रामग्राम नगरपालिका ८ का वार्डअध्यक्ष ठाकुरद्धारा जन्मदिनको अवसरमा साँधुलाई भण्डारा

नवलपरासी,८ फागुन
जिल्लाको रामग्राम नगरपालिका ८ का वार्ड अध्यक्ष महेन्द्र ठाकुरले आफ्नो जन्मदिनको अवसरमा भण्डारा आयोजना गरि स्थानिय साँधुहरुलाई भोजनदान गराएका छन् । परापुर्वकाल देखी चल्दै आएको भण्डारा संस्कृति हराउदै गएको हुदा सो भण्डारा संस्कृतिको पुर्नउत्थान गराउने उदेश्यले उनले साँधुहरुलाई भोजनदान गराई कम्पल समेत प्रदान गरेका हुन् ।


आफुले विगत बर्ष देखी नै कुनै विभिन्न अवसरमा साँधुहरुलाई दान गर्ने,आशर्सिवाद लिइने कार्य गर्दै आएको तर घरमा भण्डारा नै आयोजना गरि मनाइएको यो पहिलो पटक भएको बताएका थिए ।उतm भण्डारामा ३० जना साँधुहरुको सहभागिता रहेको थियो । भण्डारा संस्कृति हराउदै गएको छ,उनले भने,यसलाई फेरी पुर्नउत्थान गर्न आवश्यक छ । मानिस समाजिक प्राणी हो समाजिक रुपमा पनि कार्यहरु गर्नु पर्छ तर मानिस भित्रको अध्यात्मिक लाभका लागि यस्ता साँधु सन्तलाई पनि भण्डारा अयोजना गरि पुण्यलाभ पनि लिन पर्छ भनेर जन्मदिनको अवसर पारेर यस्तो कार्यक्रमको आयोजना गरिएको उनले सुनाए ।
उनले विगत बर्ष देखी आफ्नो वार्ड अध्यक्षले पाउने सेवा सुविधाको खर्च गाँउलेलाई तिर्थयात्रा गराउने र भागवत सुनाउने कार्यमा खर्चिदै आएका छन् । हालसम्म उनले पाँच सय भन्दा बढि जेष्ठनागरिकलाई तिर्थयात्रा गराएका छन् । त्यसै गरि पचास जोडीलाई उनले श्रीमदभागवत सुनाउनका लागि ब्यवस्थापन खर्च ब्यहोरेका छन् । आर्थिक कार्यका लागि आफ्नो पेशा ब्यवसाय,राजनीतिक कार्यका लागि वार्ड अध्यक्षको जिम्मेवारी,समाजिक कार्यमा विभिन्न लगानी तथा सहभागिता जनाउदै अध्यात्मिक र धार्मिक कार्यमा पनि उत्तिकै रुचि लिने गरेको हुदा गाँउमा उनको लोकप्रियता बढदै गएको स्थानिय दिनेश उपाध्यायले बताए । यस्ता जनप्रतिनिधि मुस्किलले कहिँ कहि मात्र भेटिन्छन्,जुन रामग्राम ८ का जनताले जनप्रतिनिधि छानेका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *