सुनवल नगरपालिकाको बेरुजु घटाउन भुक्तानीमा प्रिअटिड गर्दै

नवलपरासी,६ भदौ
जिल्लामै सर्वाधिक बेरुजु देखिने सुनवल नगरपालिकाले बेरुजु बढन नदिइने र भएको बेरुजु रकम फस्यौट गर्ने कार्यलाई गम्भिरका साथ लिएको छ । नगरपालिकाको आर्थिक शुसासन र पार्दर्शिताका लागि सुनवल नगरपालिकाले विशेष पहल थालेको हो ।
सुनवल नगरपालिकाको आर्थिक शुसासन र पारदर्शिताका लागि अब उप्रान्त नगर कार्यपालिकाले गरेका निर्णयहरु वेवसाईट मार्फत नगरबासी र रसरोकारवालाहरुलाई जानकारी गराउने जनाएको छ । यसको सुरुवात बुधविार देखी नै गरिएको छ । सुनवल नगरपालिकाको विगतको वेरुजु २४ करोड बढि भएकोले अब उप्रान्त बेरुजु घटाउने र थप आर्थिक पारदिशिएताका लागि ५० हजार भन्दा माथिकको भुतmानी गर्दा प्रि अडित गर्ने र ५० हजार भन्दा माथिको भ्याट बिल सरोकारवालाहरुको जानकारीका लागि वेवसाईटमा राख्ने समेत निर्णय गरेको छ ।
विगत बर्षमा मनोमानी तरिकाले विधि प्रकृया नपुर्याई काम गर्दा २४ करोड भन्दा बढि बेरुजु रकम देखिएर जिल्लामै पहिलो बेरुजु भएको पालिका मात्रै नभई लुम्बिनी प्रदेशका भित्रका बेरुजु हुने पालिका सुचिको टप टेन भित्र पर्ने पालिकाको रुपमा चिनिएको थियो । तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र नगरपालिका नेतृत्वका पदाधिकारीहरुले ध्यान नदिदा लुम्बिनी प्रदेशमै बेजुरु नगरपालिकाको रुपमा चिन्ने गरि बदनाम भएको थियो । पछिल्लो पटक गत बर्ष सरुवा भई आएका प्रमुख प्रशासकिय अधिकृत भतिm मरासनीले सार्वजनिक कार्यक्रममै साथीहरुले ढंग नपुर्याई काम गर्दा यत्रो बेरुजु देखिएको बताएका थिए । तर यो बेरुजु घटाउदै लानका लागि सबै प्रकारका पहल र कारवाह िप्रकृया अगाडी बढाउदै बेरुजु घटाउने लक्ष्य पालिकाको हुने दाबी गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *