नवलपरासी,६ भदौ
जिल्लाको सुनवल नगरपालिका ९ कब्रिस्तान बनकट्टी स्थित इस्लामिक पुरातात्विक र धार्मिक स्थललाई इस्लाम धर्म तिर्थ स्थल बनाउन स्थानियले माग गरेका छन् । इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मदको जन्मोत्सव बाह््ररविऔअललाई भब्यताका साथ मनाउउदै गर्दा पैगम्बर मोहम्मदको ३२ औ पुस्ता पछिको इस्लामिक धर्म गुरुको मजारलाई इस्लाम धर्मको केन्द्र बनाउनु पर्ने स्थानियले माग गरेका हुन् ।
सो स्थानमा सैयद अब्दुल हमिद धर्म गुरुको समाधि रहेको मजार अहिले पनि सो स्थानमा रहेको छ । तर प्रचार प्रसार हुन नसक्दा सो मजार केही परिवारिक समुहसँग मात्र परिचित भएको स्थानिय सत्तार मियाले बताए । उनका अनुसार जान्ने सुन्ने मानिस भारतबाट पनि आउने गर्छन्,उनले भने,त्यहा दोआ (भाकल) गर्छन् । उनीहरुको भाकल मन्नत पुरा हुन्छ । धेरै इस्लामिक ब्यतिmको त्यहाँ श्रद्धा र विश्वास रहेको छ,उनले भने,स्थानिय स्तरबाट सो स्थानको संरक्षण गरि राखिएको छ । झण्डै एक शताब्दी पहिला देखी नै सो स्थानमा सैयद अब्दुल हमिद आएका थिए । इस्लाम धर्म शिक्षा स्थानियलाई दिने गरेका थिए । पछि उनको इन्तकाल(मृत्युं) भयो । उनको समाधि बनकट्टीमा बनाई संरक्षण गरिएको छ । अन्य इस्लामिक ब्यतिmत्वहरुको पनि दफन गर्ने कार्य सो स्थानमा भएको छ । तर अब सो स्थानमा अहिले पनि अल्लाह(.इश्वर)को प्रभाव शतिm भएको धेरैले महशुस गर्दै गरे पछि त्यहा इस्लामिक विधि अनुसार पुजापाठ गर्ने जस्तो नवाज पढने गरेका छन् । बाहिरबाट आउने ब्यतिm पनि सो मजार स्थलमा नवाज पढने श्रद्धा ब्यतm गर्ने गरेका छन् ।
तर त्यसलाई प्रचार प्रसार गरि धार्मिक तिर्थ स्थल र इस्लामिक धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न आवश्यक देखिएको मौलाना सैयद गुलामले बताए । ओल्मा काउन्सिल नेपालका राष्ट्रिय अध्यक्ष समेत रहेका मौलाना गुलामले यो स्थान नेपालकै मदारबाबा जस्तै तिर्थ स्थल हो,उनले भने,तर यसको ब्यापक प्रचार प्रसार हुन सकिरहेको छैन् । स्थानियबासीले पनि अ आफ्नो स्तरबाट इस्लामिक विधि अनुसारको पुजापाठ गर्ने श्रद्धा ब्यतm गर्ने जस्ता काम गर्दै आए पनि अन्य ब्यतिmलाई यसको महत्वबारे थाहा छैन् । सैयद अब्दुल हमिद मदारबाबाकै समकक्षी इस्लामिक गुरु थिए, उनले भने , मदारबाबा त यसै जिल्लाको सुस्ता गाउपालिका स्थित मदारबाबा पहाडमा तपस्या मात्र गरे र पछि भारत तर्फ फर्केर गए । उनलेको तपस्थली मात्रै हो । तर यहाँ सैयद अब्दुल हमिद अन्तिम समय सम्म पनि धार्मिक शिक्षा प्रदान गर्ने र जनमानसमा दुवा गर्दै आउने प्रख्यात धर्म गुरु हुन्,उनको इन्तकाल पछि उनको समाधि अर्थात मजार पनि बनकट्टीमा बनाइएको छ ।
इस्लामिक क्षेत्रका जानकार ब्यतिm सो स्थानमा प्राय आउने गरेका छन् । आफ्नो मन्नत माग्ने गर्छन् । पुरा पनि हुने गरेको छ । बेला बेला सो स्थानमा कार्यक्रम समेत हुने गरेको छ । तर ब्यापक रुपमा यसको प्रचार प्रसार,ब्यवस्थापकिय कार्य,पर्यटकिय पुर्वाधार जस्ता कार्य सरकारी निकाय र समुदायबाट पनि हुन सकिरहेको छैन् । ब्यवस्थित गरी यसको महिमा समाजमा प्रचार प्रसार गर्न सकियो भन्ने मदारबाबा जस्तै एक पवित्र तिर्थ स्थलको रुपमा विकास हुने सम्भावना बोकेको स्थान रहेको मौलाना गुलामले बताए । सैयद अब्दुल हमिदको पैगम्बर मोहम्मदको परिवारसँग रतm सम्बन्ध रहेको बंशावली नै रहेको छ । उनी पैगम्बर होम्मदको ३२ औ पुस्ताका धर्मगुरु हुन् ।
उनका पुर्खाहरु धर्म प्रचार प्रसारमा अरबबाट भारतमा प्रवेश गरेका थिए । सो क्रम अहिले पनि निरन्तर चल्दै आएको उनीसँगै खान्दानिया रतm सम्बन्ध भएका मौलाना गुलाम पनि हुन् । उनको ठूलो हजुर बुबा थिए सैयद अब्दुल हमिम । सो बंशावली अहिले पनि नेपाल र भारतमा छरिएर रहेको छ । उनका पुस्ताले पनि धर्मगुरु सैयद अब्दुल हमिदको मजार क्षेत्रको प्रचार प्रसार गर्नु पर्ने आवश्यकता स्थानियले महशुस गर्न थालेको मौलाना सैयद गुलामले बताए । उनले अब स्थानिय र स्थानिय सरकारसँग नै मिलेर बनकट्टी मजार क्षेत्रको विकास संरक्षण गरि एक ट्रष्टको रुपमा संस्था खोल्ने रहेको सुनाए ।
हालै सुनवल नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भति
m मरासनीसँग सो स्थानको बारेमा जानकारी गराए पछि सो क्षेत्र सुनवल नगरपालिकाको सांस्कृतिक सम्पदाको रुपमा स्थापित गरि विकास पुर्वाधारका कार्य गर्नु पर्ने आवश्यकता महशुस गरेको बताएका थिए । चाडै नै नगरपालिकासँग समन्वय गरि एक ट्रष्टको स्थापना गर्न तर्फ लाग्छौ,मौलाना गुलामले भने, यसबारे ओल्मा काउन्सिलमा पनि कुरा राख्दा ओल्माहरु पनि उत्साहि देखिएका छन् । ट्रष्ट निर्माण पछि यस क्षेत्रको विकासका लागि देशी विदेशी लगानी पनि भित्रयाई धार्मिक तिर्थ स्थलको रुपमा पनि विकास गर्ने सम्भाना नगरपालिकाले देखाए पछि हामीहरु उत्साही भएको समेत उनले सुनाए । पैगम्बर मोहम्मदको जन्मोत्सवको दिन बाह्ररविऔवलको दिनमा पनि सो स्थानमा एक कार्यक्रम गरि प्रचार प्रसारका कार्य गर्ने र कार्यपत्र समेत प्रस्तुत गर्ने योजना उनले सुनाएका थिए ।