विद्युत आपुर्तिको बहु विकल्प बन्दै जादा नवलपरासीमा उद्योग थपिदै

नवलपरासी,२५ भदौ
नेपाल विद्युत प्राधिकरण परासी विद्युत वितरण केन्द्रले आफ्ना ग्राहकहरुलाई विद्युत आपुर्ति ब्यवस्था चुष्तदुरुष्त बनाउदै बैकल्पिक विद्युत आपुर्तिको ब्यवस्थानमा लागेको छ । विभिन्न प्रसारणलाईन अन्रतगतका पाँच वटा सब स्टेसनबाट वितरण केन्द्रले विस्तार गरेको विद्युत आपुर्ति सञ्जाल मार्फत बहु विकल्पको ब्यवस्थानमा लागेको विद्युत केन्द्रले जनाएको हो ।
परासी क्षेत्रमा विभिन्न विकल्प भएको विद्युत सञ्जाल बन्दै जादा उद्योग खुल्ने क्रम पनि बढदै गएको छ । परासी विद्युत वितरण केन्द्रले ग्राहकलाई सधै भरि पुर्ण भोल्टेज क्षमताको विद्युत आपुर्ति गर्न सकियोस भनेर विभिन्न पाँच वटा विद्युत सब स्टेसनबाट विद्युत आपुर्तिको ब्यवस्थाका लागि प्रसारणलाईन सञ्जाल विस्तार भई रहेको केन्द्र प्रमुख इन्जिनियर राम प्रमोद शाहले जनाए । यो परासी क्षेत्रको लागि स्वर्णिम अवसर बन्दै गएको छ, उनले भने, ग्राहकलाई विद्युत आपुर्तिमा समस्या नहोस भनेर एउटा मात्रै नभई पाँच पाँच वटा विकल्प बन्दै छ ।
एउटा विद्युत स्टेसनमा समस्या भए पनि परासी क्षेत्रको विद्युत आपुर्तिमा समस्या आउने छैन्,उनले थपे , किन की यस क्षेत्रमा विद्युत आपुर्ति गर्नका लागि विभिन्न पाँच वटा सव स्टेसनसँग सञ्जाल जोडिदै छ । तिन वटा स्टेसनसँग विद्युत सञ्जाल जोडि सकिएको छ । दुई वटा स्टेसन मध्ये हुकई सब स्टेसन निर्माणाधिन छ । उनका अनुसार अहिले पनि घरेलु ग्राहकलाई मात्रै दैनिक १० देखी १२ मेगावाट विद्युत वितरण भई रहेका छन् । उद्योगमा पनि दैनिक ६० देखी ७० मेगावाट विद्युत सप्लाई भई रहेको केन्द्र प्रमुख शाहले बताए । यसरी परासी विद्युत केन्द्रले दैनिक ८० देखी ९० मेगावाट विद्युत वितरण गरि रहेको छ ।
बुटवल ३३ केभिए प्रसारण लाईन,न्यु बुटवल ३३ केभिए प्रसारण लाईनसँग पनि विद्युत जोडिदै छ । ज्यामिरेको ३३ केभिए प्रसारण र गण्डक प्रसारणलाईनसँग पनि विद्युत सञ्जाल जोडिएको छ । नेपालको पुर्वि क्षेत्रबाट पनि केही महिनामै जिल्ला जोडिने केन्द्र प्रमुख शाहले बताए । नेपालकै विद्युत आपुर्तिमा स्वर्णिम जिल्लाको रुपमा नवलपरासी पश्चिम बन्ने देखिएको छ । यसले गर्दा यस क्षेत्रमा उद्योग थपिने क्रम दिन प्रति दिन बढेको छ । यहाँका बासिन्दाले किन उद्योगहरुको रोजाई नवलपरासी पश्चिम बन्दै गएको कुरा आश्चर्य लाग्न सक्छ,उनले भने,तर उद्योग सञ्चालकहरुले उद्योगमा विद्युत आपुर्तिको सहज वातावरण देखेर नै आकर्षित बन्दै छन् ।
नेपाल सरकारको उद्योग मन्त्रालयले पनि यस क्षेत्रमा औद्योगिक क्षेत्रमा विद्युत आपुर्तिका लागि विद्युत परियोजनामा लगानी गरेको मध्ये नवलपरासी पनि एक जिल्ला परेको छ । परियोजना कार्यालयले विद्युत प्रसारणलाईनहरु विस्तार गर्दै स्टेसन निर्माण गर्दै आएका छन् । त्यसै अनुसार यस क्षेत्रमा बहुराष्ट्रिय कम्पनी सहित नेपाल भारतको संयुतm लगानी तथा नेपालीहरुको लागनीमा जिल्ला भरि उद्योग लगाउने स्थानको खोजी गर्नमा लागेका छन् । जिल्ला भित्र सय भन्दा बढि उद्योग खुलि सकेका छन् । केही खुल्ने क्रममा रहेका छन् । ति उद्योगले यहाँको कच्चा पदार्थ र वातावरणीय शुरक्षा भन्दा विद्युत आपुर्ति सहजतालाई देखेर प्राथमिकतामा राखेर उद्योग खोल्दै आएका छन् । मिलियनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को समेत विद्युत प्रशासरणलाईन यसै जिल्ला हुदै भारत जाने र त्यसको स्टेसन समेत बन्ने क्रम यहिँ रहेको छ । अन्तराष्ट्रि«य स्तरको विद्युत प्रसारणलाईनले पनि सधै विद्युत आपुर्तिको सम्भावनाले पनि उद्योगहरु आकर्षित छन् ।
उद्योगहरु थपिदै जादा विद्युतको पुर्तिका लागि विद्युत केन्द्रले पनि सबै प्रकारका प्रसारणलाईनसाँग सञ्जालन जोड्ने र स्टेसनको ब्यवस्थापनका कार्य गर्नु परेको केन्द्रले जनाएको छ । भविष्यमा यो क्रम बढने उनको भनाई थियो । अहिले विद्युतका सबै ग्राहकको रेकर्ड विद्युयि माध्यमद्धारा केन्द्रले नै रिडिगँ गरिरहेको छ । कस्को के कति बक्यौता समेत केन्द्रले नै त्यहीबाट सिस्टमले हेर्ने गरेको उनले सुनाए । विद्युत वितरण केन्द्रले प्राधिकरणको निर्देशनको फ्लो गर्ने काम मात्रै रहेको छ ।
विद्युतका तारपोल पुराना र केही जिर्ण अवस्थामा पनि छन्,त्यसलाई पुनस्र्थापन गर्ने कार्य समेत केन्द्रले गर्दै आएको र नयाँ समेत विस्तार गर्ने क्रमसँग सँगै भई रहेको उनले जनाए । विद्युत सप्लाईमा अझै पनि धेरै प्रकारका अवरोधहरु छन्,त्यसबारे स्थानियहरु पनि जागरुक हुनु पर्ने उनको आग्रह थियो । एक जनाको लापर्वाहीका कारण धेरैको विद्युत आपुर्ति बन्द भएर असर पर्न सक्ने हुदा यसबारे स्थानिय तहका जनप्रतिनिधिहरुले पनि सहजीकरण गर्नु पर्ने भन्दै विद्युत आपुर्तिमा रुख विरुवा,आधी हुरी,सडक पुर्वाधार निर्माण जस्ता समस्याले केही कठिनाईहरु थपिदै गएको छ । विद्युत चोरी धेरै मात्रामा घटिसकेको छ,उनले भने,तर वातावरणिय रुपमा अझै पनि धेरै समस्याहरु रहेका छन् । यसलाई सबै पक्षबाट सहयोग हुन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *