रामग्राम १७ स्थित संघाराम क्षेत्रको अवलोकन गर्दै संरक्षणमा बौद्धभिच्छुको चाँसो

नवलपरासी, २० कातिक
भगवान गौतम बुद्धको अष्टधातु रहेको रामग्राम स्तुपसंगै्र जोडिएको संघराम क्षेत्र पहिचानमा आए पछि सो क्षेत्रमा भिच्छु निपुन सहितको उपासक टोलीले अध्ययन अवलोकन गरेका छन् । संघाराम क्षेत्र पनि रामग्राम स्तुपकै अँग भएको र उत्तिकै महत्व बोकेको पुरातात्विक तथा बौद्ध स्थलमा अहिले बुद्धसँग अध्ययन गर्ने अध्ययेता,बौद्धभिच्छु र बौद्ध उपासकहरुले चाँसो लिन थालेका हुन् ।
भिच्छु संघले आराम गर्ने स्थान संघाराम भएको र हजार भन्दा बढि भिच्छुले आराम अर्थात विश्राम गर्ने स्थानलाई पुरातत्व विभागले पहिचान गरि बौद्धकालिन प्राचीन स्थल भएको भन्दै बोर्ड राखे देखी सो क्षेत्रमा बुद्धसँग सरोकारवालाहरुले चाँसो राख्न थालेको रामग्राम १७ मा रहेको उतm स्थानका वार्डअध्यक्ष कन्हैया मौर्यले बताएका थिए । संघराममा आउने भिच्छुलाई स्थान गर्ने गरि पाँच विघा भन्दा बढि क्षत्रेफलमा सरोवर(पोखरी) समेत रहेको देखाउदै उनले यि दुबै स्थानको संरक्षणका लागि आफु लागि परेको सुनाएका थिए । यदिको महत्वपुर्ण स्थानलाई सरकारी स्तरबाटै संरक्षण,विकास गर्नुका साथै प्राचीन संँस्कार र संस्कृतिको पनि प्रवद्र्धन आवश्यक रहेको औल्याएका थिए ।
रामग्राम स्तुप रहेको देउरवा गाँव र संघाराम क्षेत्र रहेको देवगावको सिमा छुट्टयाउने भलुहीखोला रहेको छ । नेपाल सरकारले खोजी पहिचान गरि तत्कालिन बौद्ध परम्परालाई पुर्नस्थापन गर्न नसकिरहेको अवस्थामा त्यसको महत्व बुझेर नै संघसस्थाहरुले रामग्राम स्तुप(देउरवा) र संघाराम स्थान देवगावको साझा पहिचान बनाउन गरे काम गरेको हुन सक्ने अनुमान स्थानियको छ । हुन तँ आधुनिककालमा बौद्ध सँस्कृति र परम्परालाई संरक्षण गरेका चिनियायात्री फाईयाद र ह्वेगँसाँगको यात्रा वृतान्त नै बुद्ध स्थलको पहिचान गराउने आधार प्राचीनकाल देखी कै हो । त्यसैको आधारमा नै नेपाल र भारतमा बौद्ध स्थलको खोजी कार्य सम्भव भएको हो ।
प्राचीन कालमा संघाराममा आउने बौद्ध भिच्छुहरुलाई आराम गर्ने स्थललाई संघाराम भन्ने गरिन्थ्यो । प्राचीनकालमा स्तुपको उत्खनन गर्न आएका सम्राट अशोकले स्तुप र्संरक्षण गर्दै पुजापाठ गदैै आएका नागबँशीहरुको आग्रहमा स्त्ुप उत्खनन गरेनन, बरु स्तुप क्षेत्र रहेको देउरवामा बौद्ध विहार र देवगावमा संघाराम निर्माण गर्न लगाएका थिए । विगत बर्ष देखी नै खोजीमा रामग्राम विकास कोषले अध्ययन अनुसंंधान कार्यमा लागेको छ । रामग्राम स्तुप नजिक र बौद्धकालिन प्राचीन समाग्रिहरु समेत फेला गर्ने स्तुप देखी पुर्वमा रहेको देवगाव नै संंघराम भएको अनुमान गर्दै अनुसंधान थालिएको हो ।
बुद्धसँग सम्बन्धित महत्वपुर्ण स्थानमा एक संघराम हुने बौद्ध परम्पराहरुमा भएको हुदा बुद्धको अस्ति नै रहेको कोलिय राजाद्धारा निर्मित रामग्राम स्तुप नजिकैको वरिपरीमा संघराम हुनु पर्ने हो । त्यसको खोजी कार्यलाई कोषले निरन्तरता दिइने क्रममा रामग्राम १७ देवगावको प्राचीन स्थल नै संघराम हुने अनुमान गरि अनुसंधान गर्न थालिएको कोषका सदस्य समेत रहेका पुरात्वका जानकार नारद यादवले बताएका थिए । संघराम नजिकै ठूलो पोखरी,स साना पोखरी तथा इनारहरु समेत सो क्षेत्रमा देखिएका छन्, । बौद्ध भिच्छुहरुलाई विश्राम वा आराम गर्ने गरि बनाइएका प्राचीन आवासहरुको पर्खालहरु भेटिने गरेको छ ।
तत्कालिन मगधको राजधानी पाटलिपुत्रमा रहेको कुक्कुटुर संघरामको एउटा प्रसिद्ध संघराम थियो । दोस्रो शताब्दीको अशोकवादनका अनुसार, कुक्कुटुर संघराम पछि नष्ट भयो र यसका भिक्षुहरूलाई मौर्य वंशका अन्तिम राजा वृहद्रथको हत्या पश्चात उनका सेनापति पुष्यमित्रले मारे । “त्यसपछि राजा पुष्यमित्रले चार गुणा सेना सज्जित गरे, र बौद्ध धर्मलाई नष्ट गर्ने उद्देश्यले, उनी कुक्कुटराम गए । त्यसैले पुष्यमित्रले संघरामलाई नष्ट गरे, त्यहाँका भिक्षुहरूलाई मारेर गए ।
मौर्य बंशका आफ्ना राजा वृहद्रथको हत्याको प्रतिसोध पाटलीपुत्रका प्रजाले लिन सक्ने खत्तरा महशुस गरेर पुष्पमित्र सुंघले आफ्नो राजधानी उज्जैनमा सारेका थिए । सम्भवतः तिनी पुष्पमित्रकै सेनाले रामग्रामको संघाग्राम भएको देवगावका भिच्छुलाई मारेर भगाएको हुन सक्ने अनुमान अधिवतmा मनोज नागबंशीले गरेका छन् । उजैनबाट आउने सुँगका सेना रामग्राम स्तुप नजिकै बस्ने हुदा नजिकै उजैनी गाँउ रहेको अनुमान गर्न सकिन्छ । स्तुप भएको गाँउ देउरवा हो,संघराम भएको गाउ देवगाव हो । संघरामको पहिचान पछि अब बौद्ध भिच्छुको गतिविधि यहाँ पनि गरिने योजना सुनाएका थिए ।
बौद्धकालिन इतिहासमा संघरामको पनि ठूलो महत्व हुने गर्छ । बुद्धको इतिहाससँग जोडिने संघरामले मूल रूपमा सात बुद्ध र आठ बोधिसत्व महान् धारणी मन्त्र सूत्रमा धर्मका अठार पवित्र रक्षकहरूलाई उल्लेख गरेको थियो । संघरामको उपयुतm स्थान नहुदा स्तुपमा आउने बौद्ध भिच्छुहरुलाई कुनै उचित स्थानमा भोजनदान पनि गराउन सक्ने अवस्था भेटिदैन् । रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ ।
पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ । सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो । त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए ।भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *