको छ । सिद्धार्थ गौतम गृह त्याग गरेर ज्ञानको खोजीमा निस्कदा कोलिय राज्यको अन्तिम सिमा अनोमा नदी किनारमा पुगे पछि उनको कन्टक घोडा ठढा भयो,त्यही बेला देखी स्थानिय स्तरमा ठाढीघाटको रुपमा चिनिएको हो ।
अहिले सो स्थान कुस्तिले नेपाल भारतमा परिचित छ, उनले थपे,तर कुस्ति भनेको शारिरीक बलले एक आर्का माथि विजय प्राप्त गर्नु हो,तर सिद्धार्थ गौतमले गृह त्याग गरि आफ्नो मन माथि विजययात्राको शुभारम्त गरेको स्थान हो । अध्यात्मिक रुपमा यो मन माथिको बिजय पाउने आम जनसमुद
ायलाई अध्यात्मिक चिन्तन,भावना गर्ने र अभ्यास गर्ने थलोको रुपमा विकास हुनु पर्छ । अहिले यो हजार बत्ति बाल्ने कार्यक्रमले स्थानियमा बुद्ध प्रतिको श्रद्धा विकसित गरेको छ । यो निरन्तता पाउदै यस स्थानमा ध्यान अभ्यास र विपश्यना केन्द्रहरु सञ्चालन गर्न सकियो भन्ने मानिस विमुतिmको अवस्थामा पुग्न सक्छ । संसारकै लागि यो स्थान एक विमुतिm पाउन यात्रा शुभारम्भ गर्ने बौद्ध तिर्थ स्थलको रुपमा विकास हुन आवश्यक रहेको उनको भनाई थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *