Health Advertisement

बौद्धकालिन प्राचीन ककरपत्त नगरमा २५६९ औ बुद्धजयन्तीको अवसर पारी भिच्छुलाई भोजनदान

नवलपरासी,२५ बैशाख
लुम्बिनी प्रदेश सरकारको पर्यटकिय स्थलको सुचिमा सुचिकृत सरावलको प्राचिन ककरपत्त नगरमा स्थानियले २५६९ बुद्ध जयन्तीको अवसर पारी भिच्छुलाई भोजनदान गरिएको छ । बुटवलको गंगरनगर र शंकरनगर स्थित बौद्ध विहारबाट आएका ४ जना भिच्छुडी र ६ जना भिच्छु सहित १० बर्गिय भिच्छुसँघलाइ गाउपालिकाद्धारा भोजनदान गरिएको हो ।
साता ब्यापीरुपमा कार्यक्रम गरि मनाउने कार्यक्रम अन्तरगत नै बौद्धभिच्छुलाई भोजनदान गरिएको गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले बताए । भोजनदान पश्चात अध्यक्ष चौधरी,उपाध्यक्ष बासमति हरिजन,पुर्व अध्यक्ष राधेश्याम चौधरी र पुर्व उपाध्यक्ष उत्तमा राय सहित कार्यपालिका सदस्य र वार्ड अध्यक्षहरुको समेत सहभागिता रहेको थियो । उतm कार्यक्रममा भिच्छुले भगवान बुद्धले जसरी दिर्घजानु सहित स्थानियलाई गृहशुख सन्देश सुनाएका थिए । त्यसै गरि भिच्छुहरुले ति दिर्घजानु सत्तको देसना पनि गरिएको थियो । २६ गते देखी विभिन्न अन्तरक्रिया,खेलकुद तथा साँस्कृतिक कार्यक्रम गरि २९ गते बुद्धजयन्तीको दिन भब्य रुपमा मनाउनुका साथै सरावलमा रहेको प्राचीन सज्जनेल नगर,कुण्डिय नगर र सायुगा नगर सहितको बौद्ध स्थलको परिचय सहितको पुस्तक समेत लोकाअपर्ण गरिने छ ।

Health Advertisement

बुद्ध स्थलको रुपमा चार स्थान रहे पनि अहिले तत्काल ककरपत्त नगरलाई नै केन्द्र बनाई गाउपालिको बुद्धजयन्ती मनाउने योजना बनाएको सुनाएका थिए । बुद्धजयन्तीको नेतृत्व लिन स्थानिय कोलवृक्ष तथा पर्यटन विकास सस्थालाई जिम्मेवारीका साथ काम गर्ने सस्थाका सचिव अतेन्द्र चौधरीले बताएका थिए । कोलवृक्ष बगैचा रहेको उतm स्थान केही बर्ष अगाडी मात्रै सो स्थान प्राचिन बौद्धकालिन ककरपत्त नगर रहेको पहिचान गरि औपचारिक रुपमा घोषणा तत्कालिन गाउपािलका अध्यक्ष राधेश्याम चौधरी र प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलको पहलमा बौद्ध अध्येता डा.कौशलेन्द्र बहादुर श्रीवास्तवले गरेका थिए । प्राचिन कोलिय गणराज्य अन्तरगतको प्राचिन ककरपत्त नगर भएको घोषणा गरे पश्चात सो स्थानमा देशी विदेशीको चाँसो बढदै गएको स्थानिय कोलवृक्ष पर्यटन विकास सस्थाका सचिव चौधरीले बताए । गत बर्ष देखी भब्य तरिकाले बुद्धजयन्ती मनाउन शुरु गरिएकोमा यो बर्ष सप्ताह ब्यापी मनाउन लागिएको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *