म्याद सकिएको चार बर्ष वित्न लाग्दा पनि पुरा भएन हुलाकी राजमार्गको स्तरोन्नती कार्य

नवलपरासी, ९ फागुन
जिल्लाको हुलाकी राजमार्ग अन्तरगत परासी — नारायणचोक— गोपिगंज खण्डमा ठेक्काको म्याद सकिएको चार बर्ष वित्दा पनि काम सम्पन्न हुन सकेको छैन् । सरकारले निर्माण कम्पनीलाई पटक पटक म्याद थप गर्दा पनि सडक निर्माण हुन नसकेको गुनासो स्थानियबासीले गरेका हुन् ।
कुल १४ किलोमिटर सडक बनाउन सात बर्ष वित्न लाग्यो तर सडकको निर्माण कार्य अझै पुरा हुन नसकेको प्रति स्थानियले आक्रोस र निरासा ब्यतm गर्न थालेका छन् । हुलाकी राजमार्गको सो खण्डको मर्मतका लागि २०७३ फागुन १५ गते कन्चनजंघा,विरुवा शिवशतिm जेभिले सम्झौता गरेको थियो । २०७५ फागुन १४ गते भित्र सडक स्तरोन्नतीको कार्य सम्पन्न गर्ने पहिलो म्याद थियो । तर सो म्याद भित्र राजमार्गको कार्य सम्पन्न हुन नसके पछि सरकारले पटक पटक म्याद थप गर्दै आएको छ । कुल २५ करोड १९ लाख ५ सय ५० रुपिया भ्याट सहितको कबोल अंकमा निर्माण कम्पनीले सडक स्तरोन्तीको ठेक्का लिएको थियो,तर अहिलेसम्म सडकले पुर्णता नभएको वर्दघाट नगरपालिकाका दिपक बरालले बताए । ठेकेदार र सरकारसँग के कसरी ठेक्का गर्ने र काम गराउने सहमति हुदो रहेछ,त्यो जनतालाई त थाहा हुदैन,उनले भने ।
तर सम्झौता गर्दा म्याद दिदा सरकारले पहिला थोरै म्याद भित्र काम सम्पन्न गर्ने गरि जनता भुलाउन खोज्ने गरेका छन ? कि साच्चै सरकारी प्राविधिक र निर्माण कम्पनी विचको केही साँठगाँठ हुने गरेको छ ,त्यो कुरा बुझ्न गाह्रो भएको छ । ठेकेदारलाई पटक पटक म्याद थपिदिने कारणले पनि निर्माण कम्पनीले बदमासी गर्न गरेको स्थानियको आरोप छ । ठेकेदारलाई बढिमा एक पटक मात्र म्याद थप हुन सक्छ,त्यो भित्र पनि गर्न नसकिए ति निर्माण कम्पनीलाई कारवाही किन सरकारले गर्दैन ? उनले प्रश्न गरे । निर्माण कम्पनीले काम नगर्ने म्याद थप माग गर्दै जाने हो,भने एउटा सडक बनाउन दशक लाग्ने छ । यसले जनतालाई छल्ने काम मात्र भएको छ,उनले आक्रोप पोखे । निर्माण कम्पनीले गुणस्तरहिन काम गर्दा पनि सरकारी प्राािवधिक मौन हुन्छन, स्थानियले विरोध गरे त्यसलाई थामथुप पार्ने कार्य सरकारी प्राविधिकले नै गर्छन् ।
जति बेला चाहे त्यहीबेला उनीहरुलाई म्याद थपिदै जान्छन् सरकार जनताको हो ? कि ठेकेदारको हो ? सरकारलाई जनताले कर तिर्ने गरेका छन् । दातृनिकायले जनताको समस्या समाधान होस भनेर अनुदान दिने गरेका छन् । तर यहाँ सरकारी कर्मचारी जनता र दातृनिकाय प्रति उत्तरदायि भन्दा ठेकेदारकै गुनगानमा लाग्ने गरेका छन् । सरकारले पुरा रेटको काम गर्दा ठेकेदारहरुले नै कममा काम गर्ने भन्दै टेण्डर भर्ने गरेका छन् । पछि तिनै प्राविधिकलाई प्रभावमा पार्दै निर्माण कार्यमा ढिलाई गर्दै आउने गर्दा सडक निर्माण कार्य ढिलाई हुने गरेको छ । सडकको काम पुरा नहुदै धेरै स्थानमा बनेको सडक मर्मत गर्ने बेला भई सक्यो,तर राममार्गको काम सम्पन्न हुन सकेका छैनन् । धेरै बजारहरुमा र्यालिगँ लगाउने,पुल र कल्भर्टको छेउछाउमा पिच गर्नै बाकी छ । राजमार्गको रामग्राम ८ बैकुण्ठापुर स्थित पुल भत्केको दुई बर्ष भयो,दुई बर्ष देखी डाईभर्सनमा गाडी चल्ने गरेको छ । ति पुलका काम पनि भएका छैनन् ।
परासी बजार नजिकैका राजमार्गमा ठूल्ठूला खाल्टाहरु भएका छन् । पटखौली बजार नजिकै पनि राजमार्गमा खाल्टा हुदै गएका छन् । तर हुलाकी राजमार्गको काम कहिले जाला घाम जस्तै भएको छ । निर्माण कम्पनीको न कोही प्रतिनिधि भेटिन्छन,नत कुनै सम्पर्क कार्यालय छ । सरकारी प्राविधिक पनि भेटाउन मुस्किल नै छ । यसले गर्दा गुनासो पनि कहाँ गर्ने ? कस्लाई गर्ने ? स्थानिय तहका गाउपालिका नगरपालिकाहरुले सो काम संघिय सरकारको भएको भन्दै पन्छिने गरेका छन् । जनता प्रति जनप्रतिनिधि पनि वेवास्ता,कर्मचारीको लापर्वाही र सरकारी उदासिनताको चक्कीमा जनता पिसिने काम भएको स्थानियको गुनासो रहेको छ । राणाकालिन एक शताब्दी पहिला पुर्व पश्चिम जोड्ने हुलाकी राजमार्ग हो, उनले ब्याँगात्मक शैलीमा भने,शताब्दी पछि स्तरोन्नती हुने राजमार्गको काम पनि कम्तीमा दशक त लाग्छ नै । चुनावका बेला मिठा मिठा आश्वासन बाड्ने यस क्षेत्रका साँसदहरु पनि जनता प्रति उत्तरदायि नभएको गुनासो स्थानियबासीको रहेको छ ।

2 Comments

  • hey there and thank you for your info – I have definitely picked up something new from right here.

    I did however expertise several technical issues using this website, since I experienced to reload
    the site many times previous to I could get it to load correctly.
    I had been wondering if your web hosting is OK? Not
    that I’m complaining, but sluggish loading instances times will sometimes affect your
    placement in google and could damage your quality score if ads and marketing with Adwords.
    Anyway I’m adding this RSS to my e-mail
    and can look out for much more of your respective intriguing content.
    Make sure you update this again very soon..

Leave a Reply

Your email address will not be published. Required fields are marked *