नौ करोड पन्द्र लाखको लागतमा बन्दै वर्दघाटको खजुरा खोला पुल

नवलपरासी, ८ फागुन
लामो समय देखी स्थानियले माग गर्दै आएको जिल्लाको खजुरा खोला पुल निर्माण हुने भएको छ । चुरेबाट बग्ने खजुरा खोलामा पुल नहुदा वर्दघाट सुस्ता जोड्ने वर्दघाट—बरुवा सडकमा पर्ने उतm खजुरा खोला पुल बन्ने जानकारी वर्दघाट नगरपालिकाका नगरप्रमुख (मेयर) सम्भुलाल श्रेष्ठले गराएका हुन् ।
वर्दघाट नगरपालिकाको मासिक पत्रकार भेटघाट तथा अर्धबार्षिक समिक्षा कार्यक्रममा सम्बोधन गर्दै मेयर श्रेष्ठले पुल बन्ने कुराको जानकारी गराएका थिए । उनका अनुसार खजुरा खोला पुल निर्माणका लागि ९ करोड १५ लाख बजेट समेट विनियोजन भई सकेको छ । पुल निर्माणका लागि टेण्डर प्रकृया पनि पुरा भई सकेको छ । टेण्डर पार्ने ठेकेदारले पुल निर्माणको कार्ययोजना लिई सकेको समेत उनले जानकारी गराए । केही दिनमा टेण्डर परेको निर्माण कम्पनीका प्रतिनिधि नगरपालिकाको सम्पर्कमा आउने बताउदै मेयर श्रेष्ठले फागुन महिना भित्रै पुलको शिलान्यास हने र पुल निर्माण कार्य प्रारम्भ हुने विश्वास ब्यतm गरेका थिए ।
खजुरा खोला पुलले सुस्ता र प्रतापपुर गाउपालिकाका बसिन्दालाई वर्दघाट पुग्न छोटो दरीको वर्दघाट बरुवा सडकमा सजिलै यात्रा गर्न पाउने छन् । यसले स्थानिय स्तरमा जनजिवनमा सुबिधा पुग्नुका साथै उद्यम ब्यवसाय र रोजगारी समेत वृद्धि हुने छ । वर्दघाट बरुवा सडक भारत सरकारको १८ करोड लगानीमा निर्माण भएको थियो । तर पुल नबन्दा सडक हिउँद र गर्मियाममा मात्र चल्ने गरेको थियो । बर्षायाममा खजुरा खोलामा पानी बढने हुदा सवारीसाधनन सञ्चानमा समस्या देखिएको थियो । तर पुल निर्माणले त्यो समस्या समाधान हुने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले बताए ।
नगरक्षेत्रमा सडक सञ्जालसँगै सडक सञ्जालमा पर्ने पुल पुलेसोको उत्तिकै महत्व हुने गरेको जनाउदै प्रमुख प्रशासकिय अधिकृत सापकोटाले सडकको स्तरोन्नती,धुलोमुतm सडकसँगै आवश्यक स्थानमा पुल पुलेसो बन्नु अतिआवश्यक छ । वर्दघाट बरुवा सडकमा पनि सडक स्तरोन्नती पहिलो भयो,उनले भने,तर पुलको अभाव महशुस भई रहेको थियो । तर अहिले पुल निर्माण हुने भए पछि वर्दघाट नगरपालिकाको वर्दघाट बरुवा क्षेत्रको पनि वर्दघाट नगरपालिकाको मुख्यालय वर्दघाट बजार जोड्ने हुदा जनजिवन सजिलो हुदै जाने छ । पुल निर्माण हुदा केही समय लाग्ने भए पनि जनता आशावादी भएको प्रमुख प्रशासकिय अधिकृत सापकोटाको भनाई थियो ।
दुई दशक देखी तत्कालिन जिल्ला विकास समिति(जिविस) सदस्य टोप बहादुर ठकुरी निरन्तर फाईले लिएर मन्त्रालय,सरकार र राजनीतिक दलसमक्ष पुलको समस्या लिएर दौडधुप गर्दै आएका थिए । वर्दघाट बरुवा सडक पनि पक्कि भएको चार बर्ष वितिसक्दा पनि खजुरा खोलामा पुल नहुदा बर्षायाममा सवारी साधन चलाउन समस्या देखिएको थियो । तर अहिले खजुरा खोलामा पुल बन्ने सरकारी निर्णयले स्थानियबासी उत्साही भएका छन् । पुल र सडकले सो क्षेत्रमा औद्योगिक र बजार विकास हुने छ । सुस्ता र प्रतापपुर गाउपालिका मात्रै नभई भारत विहार प्रदेशको चम्पारन जिल्लाको भैसालोटन बजारलाई पनि खजुरा खोलाले नजिक बनाउने स्थानियबासीको भनाई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *