
नवलपरासी,१० माघ
जिल्लाको वर्दघाट नगरपालिकाको महिला तथा बालबालिका शाखाले स्थानिय महिलाहरुलाई तिन दिने महिला आधारभुत तालिम दिने कार्य शुरु गरेको छ । महिलाहरुलाई संगठित गर्ने,शसतिmकरण गर्ने उदेश्यले सो तालिमा दिने कार्य शुरु गरेको हो ।

महिलाहरुलाई समुहमा आवद्ध गर्दै महिलाका आधारभुत आवश्यकतालाई आधार बनाउने र शसतिmकरण मार्फत राज्यको मुलप्रवाहीकरणमा ल्याउने उदेश्यले तालिम दिन लागिएको महिला तथा बालबालिका शाखाकी प्रमुख अप्सरा सुवेदीले जानकारी गराईन् । वर्दघाट नगरपालिकाको वार्ड नं.९ बाट शुरु गरिएको उतm तालिममा महिलाहरुको जनजिविकाका सवाल,प्रजनन स्वास्थ्य अधिकार,महिला अधिकार प्राप्तीमा सो तालिमले महिलाहरुलाई शसतm बनाउनेमा विश्वासका साथ तालिम शुरु गरिएको शाखा प्रमुख सुवेदीले भनिन्,महिलाहरु आफै पनि अग्रसर भएर आउनु पर्छ । नगरपालिकामा महिलाहरु संगठित भई आफ्नो अधिकार र उपस्थिती देखाउनु पर्ने बताएकी थिईन् । सो तालिममा स्थानिय स्वास्थ्य चौकी प्रमुख बाबुराम तिमिल्सिनाले महिलाको प्रजनन स्वास्थ्यका तत्वबारे विस्तारित जानकारी गराएका थिए ।