नवनिर्वाचित संघिय सांसद गुप्ताद्धारा सुनवलको शीत भण्डार अवलोकन

नवलपरासी, २५ फागुन
जिल्लाको सुुनवल नगरपालिका‐२ मुखियाटोलमा सहकारी शीतभण्डारको नवनिर्वाचित सांसद नरेन्द्र कुमार गुप्ताले अवलोकन गरेका छन् । आफु रामग्राम नगरपालिकाको मेयर हुदा नै उतm शित भण्डारमा लगानी समेत गरि प्रोत्सहित गरेका सांसद गुप्ताले चाँसोको रुपमा उतm भण्डारको अवलोकन गरेका हुन् ।
दुई बर्ष पहिला उतm शितभण्डार निर्माण भएर आंशिक रुपमा सञ्चालन गरिएको र अहिले पुर्ण क्षमतामा सञ्चालन भईरहेको छ । केही महिना पुर्ण रुपमा सञ्चालन नहुदा दैनिक खर्च उठाउन आईस(बरफ) विक्रि गरि चलाउन परको थियो । शितभण्डारको अवस्थाबारे संघका अध्यक्ष विष्णु पौडेलले जानकारी गराएका थिए । सङ्घीय, स्थानीय सरकार र सहकारीको संयुक्त लगानीमा तीन हजार मेट्रिक टन क्षमताको शीतभण्डार निर्माण गरी सञ्चालनमा आए पछि स्थानीय किसानहरूले महसुुस गर्दै छन । शितभण्डारसम्म पुग्न पहुँच मार्ग निर्माण कार्य अधुरा छन् । डेढ बिघा जग्गामा पाँच वटा चेम्बर भएको शीतभण्डार रु १९ करोड ४२ लाख लागतमा निर्माण गरिएको हो ।
जिल्ला सहकारी सङ्घ लिमिटेडको सहकारी शीतभण्डार मुलुक मै धेरै क्षमताको शीत भण्डारमध्ये एक हो । शीतभण्डार निर्माणका लागि सङ्घीय सरकारले ६० प्रतिशत अनुदान, स्थानीय सहकारीको २० र स्थानीय सरकारको २० प्रतिशत लगानी रहेको छ । शीतभण्डारको पाँच वटै चेम्बर प्रयोगमा ल्याउन सकिएमा वार्षिक दुई करोड ५० लाख राजस्व सङ्कलन गर्न सकिने छ । हाल सञ्चालनमा आएको शीतभण्डारमा नवलपरासी, रुपन्देही र कपिलवस्तु सम्मका किसानको कृषि उपज भण्डारण गर्न सकिने गरी निर्माण गरिएको हो । लुम्बिनी प्रदेशकै सबै भन्दा ठूलो क्षमताको शितभण्डार रहेको छ ।
यो शितभण्डारको आवश्यकता पुरा गर्नका लागि महेशपुर भन्सारमा प्लान्ट क्वारेन्टाईन तत्कालै सञ्चालनमा ल्याउनु पर्ने देखिएको छ । प्लान्ट क्वारेन्टाईन सञ्चालनमा आए भन्सार छुटाएर आएका तरकारी,कृषिजन्य समाग्रिहरु भण्डारका लागि शितभण्डारमा राखिन्छ र आवश्यकता अनुसार झिकेर देश विदेश पठाउने कार्य हुन्छ । तर महेशपुर भन्सार लक्षित गरि निर्माण भएको सो शितभण्डार निर्माण भई सञ्चालनमा आयो तर महेशपुर भन्सार मुल नाकाको रुपमा सञ्चालनमा आए पनि हालसम्म प्लान्ट क्वारेन्टाईन स्थापना हुन सकेको छैन् । पशु क्वारेन्टाईन सञ्चालनमा रहे पनि माछा,मासु जस्ता पशुजन्य समाग्रि भण्डारणका लागि शितभण्डारमा छुट्टै च्याम्बर र ढोका ब्यवस्थापन गरिएको छैन् ।

Health Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *