नवलपरासी,१८ चैत्र
जिल्लाको गण्डक नदीको वि ग्याप बाँध अग्लो बनाइने भए पनि सुस्ताका चार ४ वटा वार्ड भित्र पर्ने दर्जनौ गाँउ डुबान समस्या समाधान नहुने स्थानियले बताएका छन् । वि ग्याप बाँध डेढ मिटर अग्लो बनाउने भारतिय पक्षले योजना अगाडी सारे पनि सुस्ताका गाँउका समस्या समाधान गर्ने बैज्ञानिक रुपमा काम नहुदा डुबानको अन्त्य नहुने स्थानियबासीले बताएका हुन् ।
बाँध अग्लो बनाउने नाँउमा भारतिय पक्षले गण्डक क्षेत्रमा करोडौ रुपिया खर्चने,ठेकेदार पाल्ने कार्य मात्रै हुन्छ,स्थानिय लख्खु यादवले भने नारायणी नदी(गण्डक) भित्र बर्षाै देखी थुप्रिदै गएको गिट्टि,बालुवा,ढुगाँ र रोडा झिकेर नदीलाई च्यानलाईज नगरेसम्म डुबान समस्या समाधान होला भने लाग्दैन् । नदीमा सिल्ट जम्मा भई नदीको सतह नै गाँउको सतह भन्दा अग्लो भई सकेको छ । बाँधले धार रोक्न सक्छ,तर नदीको पानी बलौटे जमिनबाट चुहिएर(सिपेज) भएर खोला नाला,पोखरी जलायसको पानीको सतह बढदै पानी गाँउमा पस्ने अवस्था आउछ ।
त्यो भएर सुस्ता गाउपालिकाले बैज्ञानिक आधार तयार पारेर मात्रै नदीको डुबान समस्याको साधान खोज्नु पर्ने उनको भनाई थियो । डुबान समस्या नदीको बाँध अग्लो बनाएर हुन्थ्यो भने अहिलेसम्म बाँध भत्किएको छैन्,तर प्रत्येक बर्ष नदीमा बाढी आउन थाले पछि बाँधको पश्चिम तर्फको खेत,जलासयमा पानीको सतह विस्तारै बढदै जान्छ,ति कुरा कसैले अनुमान गरेको छैन् । तर पानीको सहत निर्धारण गर्ने कार्य पानी आफैले गर्छ,भनेर विज्ञानमा पढाउने गरिन्छ,ति समान्य कुरा पनि गण्डक क्षेत्रका प्राविधिकलाई हुन आवश्यक छ । बलौटे जमिनमा पानीलाई बाँध बाँधेर रोक्न मिल्दैन, उनले थपे, त्यसको स्थाई समाधान नदीको गहिराई नै बढाउनु पर्छ । त्यसबारे गण्डक क्षेत्रमा काम गर्ने नेपाली तथा भारतिय प्राविधिकले पनि हेक्का राख्न पर्छ ।
अहिलेसम्म जनता भुलाउने काम मात्रै भई रहेको छ,उनले आक्रोस पोखे,जनताले आन्दोलन गरे,भारतिय पक्षका प्रशासन पनि गण्डक क्षेत्रका जनताको समस्यालाई सम्बोधन हुने गरि गण्डक क्षेत्रमा काम गर्न निर्देशन दियो,२१ बुदे गण्डक सम्झौता कार्यान्वयन गर्नका लागि सहमति पनि गर्यो,तर ति कुरालाई अहिले पनि गण्डक परियोजनाका प्राविधिक र नेपाली प्राविधिकहरुले समेत हेलचक्रयाई गर्दै झारो टार्ने काम गर्दै आएका छन् । नदीको सतह बढे पछि बर्षायाममा जलस्तर बढन,जलस्तर बढदै जादा पानीको प्रेसरले जमिनमुनीबाट पानी चुहिदै बाँध बाहिर पनि जलस्तर निर्धारण गर्दै डुबान गर्ने कार्य गर्दै आएको छ ।
गण्डक नदीको सफाई र च्यानलाईज गर्ने कार्य बेला बेलामा स्थानियले उठाउदै आएका छन् । तर त्यसबारे नत नेपाली प्राविधिकले बैज्ञानिक अनुसंधान गर्छन्,नत कुनै गुरुयोजना नै बनाउछन् । भौतिक कार्य बाहिर देखिने खालका योजना बनाएर बजेट मात्र माग्ने गरेका छन् । भारतीय पक्षले बजेट बनाई दिन्छ,ठेकेदारले ठेक्का लिन्छन् र केही स्थानिय ठेकेदारलाई पेटीमा काम गर्न लगाईदिन्छन् । प्राविधिकले पनि काम सम्पन्न गर्छन्,आफ्नो कमिसनको भाग पाउछन्,चुप लाग्छ,तर बाढीको कारण कहिलै खोज्ने गरेका हुदैनन् । अहिले पनि नदीको सतह देखी पुर्व तर्फ समुद्री सतह देखी ४ सय २० फिट भन्दा माथि सहत छ । नदीको सतह पनि उस्तै ४ सय २ देखी १० फिट छ । तर गण्डक बाँध देखी पश्चिमका नर्सही,कुडिया,पकलिहवाका दर्जनौ गाँउका सतह पनि त्यही ४ सय ५ देखी ४ सय १५ फिटसम्म छ । जब नदीमा बाढी आउछ,तब नदीको सहत बढेर ४ सय ५ भन्दा माथिसम्म पुग्छ र नदीको सहतसँगै पानी सिपेज हुदै वि ग्याप बाँध पश्चिम तर्फ रहेका गाँउ नजिकैका छाडन जलासय,खोलानाला पोखरीहरुको सतह आफै बढन थाल्छ,बाँध नभित्कए पनि गाँउमा पानी पस्न थाल्छ ।
यि कुरा सम्वतःप्राविधिकलाई थाहा नहुन सक्छ । भारतिय पक्षले वि ग्याप बाँध अग्लो गराउने भने निर्णय भएको सुन्नमा आएको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले बताए । तर त्यसले डुबानको समस्या समाधान गर्ला भनेर स्थानियले आशंका ब्यतm गर्दै आएका छन् । बाहिर अध्ययन अनुसंधानसँगै स्थानियबासीको भोगाई कुनै अनुसंधान भन्दा कम हुदैन्,उनले भने,स्थानियको माग अनुसार नै गण्डक परियोजनाले काम गर्न आवश्यक छ । स्थानियको भनाई अनुसार नदी नियन्त्रणका लागि बाँध अग्लो बनाउनु भन्दा नदीको गहिराई बढाउनमा त्यही रकम खर्च गरियो भने,निर्माण समाग्रि पनि निस्कन सक्छ,डुबानको समस्या पनि दिगो रुपमा समाधान हुन सक्छ । यसबारे परियोजनाका प्राविधिकले पनि ध्यान पुर्याउनु पर्ने उनको भनाई थियो ।