
नवलपरासी,२५ बैशाख
जिल्लामा सरुवा भई आएका नयाँ प्रहरी उपरिक्षक(एसपी) अनुपम श्रेष्ठले जिल्लामा शान्ति सुरक्षा,शुसासन र समाजिक न्याय सहित समाजिक सेवामा सबैको सहयोग र सहकार्य अपरिहार्य रहेको बताएका छन् । प्रहरी उपरिक्षकको जिम्मेवारी सम्भाल्दै एसी श्रेष्ठले पत्रकार भेटघाटमा उतm कुरा बताएका हुन् ।
जिल्लाको बस्तुगत अवस्थाबारे पनि पत्रकारबाट बेलामै जानकारी र सुझावको आपेक्षा उनले राखेका थिए । थोरै जनशतिmले पनि धेरै काम गर्नु पर्ने नेपाल प्रहरीको अवस्था रहेको त्यसमा पनि नवलपरासीमा अझै कम जनशतिm रहेको उनले बताएका थिए । खुल्ला सिमा,चुरेका खोलानाला,गण्डक क्षेत्र लगायतका समस्या,द्रैवि प्रकोप लगायतका समस्या रहेका छन् । विभिन्न अपराधिक घटना हुदै आएको र धार्मिक द्धन्द्धका कुरा पनि बेला बेला हुने गर्दा पत्रकारको सहयोग अति आवश्यक छ, उनले भने, सबै पक्षको सहयोग भयो भन्ने मात्र शान्ति सुरक्षा चुष्तदुष्त बनाउन सम्भवन हुन्छ । यसका लागि आफुले नेतृत्व लिए पछि देश र जनताका लागि प्रहरीको अधिक्तम परिचालन हुने दाबी गरेका थिए ।
सिमावर्ति क्षेत्रमा बढदो लागु औषध ओसार पसार मौलाउदै गएको अवस्था,बेला बेला हुने चोरी तस्करीको धगँधगीँ,खोला नालाको अध्याधिक दोहन जस्त ठूला चुनौती रहेको पत्रकारहरुले सुझाव दिएका थिए । त्यसै गरि दलित उत्पिडित,महिला लगायतका सिमान्तकृत बर्गको पहुँच प्रहरीसँग प्रत्यक्ष नपुग्ने र त्यसमा विचौलियाहरुको खेला भई रहेको समस्या पनि दर्शाएका थिए । त्यसलाई प्रहरी उपरिक्षकले गहन तरिकाले काम गर्नु पर्ने आवश्यकता
औल्याइएको थियो । भारतिय पर्यटकलाई प्रहरीद्धारा दिईने हैरानीको न्युनिकरण लगायत सिमावति बजारबाट किसानले मल बीउ ल्याउने र स्थानियबासीको परम्परागत बजार नै भारतिय बजारबाट किनमेल गरि ःल्याउने त्यसमा प्रहरीको मितब्ययिताको कुरा पनि उठेका थिए ।