पर्यापर्यटनसँगै रिसोर्ट सञ्चालनको अवधारणा बनाउदै चिसापानी सामुदायिक बन

नवलपरासी,३ माघ
जिल्लाकै अग्रणी सामुदायिक बन उपभोतmा समुहको रुपमा चिनिएको वर्दघाट नगरपालिकाको चिसापानी सामुदायिक बनले रिसोर्ट पनि सञ्चालन गर्ने गरि अवधारणा ल्याउने भएको छ । सामुदायिक बन उपभोतmा समुह गठन भए देखी नै नयाँ नयाँ कार्यको थालनी गर्दै आएको उतm सामुदायिक बनले यस्तो रिसोर्ट समेत सञ्चालन गर्ने गरि अवधारणा तयारीमा लागेको हो ।
तिन हजार तिन सय भन्दा बढि घरधुरी उपभोतmा रहेका छन् । वर्दघाट र सरावल गाउपालिकालाई समेत समेटेर रहेका उतm बन उपभोतmा समुहले बन संरक्षण,प्रवद्र्धन,बनजन्य स्रोतको परिचालन वितरणसँगै समाजिक कार्यमा पनि अग्रसरता लिई काम गर्दै आएको छ । पुर्वपश्चिम राजमार्गसँगै जोडिएको बन क्षेत्र र कार्यालय परिसर छ । लुम्बिनी प्रदेशको पुर्विसिमाको अन्तिम विन्दुमा रहेको सो फेदमा रहेको भुभागसँग जोडिन्छ ।
सामुदायिक बनले नै सामुदायिक स्तरबाट रिसोर्ट सञ्चालन गरि पर्यापर्यटन र रोजगारी वृद्धिमा पनि सहयोग पुर्याउन सक्ने हुदा यस्तो अवधारणा ल्याउन लागिएको सामुदायिक बन समुहका कार्यालय सचिव कमल परियारले बताए । सामुदायिक बनमा पर्यापर्यटनका लागि सम्भाब्यता अध्ययन गराई डिपिआर समेत गराइएको उनले बताए । पर्यापर्यटनसँगै अब बन नजिकै रिसोर्ट सञ्चालन गर्ने अवधारणा ल्याउदैछौ, उनले भने, समुहले सहमति दिए रिसोर्टका लागि सम्बन्धित निकायमा कानुनी प्रकृयामा लाग्ने छौ । सामुदायिक बनको कार्ययोजना भित्रै राखेर यसलाई कार्यान्वयन तर्फ लैजान्छौ । यसले सहुलियत दरमा आउने अथितीलाई खानपान र बासको ब्यवस्थापन हुन्छ । आफ्नै उपभोतmाहरुले रोजगारी पाउने छन् ।


सामुदायिक बन भित्र मिनि जु(सानो चिडियाघर बनाइएको छ । अहिले पनि त्यसमा मृग,चित्तल,हरिण संरक्षण गरि राखिएको छ । सामुदायिक बनमा पनि बैज्ञानिक बन ब्यवस्थापनका कार्यहरु हुदै आएको हुदा बनलाई ब्लक ब्लकमा छुट्टयाइएको छ । अग्निरेखालाई नै उपयोग हुने गरि जैविक यातायात (टाँगा,गाडा,गोडचढी गराएर सामुदायिक बन क्षेत्रको अवलोकन भ्रमण गराउन सकिन्छ । बन क्षेत्र भित्रै सिमसार क्षेत्रको पनि ब्यवस्थापन गरिएको छ । सो सिमसारका कारण अहिले बन क्षेत्र भित्र बन्यजन्तु बढने क्रम छ । बनको ब्यवस्थापनसँगै बन्यजन्तुको अवलोकन गराउने गरि रिसोर्ट सञ्चालनको सोच बनेको छ । नगरपालिका र प्रदेश सरकारसँग पनि पहल गरेर यसलाई ब्यवस्थित गर्दै लैजाने हो भने रोजगारीको प्रवल सम्भावना बोकेको सामुदायिक बन हो ।
राजमार्गसँगै जोडिएर चुरे पर्वतसम्म सामुदायिक बन फैलिएको र सामुदायिक बनको ब्यवस्थापनले अहिले बन क्षेत्रमा बन्यजन्तु चराचुरुगीँको संख्या बढेको छ । अहिले पनि सामुदायिक बन भित्र घुमफिर गर्ने सयौ मान्छे आउने गरेका छन् । बन समुहले नै अहिले लेमनग्रास,मेन्थाको तेल निकालेर विक्रि वितरण समेत गर्दै आएको छ । सामुदायिक बन भनेको काठदाउरा मात्र लिने होईन्,सचिव परियारले भने,पर्यापर्यटनसँगै रिसोर्ट सञ्चालन गर्न सकियो भन्ने उपभोतmाले रोजगारी पाउने हुदा बनबाट प्राप्त हुने काठदाउरा त दोश्रो प्राथमिकतामा पर्न थाल्छन् । अहिले काठ दाउराको विकल्पमा फलाम,आल्मुनियम र कँक्रिट(पक्कि)ले स्थान लिदैछ,दाउराको विकल्प एलपि ग्याँस,बायो ग्याँस बन्दै छ । बन संरक्षण त अब पर्यापर्यटन र वातावरणिय सुरक्षाका लागि बन्दै जाने समेत उनले बताए ।


पहिला जस्तो काठदाउरा बेचेर प्रमुख आय बनाउने सामुदायिक बनको लक्ष्य भन्दा माथि उठेर बनजंगल र बन्यजन्तु देखाएर आय गर्ने लक्ष्य बन्नु पर्ने उनको भनाई थियो । सोही अनुसार नै अहिले सामुदायिक बन समुहले काम गर्दै आएको छ । विगत बर्षमा पनि जिल्लामै पहिलो पटक सिमाक्षेत्रका बासिन्दालाई आफ्नो उपभोतmा बनाई बन कार्ययोजना बनाउने चिसापानी सामुदायिक बनले बन्यजन्तुको संरक्षण गर्नेमा पहिलो नै सामुदायिक बन बनेको छ । अहिले बन तथा बन्यजन्तुलाई अवलोकन गराउने र बनबासको अनुभुति गराउने गरि रिसोर्ट सञ्चालनका अवधारणा ल्याउने पहिलो सामुदायिक बनको रुपमा देखिएको छ ।
पुर्वपश्चिम महेन्द्र राजमार्गको बुटवल—नारायणघाट खण्ड ६ लैनको राजमार्ग बनाउने गरि काम भईरहेको छ । केही बर्षमा राजमार्गको काम पनि सम्पन्न हुनेछ । अहिले पुर्वपश्चिम राजमार्ग निर्माणाधिन हुदा धुलाम्य भएका कारण यस क्षेत्रको बजार प्रभावित बनेको छ । राजमार्ग क्षेत्रको बजार प्रभावित हुदा हुलाकी राजमार्गमा बजार विकासले गति लिएको छ । अझै एक दुई बर्ष पुर्वपश्चिम राजमार्ग बन्ने कार्य हुदा हुलाकी राजमार्गमा बजार विकास भई सक्ने हुदा पुर्वपश्चिम राजमार्गमा बजार भन्दा उद्योग र पर्यटन उद्योगले प्राथमिकता पाउने अनुमान परियारको रहेको छ । हुलाकी राजमार्गमा बजार र महेन्द्र राजमार्ग वरिपरि पर्यटन उद्योग नै चल्ने सम्भावनको अनुमान गरि सामुदायिक बनले सो अवधारणा ल्याउन लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *