नवलपरासी,१० मंसिर
रुपन्देहीको देवदह नगरपालिकाले पर्यटन क्षेत्रको विकासका लागि विभिन्न १३ वटा पर्यटन विकास समितिलाई दर्ता गर्नुका लागि १३ वटा पार्क ब्यवस्थापनका लागि स्रोतको खोजीमा लागेको छ । धामिक,सांस्कृतिक तथा पर्यापर्यटनको सम्भावना बोकेको देवदह नगरपालिकाले योजनाबद्ध तरिकाले विकासका लागि पर्यटन विकास समिति दर्ता तथा पार्क ब्यवस्थापनको निर्णय गरि योजना अगाडी सारेको हो ।
नगरसभाको निर्णय नं.१६ र १७ मा उतm प्रस्तावहरुबारे निर्णय गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । देवदह नगरपालिका देशी विदेशी पर्यटकका लागि आकर्षण गर्ने थुप्रै पुर्वाधारहरु भएकोले ति पुर्वाधारको ब्यवस्थानका लागि स्थानिय समिति गठन दर्ता तथा पार्क ब्यवस्थापनका लागि स्रोतको खोजी गरि काम गरिने उनले बताए । नगरसभाले दिइएको म्याण्डेट अनुसार जनप्रतिनिधि र कर्मचारी तथा स्थानिय संघसस्थाहरु पनि यसका लागि सक्रिय हुनु पर्ने उनको भनाई थियो ।
समितिको रुपमा दर्ता गर्नका लागि देवदह पर्यटन समिति,पाकडीवृक्ष पर्यटन समिति,बैरीमाईकन्यामाई पर्यटन समिति,भवानीपुर पर्यटन समिति,सरनवारी होम स्टे पर्यटन समिति,शिसपुर होमस्टे पर्यटन समिति,माथागढी पर्यटन समिति,पेटबनिया कृषि पर्यटन समिति,नाथथान पर्यटन समिति,सिमसार पर्यटन समिति,मुढाबास लडियाबास पर्यटन समिति,खयरडाँडा सम्वद्र्धन पर्यटन समिति र बंगला ऐतिहासिक कुवाँ संरक्षण समिति दर्ता गर्ने सुचि उल्लेख गरिएको छ ।
त्यसै गरि पार्कहरुको स्तारोन्नतीको लागि श्रोत खोजि गरि ब्यवस्थित गर्नु पर्ने सुचिमा मायादेवी पार्क देवदह ८,यशोधरा पार्क देवदह ८,दाउन्ने पिकनिक स्पट देवदह ६,पेटबनिया पार्क देवदह २, लब्ली पार्क देवदह १,मदन आश्रृत पार्क देवदह ७,वि.पि.पार्क देवदह ९,सहिद स्मृति पार्क देवदह ७,महिला तथा बाल उद्यान पार्क ९, बुद्धपार्क १०,केउली पार्क ६,बैकुण्ठनगर पार्क ५,कोलिय पार्क ५,गौतमबुद्ध मावली पार्क ६,बोटानिकल गार्डेन पार्क ९,भवानीपुर मायादेवी पार्क ४,पुष्पलाल पार्क ९,गौतमबुद्ध राष्ट्रिय उद्धान ६ र शिवालय जैविक विविधता पार्क ६ उल्लेख गरिएको छ ।
यसैगरि चालु आर्थिक बर्षमा पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि विभिन्न ६ वटा पर्यटनसम्बन्धि कार्य गर्नका लागि रु.११ लाख बजेट विनियोजन समेत गरेको छ । जस्मा बुद्धजयन्ती एवं मायादेवी प्रसुति उत्सव सम्बन्धि कार्यक्रममा २ लाख,चैते दशै मेला भवानीपुरका लागि डेढ लाख,होमस्टे संचालकहरुलाई तालिमका लागि एक लाख,देवदेह क्षेत्रका पर्यटकिय स्थलहरुमा जाने बाटो संकेत तथा बोर्डका लागि एक लाख,पुरातात्विक क्षेत्र खयरडाँडा उत्खननका लागि साढे चार लाख र पर्यटन ब्रोसरका लागि एक लाख बजेट बिनियोजन गरिएको छ । यसका लागि सम्बन्धित पर्यटन विकास समिति तथा पार्क ब्यवस्थापन समितिसँग समन्वय गरि काम गर्ने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले जानकारी गराएका थिए ।