नवलपरासी,१० जेठ
बेला बेलामा भारतियद्धारा अतिक्रमणको चपेटामा पर्दै आएको नेपालको सुस्ता भुमिमा पहिलो पटक नेपाली सेनाको जर्नेल पुग्दा सुस्ताबासीले भब्य स्वागत गरेका छन् । नेपाली सेनाका उच्च अधिकृतको रुपमा बुधवार पुगेका जर्नेल ललित बहादुर कुँवरसँग हात मिलाउदै सुस्ताका स साना बालबालिकाहरु पनि उत्साही भएका हुन् ।
वर्दि बिनाको सेना भई नेपाली भुमि तथा सिमा सुरक्षामा खटिने सुस्ताका के बालक ? के बस्यक ? के वृद्ध महिला पुरुष सबै जना मिलेर भारतिय पक्षको सामना गर्दै आएका सेनाका उच्च अधिकारी पहिलो पटक सुस्ता भुमिमा पाउदा खुशी ब्यतm गरेका थिए । राजनीतिक र सरकारी स्तरबाट धेरै अधिकारी र नेता मन्त्रीको आगमन भएको भए पनि नेपाली सेनाको जर्नेल पहिलो पटक सुस्तामा पुगेर सुस्ताबासीलाई उत्साही गराएको सुस्ता बचाउ अभियानका उपाध्यक्ष आदम खाँले बताए । सेनाको जर्नेल पहिलो पटक सुस्ता भुमिमा टेकेका छन्,उनले भने,अहिले सुस्ताबासीमा थप उत्साह बढेको छ । सुस्ताबासीले भारतिय अतिक्रमण मात्रै नभई बेला बेला यातना समेत झेल्ने गरेका छन् ।
भुमि मात्रै नभई स्वभिमान समेत अतिक्रमण गर्न खोज्ने भारतिय पक्षको नीयती रहेको छ । नेपाल सरकारको कुटनीति कमजोर हुदा सिमा सुरक्षार्थ जनता मात्रै छन् । जनताले आफ्नो मातृभुमिलाई कहिलै कसैको अधिनमा जान दिन सक्दैनन,उनले थपे,सुस्तामा सुस्ताबासीको जिवन सुरक्षार्थ शसस्त्र प्रहरी र नेपाल प्रहरीको शुरक्षा बेस क्याम्प र प्रहरी चौकी छ । तर अहिलेको सेनाको उपस्थितीले नेपाली सुस्ताबासीको स्वभिमान र गौरव बढेर गएको छ । स्वभिमानको सरक्षा भएको महशुस गर्न थालेका छन् । सुस्ताका केही बालबालिकाहरुले जर्नेलसँग हात मिलाउदै आफुहरु पनि सैनिक भर्ना हुने इच्छा सुनाएका थिए । त्यसमा खुशी ब्यतm गर्दै जर्नेल कुँवरले बालबालिकाहरुलाई देशभतिm गाधा समेत सुनाएका थिए । उनले नेपालको इतिहासमा बलभद्र कुँवरको विर पुरुषार्थका कथा पनि सुनाए । बुटवलको जितगढिको इतिहास पनि सुनाए ।
सुस्तामा आफु पहिलो पटक आएर फरक अनुभुति गरेको समेत उनको भनाई थियो । बालबालिकाहरुलाई चकलेट बाढदै भने,पढाईमा दक्ष बन्नुस,देश भतिm र देशको सेवा गर्न सार्थक बन्नु होला आफु फेरी पनि सुस्ता आउने बाचा गर्दा बालबालिकाहरुले ताली बजाएर स्वागत गरेका थिए । उनले सुस्ता स्थित विद्यालयलाई केही प्लाष्टिको कुर्सी समेत हस्तानान्तरण गरेका थिए । जर्नेल कुवँर सहित परासी स्थित नेपाली सेनाको गोरखदल गणका गणपति कर्नेल ज्ञानकाजी श्रेष्ठले आफु बेला बेला सुस्ता आएको भए पनि आफु भन्दा माथिल्लो तहको सैनिक अधिकृत पहिलो पटक यो सुस्ता भुमिमा टेकाउन सफल भएको बताएका थिए । यसले सुस्ता र सैनिकको अन्तरसम्बन्धलाई प्रगाढ बनाउने भएको छ, उनले भने,अरु बेला पनि नेपाली सेना सुस्ताबासीको सेवामा आउने छ । विद्यालयको आग्रहमा विद्यालयमा पुस्तकालय र प्रवेशद्धार बनाउनका लागि समेत पहल गरिने उनले बताएका थिए । विगत २० बर्षको सुस्ता र अहिलेको सुस्तामा धेरै परिवर्तन आएको छ,स्थानिय महिला विरगँनाको रुपमा चिनिने लैला बेगमले पनि खुशी ब्यतm गरिन् । दुर्गम सुस्तालाई सुगमसँग जोड्नमा सुस्ताबासीको निरन्तर संघर्ष र प्रयासले अहिले सुस्तामा विकासका काम पनि भई रहेको छ । सडकहरु ढलान भएका छन् । सौर्यबत्ति भए पनि उज्यालो सुस्ता अभियानले सुस्ताबासी टुकीको स्थानमा बत्ति बाल्न पाएका छन् ।
जनता आवास कार्यक्रमले धेरैको घर अग्लो बनाउने कार्य भएको छ,तर अहिलेको केही बजेट कटौती भएर जादा घरहरु अलपत्र पर्ने अवस्था देखिएको बेगमको भनाई थियो । सुस्तामा समान्य उपचारका लागि स्वास्थ्य उपचार केन्द्र छ, विद्यालय पनि जनता दलित प्राविबाट स्त्तरोन्नती भएर आधार भुत विद्यालय कक्षा ८ सम्मक अध्ययन गर्न पाएका छन् । सुस्तामा सहज आगमनका लागि गण्डक नदीमा विगत ८ बर्ष देखी झोलुगेँ पुल निर्माणाधिन छ । ढिलो भए पनि सो पुल बन्ला र आवागमनमा सजहता होला भन्ने विश्वास त सुस्ताबासीमा पलाएको छ । तर अहिले पनि उच्च शिक्षा,सुस्ताका महिलालाई बथिगँ सेन्टर,स्वच्छ खानेपानी,हाई भोल्टेजको विजुली लगायतका स्वास्थ्य सेवा,जग्गा धनि पुर्जा अन्य पहिचानपत्र लगायतका थुप्रै समस्या कायमै रहेको सुस्ताबासीले बताएका थिए । सुस्ता बचाउ अभियानमा लागेर सहादत पाएका सुस्ताबासीको सम्झनामा सुस्ता सहिद पार्कको पनि अवाधारणा अनुसार काम हुने र त्यसको लागि पनि पहल भई रहेको सुस्ता बचाउ अभियानका प्रवतmा रविन्द्र जैसवालले बताएका थिए ।
विगत दुई दशक भन्दा केही फरक जिवन शैली भएको छ,उनले भनिन,बाकी अधुरो काम पनि बन्दै जाला तर बर्षाै देखी नेपाली भएर सुस्ताको सिमा सुरक्षामा खटिने नेपालीलाई नेपाली नागरिकताको प्रमाणपत्र उपलब्ध नगराउनु दुखद अवस्था छ । भारतियले नेपाली भन्दै यातना दिइने र नेपाल सरकारले सिमाको सुरक्षा गरेको भनेर प्रसंसा त गर्छ तर नेपाली बनाउने कार्यबाट खोक्षर्् किन पछाडी हट्छ ? सो गुनासो पनि जर्नेल कुवँर समक्ष सुस्ताबासीले राखेका थिए । जुन बालबालिकालाई जर्नेल कुवँरले हात मिलाउदै पहिला पढनुस र पछि सैनिकमा भर्ना हुनुस भनेर आश्वास्त पारे,तिनै बालबालिका मध्ये अधिकाँस बाबु आमाका नागरिकता प्रमाणपत्र छैन ्। बाबु आमाको नागरिकता प्रमाणपत्र नहुदा कसरी छोराछोरीको नागरिकता प्रमाणपत्र बन्छ ? र कसरी उनीहरु सिमा सुरक्षार्थ सैनिक बन्न पाउछन ? भनेर पनि दुखेसो सुस्ताबासीले सुनाएका थिए ।