Health Advertisement

पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै जादा अतिरितm स्वास्थ्य सेवा(इएचएस) सञ्चालन गर्ने योजना

नवलपरासी,५असोज
जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा विरामीको चाँप बढदै गए पनि अतिरितm स्वास्थ्य सेवा(ईएचएस) सेवा थप गर्ने गर्ने भएको छ । दैनिक २ सय देखी ३ सय विरामी आउन थाले पछि सबैलाई सरकारी समय भित्रै सेवा दिन सकिने अवस्था नभए पछि इएचसी सेवा थप गरि सेवा प्रवाह गरिने निर्णय भएको अस्पतालले जनाएको हो ।
विगत भन्दा अहिले अस्पतालमा विरामीको चाँप बढन थालेको छ,अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले भने,तर विरामीको चाँप अनुसार चिकित्सक अभाव छ । सरकारले तोकिएको दरबन्दी अनुसार चिकित्सक दिन सकेको छैन् । सरकारी अस्पताल भएका कारण आउने विरामीलाई सेवा दिन सकिदैन भनेर फर्काउने अवस्था पनि हुदैन् । सबैलाई सेवा दिइनु पर्छ,अध्यक्ष गुप्ताले भने,सोही अनुसार अस्पतालले नियमित सेवाका लागि १ बजेसम्म ओपिडी सेवामा सेवा दिनका लागि टिकट काटिने छ । त्यस पश्चात आउने विरामीलाई इएचएस बाट सेवा लिइने कि पुनः आर्को दिन नियमित सेवाका लागि आर्को दिन आउने विकल्प दिईने कार्य हुन्छ । इएचसी सेवाका लागि चिकित्सकलाई थप इन्सेन्भि(रकम) दिइनु पर्ने हुन्छ । त्यसको लागि आन्तरिक गृहकार्य भई रहेको उनको भनाई थियो ।
विरामीको चाँप हेर्दा थोरै जनशतिmले आएका सबै विरामीलाई नियमित सेवाबाटै सेवा प्रवाह गर्न कठिनाई भई रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट(मेसु) डा.किरण पाण्डेले बताए । यसको लागि चिकित्सक टोलीले अस्पताल विकास समितिसँग परामर्श गरी ब्यवस्थान गर्ने कार्य भई रहेको छ । अस्पताल प्रति विरामीको विश्वासले अहिले भिडभाड हुन थालेको छ । त्यो विश्वास कायम नै राखिनु पर्नेमा अस्पताल ब्यवस्थापन गम्भिर छ । त्यसका लागि आवश्यक जनशतिmले नै सेवा मिलाउनका लागि यो एइचसी सञ्चालनमा ल्याउन लागिएको छ । सरकारले तोके अनुसारका अझै पनि धेरै स्वास्थ्यकर्मीको पदपुर्ति छैन् । आन्तरिक स्रोतले चिकित्सक राख्नका लागि आन्तरिक आय चाहिन्छ,उनले थपे, जिल्लाका पालिकाहरुले पनि यसबारे सोच बनाउन आवश्यक रहेको डा.पाण्डेले बताए ।
अखिरमा जिल्ला अस्पतालमा सेवा लिन आउने तिनै पालिकाकै जनता हुन,्उनले भने,त्यो भएर आन्तरिक स्तरबाट अस्पताललाई सहयोग गरे अस्पतालको सेवा अझै प्रभावकारी बनाउन सकिन्छ । विरामीको आकर्षण हेदौ एउटा ५० सैयाको अस्पताललाई यतिको सेवाग्राही प्रयाप्त हुन् । तर अब अस्पतालको सेवालाई थप गुणस्तर बनाउदै लैजाने योजनामा पनि लागेको उनको भनाई थियो । उनका अनुसार पृथ्वीचन्द्र अस्पतालमा आकस्मिक सेवा,सुचर सेवा,बहिरँग सेवा(ओपिडि) अन्तरगत हाडजोर्नी तथा नशा,जनरल मेडिसिन,स्त्रिी तथा प्रसुती,मानसिक रोग,बालरोग,नाक कान घाँटी,दन्त रोग विभाग,फिजिओथेरापी सेवा रहेका छन् ।
त्यसैगरि अल्ट्रासाउण्ड,डिजिटल एक्सरे,इसिजी,प्रयोगशाला,
विरामी भर्ना जनरल,फर्मेसी सेवा,प्रसुती अन्तरगत साधारण प्रसुती जटिल र अप्रेसन सेवा,एचआईभि परामर्श केन्द्र,लैगिँक हिँसा सम्बन्धि एकद्धारा ब्यवस्थापन(ओसीएमसी),क्षयरोग,कुष्टरोग क्लिनिक,जीन स्पट सेवा,सस्थागत क्लिनिक सेवा,प्लाष्टर।सामाजिक सेवा इकाई,सोधपुछपरामर्श तथा नियमित रुपमा प्रशासनिक तथा गुनासो सुन्ने कार्य पनि गर्दै आएको अस्पताल हो । अस्पतालको आकस्मिक शाखामा २ मेडिकल अधिकृत,३ स्वास्थ्य सहायक,२ अहेव र ४ जना कार्यालय सहयोगीको दरबन्दी रहेको छ । अस्पतालले भएकै सेवालाई गुणस्तरिय बनाउन सकियो भन्ने विरामीलाई सन्तुष्टि दिन सकिन्छ । सेवा थपिनु भन्दा भएको सेवालाई सञ्चालन र गुणस्तरिय बनाउनु अस्पताल विकास समितिको पनि लक्ष्य रहेको छ । अस्पताल सञ्चालनमा चिकित्सिय टिमवर्क पहिलो सर्त हो,यसका लागि नियमित चिकित्सकको वैठक बसाल्ने कार्यमा प्रयासरत रहेको निमित्त मेसु डा.पाण्डेले बताए ।
दोश्रोमा आवश्यक साधनस्रोतको खोजी गरिदिइने र ब्यवस्थापन चुष्तदुरुष्त बनाउनमा अस्पताल विकास समितिको भुमिका हुनु पर्ने बताउदै उनले यसको साथै अस्पताललाई सहज,भयरहित र उत्साहित बनाउने खालको बाहिरी वातावरणमा नागरिक समाज,प्रेस,निजी क्षेत्र,प्रबुद्ध बर्गको पनि नियमित सहयोगको आवश्यकता हरेको छ । यो तिन पक्ष मिलेर काम गरियो भन्ने अस्पताल निश्चित रुपमा प्रभावकारी सेवा दिइनमा सक्षम हुदै जाने उनले विश्वास ब्यतm गरेका थिए । मेसु डा.पाण्डे आफै सर्जन पनि भएको र अहिले प्रशासन प्रमुखको पनि जिम्मेवारीमा भएर काम गर्दा काम चुनौती पुर्ण नै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *