मर्चवारी (रुपन्देही),२७ भदौ
रुपन्देही जिल्लाको मर्चवारी गाउपालिका गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह गर्नमा जिल्लामै उत्कृष्ट भए पछि गाउपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने भएको छ । मर्चवार जिल्लाको दुर्गम क्षेत्रको गाउपालिका भए पनि स्वास्थ्य सेवाका अधिकाँश मापदण्ड पुरा गर्दै स्वास्थ्य सेवालाई प्रभावकारी बनाएका कारण जिल्ला भित्र समिक्षा हुदा उत्कृष्ट भएकोले सबै स्वास्थ्यकर्मीको हौसला बढाउने उदेश्यले सम्मान गर्न लागिएको गाउपालिकाले जनाएको हो ।
स्वास्थ्य सेवाका विभिन्न सुचकाँकहरु पुरा गर्नमा गाउपालिकाको स्वास्थ्य शाखाका कर्मचारी तथा स्वास्थ्य चौकीहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुको मिहेनत र परिश्रमले गाउपालिकाले उतm स्थान प्राप्त गरेको हुदा गाउ कार्यपालिकाले सबै स्वास्थ्यकर्मीलाई सम्मान गर्ने कार्यक्रम तय गरेको गाउपालिकाका अध्यक्ष गया प्रसाद बरईले बताए । स्वास्थ्यकर्मीहरुको हौसला गाउ कार्यपालिकाले बढाउन एक कार्यक्रमको आयोजना गर्न सम्मान गर्नेछ, उनले भने, जिल्ला भित्र बुटवल उपमहानगर,सदरमुकामको सिद्धार्थ नगरपालिका जस्ता क्षेत्रलाई उछिन्दै सिमावर्ती क्षेत्रको र्मचवारी गाउपालिका सेवा प्रवाहमा उत्कृष्ट हुनु समग्र मर्चावार क्षेत्रकै एउटा पहिचान बनाएको छ । यसमा हामी गौरवान्वित छौ, उनले थपे, यो अवस्थालाई कायम राख्नका लागि स्वास्थ्यकर्मीहरु अब निरन्तर काम गरि नै रहुन भन्ने हाम्रो चाहना हो । सबै स्वास्थ्यकर्मीहरुले उत्तरदायित्व बहन गर्दै ग्रामिण जनतालाई सेवा पुर्याउदै आएका छन् । गाउपालिकाले सिमित साधन स्रोतले अधिक्तम सेवा प्रदान गर्ने गरेको छ ।
उनका अनुसार गत बर्ष स्वास्थ्य क्षेत्रमा गाउपालिकाले पनि लगानी बढाएको थियो । स्वास्थ्य सस्थाका कर्मचारीहरुले गाउपालिकाले लिएको लक्ष्य अनुसार नै काम गरेको परिणाम स्वरुप जिल्लामा पहिलो भएको प्रमाण हो । नेपाल सरकारको ससर्त स्वास्थ्य कार्यक्रम बाहेक गाउपालिकाले पनि स्वास्थ्य क्षेत्रका विभिन्न १६ वटा उत्कृष्ट कार्य गरेको तथ्याँकले देखाएको छ । जस्मा पुर्ण सस्थागत प्रसुती सेवा युतm जिल्लाको पहिलो स्थानिय तह सुनिश्चिता घोषणा गरेको थियो । मर्चवारीका सबै स्वास्थ्य सस्थालाई पोषणमैत्री स्वास्थ्य सस्था सुनिश्चितता घोषणा गरेको थियो । बालिका विमा योजना ल्याएर १ सय ८३ जनालाई जनही रु.२०,००० का दरले जम्मा गरि कुल रु.३६ लाख ६० हजार लगानी गरि बालिकाको शुरक्षार्थ बिमा गरिएको छ ।
त्यसै गरि जिल्ला भित्र कुनै पनि स्वास्थ्य सस्था वा अस्पतालमा २ वटै एम्बुलेन्सबाट पुर्याउनका लागि १ हजार १ सय ४२ जना आम नागरिकलाई निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको थियो । पालिकाबाट महिला स्वास्थ्य सेविका(एफसिएचभि) हरुालाई प्रति महिना खोप क्लिनिक,गाउघर क्लिनिक,आमा समुहको बैठक र समिक्षा प्रगति समिक्षामा भाग लिए वापत रु.१ हजारका दरले जम्मा गरि ६ लाख ६० हजार प्रोत्साहन स्वरुप प्रदान गरेको थियो । रायपुर प्राथमिक स्वास्थ्य केन्द्र अब्यस्थित रहेको जग्गाालाई रायपुर प्राथमिक स्वास्थ्य केन्द्रको नाममा कित्ता नं.५११ को ५ विघा ६ कट्ठा १० धुर जग्गा दर्ता गरिदिएको छ ।
यसैगरि प्राथमिक आँखा उपचार केन्द्र मर्चवारी २ अमवामा स्थापना गरि सञ्चालनमा ल्याएको अध्यक्ष बरईले जानकारी गराए । गाउपालिकाको ७ वटै स्वास्थ्य संँस्थाहरुलाई आवश्यकता अनुसार सोफाmथ्रिसिटर,दराज,टेबल,कुर्सि,बेन्च,डेस्कटप,प्रिन्टर प्रदान गरिएको थियो । एन्टि रेबिज खोप असोज महिनामा सञ्चालनमा ल्याई कुल ४ सय जनालाई रेबिज खोप दिइएको थियो । बगौली स्वास्थ्य चौकीको जिर्ण भवनलाई मरम्मत सम्भार गरि रंगरोगन गरिएको थियो । स्वास्थ्य सेविका र स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन प्याकेज ल्याई परिवार योजना शिविरबाट ७५ जनालाई स्थाई बध्याकरण सेवा गराउन सहयोग गरिएको थियो । बैकल्पिक सौर्य उर्जाको लागि समन्वय गरि रायपर प्राथमिक स्वास्थ्य केन्द्रमा विद्युत ब्याकअपका लागि सोलार जडान गरिएको थियो ।
त्यसै गरि रायपुर प्राथमिक स्वास्थ्य केन्द्रको तालिम हललाई सुविधा सम्पन्न बनाइनुका साथै १६ देखी २३ महिना भित्र ६ सय ३३ जना बालबालिकालाई पुर्ण खोप सुनिश्चिता गरिएको गाउपालिकाले जनाएको छ । यि कार्यक्रमलाई निरन्तरता दिदै अझै पनि स्वास्थ्य सेवाका विभिन्न आयामहरुलाई पुरा गर्न गाउपालिका प्रतिवद्ध रहेको छ,अध्यक्ष बरईले भने,दुर्गमका जनतालाई पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखिएको छ । त्यस पछि अबको अभियान शैक्षिक सुधारको रहेको उनले बताए । एक जनाको पनि माध्यमिक तहको दरबन्दी नभएको यस पालिकामा गाउपालिकाकै सबै श्रोतले ब्यहोर्ने गरि पाँच वटा माध्यमिक तहको विद्यालय सञ्चालनमा छन । त्यसको ब्यवस्थापनका साथै माथिल्लो कक्षालाई छात्र छात्रा छुट्टयाउने गरि सेक्सन ब्यवस्थापनमा आफु लागेको बताए । यसका लागि शिक्षा शाखाले अग्रसरता लिएर काम गर्न लगाईने उनले बताए ।
नेपालको संविधान २०७२ ले स्थानिय सरकारको रुपमा रहेको स्थानिय तहको एकल सुचिमा माध्यमिक तहको शिक्षा र आधारभुत स्वास्थ्य राखेका कारण स्थानिय तहले पहिलो चरणमा एकल सुचिमा राखिएका कार्यक्रमलाई प्राथमिकतामा राखि काम गर्नु पर्ने हुदा यो मर्चवारी गाउपालिकाले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखेको छ । त्यस पछि कृषि,रोजगार र स्थानिय पुर्वाधारलाई पनि जोड दिइएर काम गर्ने उनले जानकारी गराएका थिए । पहिलो बर्षमा स्वास्थ्य क्षेत्रमा लगानी गरि जिल्लामा पहिलो हुन सफल भइएको छ, उनले भने, अब स्वास्थ्यको सोही अवस्था कायम राख्दै शिक्षालाई पनि जिल्लामा उत्कृष्ट बनाउने हाम्रो लक्ष्य रहेको छ । यसका लागि सबै सरोकारवालाको सहयोग र साथ आवश्यक रहेको उनले औल्याएका थिए ।