थारु साँस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराउदै सरावल सरकार

नवलपरासी,७ साउन
जिल्लाको सरावल गाउपालिकाले थारु साँस्कृतिक पार्क बनाउनका लागि उचित स्थानको खोजी र सम्भाब्यता अध्ययनमा लागेको छ । थारु बाहुल्य रहेको सरावल गाउपालिकाले थारुको संस्कार र संस्कृति झल्किने गरि पार्कको निर्माणको लागि सम्भाब्यता अध्ययनमा लागेको हो ।
थारु साँस्कृतिक पार्क निर्माणका लागि विगत डेढ दशक देखी खिचडी महोत्सव हुने गरेको सरावल २ मनरी गाँउ नजिकै पार्क बनाउने गरि स्थानको खोजी र सम्भाब्यता अध्ययन भई रहेको गाउपालिका अध्यक्ष सुखाडी चौधरीले बताए । उनले विगत बर्ष देखी थारुको महत्वपुर्ण चाडपर्वको रुपमा माघी खिचडी मनाउने र सो अवसरमा मेला महोत्सव समेत मनरी स्थित जनता माध्यमिक विद्यालयको परिसर भित्र हुदै आएको छ । तर अहिले मेला विस्तार हुदै जादा सो महोत्सव लम्बिन सक्ने र खिचडीलाई मात्रै लक्षित गर्नु भन्दा थारुको संस्कार र संस्कृति झल्किने र नियमित रुपमा थारु संस्कृतिको अध्ययन अवलोकन गर्न सक्ने गरि स्थाई स्थानको आवश्यकता महशुस भएर स्थानको खोजी गर्नु परेको उनले बताए । थारुसँगसँगै अन्य समुदायले पनि थारुबारे अध्ययन अनुसंधान गर्न सकुन,नियमित मनोरन्जन,रमाईलो,शान्त मनोरम दृष्यावलोकन गर्न सकुन भनि उदेश्यले थारु साँस्कृतिक पार्कको परिकल्पना गरिएको उनको भनाई थियो ।
अहिले मनरी गाँउ नजिकै भलुही खोला किनारमा रहेको वृक्षारोपण क्षेत्रलाई पार्कको रुपमा विकास गर्ने स्थानियबासीले स्थान देखाएका छन्,उनले भने,यसका लागि वृक्षारोपण गर्ने समुहसँग गाउपालिकाले छलफल गर्छ । उनीहरुकै सहमतिमा सो वृक्षारोपण क्षेत्र नजिकै थारु साँस्कृतिक पार्क बनाउन सकिन्छ,भन्ने धेरै सम्भावना देखिएको छ । यसका लागि प्रारम्भिक अध्ययन गरिएको छ,उनले थपे,वृक्षारोपण गर्ने समुह र स्थानियबासीको सहमति भएमा गाउपालिकाले लगानी गर्न सक्छ । तर यसका लागि पहिला स्थानिय र वृक्षारोपण समुह एक मत हुन पर्यो । त्यसको बैकल्कि क्षेत्रको पनि अध्ययन गर्ने कार्य गाउपालिकाले गर्नेछ । तर अहिलेसम्म प्राथमिकतामा त्यही रहेको हुदा स्थानियबासी सो पार्क निर्माणका लागि सहमतिमा ल्याउने विश्वास गरिएको छ ।
एक दुई सातामा भित्रै त्यसबारे टुगोँ लागे पछि त्यस क्षेत्रको जग्गाको सिमाँकन गर्ने,विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउने कार्य गाउपालिकाले गर्ने छ । डिपिआरका लागि आवश्यक बजेट गाउपालिकाले विनियोजन गर्दै अन्य लुम्बिनी प्रदेश सरकार र संघिय सरकारबाट पनि माग गर्नका लागि सम्बन्धित साँसदहरुसँग पहल गर्नेछ । करिब ८ विघा जग्गा भलुही खोला किनारमा रहेको छ । त्यसमा अधिकाँस भागमा वृक्षारोपण भएको छ । रुखहरु पनि हुर्कि सकेको छ । वरिपरि कुलो,खोला र जलासय समेत रहेको छ । यसले पनि पार्कका लागि आधा संरचना बनिबनाउन जस्तै रहेको छ । पार्क जोड्ने गरि पुल पनि निर्माण अन्तिम चरणमा पुगेको छ । जन्म देखी मृत्यु परान्तसम्मको संस्कार र संस्कृतिक झल्किने गरि पुर्वाधारहरु बनाईने छ । त्यस बाहेक पनि मिनि जु हुने गरि पनि सो क्षेत्रमा ब्यवस्थापन गर्न सकिन्छ । यसले नियमित रुपमा पार्क सञ्चालनका लागि सहज हुने छ । पार्क भित्रै मेला महोत्सव हुने गरि पार्कको ब्यवस्थानले आकर्षण थप्ने छ । जिल्ला भित्र कहिँ पनि थारु साँस्कृति पार्क नभएको हुदा यस प्रति जिल्ला भरिकै लागि आकर्षणको केन्द्र विन्दु हुने विश्वास गरिएको भनाई अध्यक्ष चौधरीको रहेको थियो ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *