नवलपरासी क्षेत्र २ का नवनिर्वाचित संघिय सांसद गुप्तालाई सुनवलमा क्याम्पसको सदस्यता प्रदान

नवलपरासी,२५ फागुन
क्याम्पसको विधान अनुसार नै अहिले नवलपरासी क्षेत्र नं. २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य नरेन्द्र कुमार गुप्तालाई महाकवि देवकोटा क्याम्पस सुनवलले सञ्चालक समितिको पदेन सदस्यको प्रमाणपत्र प्रदान गरेको छ । क्याम्पस संचालक समितिको रुपमा सम्बन्धित क्षेत्रको संघिय सांसदलाई पदेन सदस्यको रुपमा गरिएको ब्यवस्था अनुसार हाल नवनिर्वाचित सासद गुप्तालाई कायम राख्दै क्याम्पसले उतm प्रमाणपत्र प्रदान गरेको हो ।
क्याम्पसले सोमवार आयोजना गरेको एक औपचारिक कार्यक्रममा नवनिर्वाचित सांसद गुप्तालाई प्रमाणपत्र प्रदान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको थियो । सदस्यता ग्रहण गर्दै सांसद गुप्ताले क्याम्पसको विकासमा सहयोग गर्ने बताए । उनले समग्र क्षेत्रको विकास र समृद्धिमा प्रतिबद्ध रहेको उल्लेख गर्दै क्षेत्रको समग्र शैक्षिक विकासमा आफ्नो निरन्तर प्रयास रहने बताएका थिए । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कृष्ण लामिछानेले क्याम्पसको विधान अनुसार सो क्षेत्रबाट निर्वाचित संघीय सांसद स्वतः क्याम्पस सञ्चालक समितिको पदेन सदस्य रहने व्यवस्था रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा सहभागीहरूले सांसद गुप्ताले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रको विकास तथा क्याम्पसको समृद्धिका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए । क्याम्पसले नवनिर्वाचित सांसद गुप्तालाई बधाई दिँदै आगामी दिनमा क्याम्पसको शैक्षिक उन्नति र संस्थागत विकासमा सहकार्य हुने अपेक्षा समेत व्यक्त गरेको छ । साँसद गुप्ता रामग्राम नगरपालिकाको मेयर हुदा पनि नगर भित्रको जिल्लाकै जेठो पाल्ही क्याम्पसको पुर्वाधार विकास लगायत शैक्षिक विकासमा उलेख्य योगदान पुर्याएका थिए ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *