नवलपरासी,७ माघ
नयाँ नयाँ कार्यको थालनी गर्दै विभिन्न अभिायन सञ्चालन गर्दै आएको जिल्लाको वर्दघाट नगरपालिकाले फोहोर बर्गिकरण र हरियाली अभियानलाई टोल टोल र घरदैलोमा पुर्याउने कार्य गरेको छ । कतिपय कार्यक्रम पालिका स्तरमा गर्दै आएको भए पनि सो कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि फोहोर बर्गिकरण र हरियाली अभियानलाई घरदैलोमै पुर्याउन लागेको हो ।
खुल्ला दिसा मुतm नगर घोषणा पश्चात पुर्ण सरसफाई नगर बनाउने कार्य पनि निरन्तर भई रहेको र अहिले अभियानकै रुपमा फोहोर बर्गिकरण र हरियाली अभियानको थालनी गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद सापकोटाले जानकारी गराए । प्रत्येक महिनाको पहिलो शनिवार र अन्तिम शनिवारका दिन जनप्रतिनिधि र कर्मचारी अ आफ्नो टोलको घरदैलो गर्दै घरमा पुग्ने र फोहोर बर्गिकरणको अवस्था हेर्ने कार्य गर्दै आएको छ,उनले भने,अभियानकै रुपमा केही समय नगरपालिकाले क्रियाशिल भई काम गरिदिए पछि मानिसमा फोहोर बर्गिकरण गर्ने बानीको विकास हुन्छ । नीति र नारामा मात्रै सिमित राखियो भन्ने यो नीति र नारामा मात्रै सिमित रहन्छ । फोहोर बर्गिकरण गर्नु पर्छ,ब्यवस्थापन गर्नु पछ,गाउ टोलमा हरियाली वृद्धि गर्नका लागि वृक्षारोपण गर्नु पर्छ भन्ने जानकारी र सोच सबै नागरिकमा छ । तर त्यसलाई आनीबानीमा उतार्नका लागि अभ्यासको आवश्यकता पर्छ ।
सभ्य नागरिकको परिचय दिनका लागि सबै लाग्नु पर्ने बताउदै अधिकृत सापकोटाले अभियानमा लाग्ने अभियन्ताहरुले पहिला आफ्नै घरबाट शुरु गरेका छन् । त्यो कार्यलाई प्रोत्साहित गर्नका लागि छरछिमेक र टोलमा पनि उत्प्रेरित गर्दै आएका छन् । उनले खुल्ला दिसामुतm बनाउने अभियानको दृष्टान्त दिदै भने,सबैले घरमा सौचालय बनाउनु पर्छ,प्रयोग गर्नु पर्छ भन्ने ज्ञान त शिक्षाको पाठ्याक्रममै राखेर २०३६ साल देखी शुरु भएको थियो । तर लामो समयसम्म गाउघरमा सौचालय बनेको थिएन्,तर जब तत्कालिन जिल्ला बिकास समितिले नै अभियानको रुपमा यसलाई आफ्ना सबै युनिट(गाविस तथा जिल्ला स्थित शिक्षा,स्वास्थ्य,सहकारी,संघ सस्था,विद्यालयहरु एकै साथ लागे पछि सबैको घरमा सौचालय बन्यो,सबैले प्रयोग पनि गर्न थालेका छन् । उनले सोही मान्यता अनुसार नै अहिले पनि नगरपालिकाले आफ्नो सबै युनिटलाई नगरमा हरियाली वृद्धि तथा फोहोर बर्गिकरण अभियानको रुपमा सञ्चालन गर्न लागेको हो ।
यो अभियान जबसम्म सबै नागरिकले आत्मसाथ गरि आफै स्वतःस्फुर्त अगाडी बढेर अग्ररता लिदैनन्,तबसम्म चलिरहने उनको भनाई थियो । नगरपालिकाको १६ वटै वार्डमा यसलाई अभियानको रुपमा सञ्चालन गरेका छौ,उनले भने,नगरसभा,नगर कार्यपालिकाले नीतिगत निर्णय समेत गरेको छ । आवश्यक कार्यविधि कानुन समेत बनाएको छ । प्रोत्साहन गर्ने र अटेरी गर्नेलाई कानुन विधि अनुसार नियमत गर्ने दण्डित गर्नसम्मको कार्य पनि गर्न नगरपालिका पछाडी हट्दैन् । तर अहिलेको अवस्थामा नागरिकलाई दण्डित गर्नु पर्ने अवस्था देखिएको छैन्,उनले थपे,यसलाई नागरिकले सकारात्मक रुपमा लिएका छन्,तर बषौ देखी फोहोर बर्गिकरण गर्ने कार्य त परै जाओस जथाभावी फोहोर फाल्ने बानी बिकास भएको हुदा त्यसलाई परिवर्तन गर्नका लागि केही समय त पक्कै लाग्छ नै । यसलाई निरन्ततर अभ्यासको आवश्यकता मात्रै परेको हो ।
अझै कतिपय अति पछाडी परेको बस्तिमा खुकुरा परेवा पाल्ने गरेका घरमा गलत मान्यता र संस्कृति पनि रहेको छ । कुखुरा र परेवाको दिसा बाटोमा फाल्दा धेरै ब्यतिmले कुल्चिने र जति धेरै ब्यतिmले कुल्चिने कार्य गर्छन्,त्यती नै धेरै ति कुखुरा र परेवाले फुल पार्ने बाच्चा दिने गर्छन्भन्ने मान्यता पनि विद्यमान छ । जबकी उनीहरुलाई थाहा छैन,कि ति फोहोर बाटोबाट ब्यतिmको खुट्टा र यातायातका साधनको पाग्रामा टासिएर घरभित्र आउछ,हामीले खाने खाना भित्र उड्दै पर्ने अवस्था हुन्छ । जसले रोगलाई निम्त्याउछ । त्यही फोहोरलाई ब्यवस्थित गरि बारीमा बालीनालीमा प्रयोग गरिदिए मलखाद्य बन्छ,बालीनालीको उत्पादन बढाउछ,जसले गर्दा आयवृद्धि गराउछ । यस्ता जागरणका कार्य पनि अभियानसँगै चलाइएको छ । अभियान अन्तरगत नै नगरक्षेत्र भित्रका सबै विद्यालयमा ‘सरसफाईलाई २ मिनेट’ भन्दै सफाईमा बालबालिकालाई अभ्यास गराउने कार्यको पनि थालनी भएको छ ।
खुल्ला दिसामुतm नगर भए पनि अहिले पनि खोलानालामा खुल्ला सौच गरेको अवस्था भेट्न सकिने अवस्था हुदा सौचालयको प्रयोगका कुरालाई संँगै जोडेर लैजानु पर्ने अवस्था रहेको नगरपालिकाका इन्जिनियर किसोर चौधरीले बताए । खुल्ला दिसामुतm जिल्ला घोषणा भएकै दशक पुग्न थालेको छ, नगरपालिकाका इन्जिनियर किसोर चौधरीले,कतिपय ब्यतिm अझै पनि खोलानाला किनारमा सौच गरेका भेटिन्छन् । त्यो अवस्था तत्कालिन खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले गराएको एक तत्याँकले देखाएको थियो । बुहारीले प्रयोग गर्ने सौचालयमा जुठाजु,ससुरा कसरी जाने ? जस्ता रुढीबादी संस्कृति,थोरै लगानी गरि दुई÷चारवटा रिगँ गाडेर बनाइएको सौचालय चाडै भर्ने भय,अंशबण्डा भई आकै भाईको भागमा सौचालय पर्दा भएका समस्या जस्ता कारणले पनि सौचालयको पुर्ण प्रयोग देखिएको थिएन् । सबै घरमा सौचालय बनेको तर ४० प्रतसितसम्म सबै परिवारले सौचालय प्रयोग नगरेको अवस्था अनुसन्धानले देखाएको थियो । त्यो अहिले पनि निरन्तर कायम नै छ,उनले भने,फोहोर बर्गिकरण र हरियाली वृद्धि अभियानसँगै पोष्ट ओडिएफ,खुल्ला दिसामुतm पछिका कार्यक्रम बनाई जोडेर नै लैजानु पर्ने अवस्था रहेको उनले औल्याएका थिए ।