

बेचु गौड
नवलपरासी, जिल्लाकै सब भन्दा ठूलो नन्दन तालबारे जानकारी लिन खोज्दा सो तत्कालिन सनई गाविसका पुर्व अध्यक्ष राजेन्द्र सहानीले द्धापर युगको कथा सुनाउदै भने, यो ताल द्धापर युगमा भगवान कृष्णका नारायणी सेनाले निर्माण गरेको यो नन्दन ताल हो । कृष्णका पिता बासुदेव र उनका भाई नन्द थिए । नन्दका छोरा अनुरुद्रको सम्बन्ध बाडाशुरसंग थियो । बाडाशुरले आफ्नो छोरीको विवाह गर्नए नमाने पछि उनकी छोरीलाई लैजानका लागि गोकुलाबाट नारायणी सेना आएको थियो । महिनौ दिनसम्म नारायणी सेनाको पडावा९क्याम्प० बसेको थियो । त्यही बेला नारायणी सेनाले खनेको थियो । तर तालको संरक्षणका लागि कुनै पहल नहुदा अहिले खेतमा परिणत भएको उनले बताए ।
पौराणिक कथामात्रै नभई बुद्धकालमा कोलिय गणराज्यको सिमा भित्र रहेको यो तालको संरक्षणमा त्यती बेला कोलिय राजाहरुले अभियान चलाएको दन्तकथाले भन्ने गरिन्छ । तालको इतिहास जोगाई राख्नका लागि अहिले स्थानिय तहको पुर्नसंरचना हुदा पनि राणाकालिन सरकारी अण्डा९कार्यालय०को रुपमा रहेको पाल्ही माझखण्डको पाल्ही मन्दिर र ऐतिहासिक नन्दन तालाको नाम राखेर पाल्हीनन्दन गाउपालिका समेत नामाकरण गरिएको छ । नन्दन ताल सोही गाउपालिकाको भुगोल भित्र पर्दा त्यसको इतिहास जोगाउनु ठिकै कुरा हो । तर तालको अस्तित्व जोगाए मात्र गाउपालिकाको नामले सार्थकता पाउने स्थानियको भनाई छ ।
नवलपरासीको परासी सदरमुकाम देखी करिब ७ किलोमिटर दक्षिण पश्चिम तर्फ रहेको नन्दन ताल तत्कालिन सनई र हकुई गाविसमा फैलिएको छ । दुई भागमा रहेको नन्दन ताल करिब ४२ विघा क्षेत्रफल रहेको जिल्लाकै ठूलो ताल हो । केही दशक पहिला ताल तालको स्वरुपमा थियो, पुर्व अध्यक्ष सहानी बताउछन्,अहिले तालको पानी सुके पछि स्थानियले अतिक्रमण गरि खेतीपाती गर्न थालेको छन् । सिमासरमा सुचिकृत हुने ताल प्रति सरकारी वेवास्ता कारण अहिले तालको अस्तित्व खत्तरामा रहेको छ । हुन त तालको जग्गा माथि भुमाफियाको नजर नपरेको होईन्,तर सर्वोच्च अदालतले ताल नै कायम राख्न गरेको फैसलाका कारण बेला बेलामा सुकुम्बासी आयोगका पदाधिकारीले ताल माथि र्याल काढे पनि केही गर्न सकेका छैनन् । तालको जग्गाको पुर्जा बाड्न सर्वोच्च अदालतको फैसला रक्षा कवच भई ताललाई कानुनी रुपमा संरक्षण गरेको छ । तर वास्तविक स्वरुप दिनका लागि सरकारी स्तरबाट ताला अतिक्रमण खाली गराउने र तालमा पानी जम्मा हुन दिइने कार्य भएको छैन् ।
पाँच बर्ष पहिला जिबिसका तत्कालिन स्थानिय विकास अधिकारी बसन्त अधिकारीले बजेट विनियोजन गरि तालको संरक्षण गर्न चाँसो देखाए तर स्थानिय केही राजनीतिक दलका नेताले अवरोध सृजना गरे पछि त्यो योजना त्यसै तुहिएको स्थानिय धरेन्द्र यादव बताउछन् । जिविसमा सर्वदलिय संयन्त्रमा बस्दा तालको संरक्षणका लागि पहल गरियो,बजेट पनि विनियोजन गर्न लगाईयो । तालको वास्तविक सिमा सिमाँकनका लागि कन्सल्टेसी बोलाएर काम गर्न खोज्दा ताल अतिक्रमणकारीबाट अवरोध शुरु भयो, यादव भन्छन्,तालको संरक्षण गर्ने सोच सबैमा छ,तर कस्को नेतृत्वमा हुने राजनीतिक स्वार्थका कारण एउटा पक्षले काम गर्न खोज्दा आर्को पक्षबाट अवरोध हुने गरेको छ । जस्ले गर्दा ताल दिन प्रति दिन अतिक्रमण हुदै गएको छ ।
करिब तिन दशक पहिला पञ्चायतकालमा तालको स्वरुपमा रहेको नन्दनतालमा सयौं प्रकारका चरा,कछुवा,माछा,गोही,सर्प लगायतका जिव जन्तुहरुको बास स्थान थियो । तालबाट सिचाई समेत हुने गरेको थियो । हिउँदमा साईवेरियन चराको झुण्ड समेत आउने गथ्र्यो, पुर्व अध्यक्ष सहानी भन्छन्, त्यो अवस्था अहिले छैन्,तालको नाम सुनेर बाहिरबाट आउने पर्यटक फर्केर जाने गर्छन् । तालमा पानी सुक्दै,पानी कम हुदै जादा चरा,जलचरहरु सर्दै भारतको पडिया तालमा आश्रय लिन पुगे,नन्दन ताल अहिले खेती पानीमा परिणत भएको छ । सिमासारको रुपमा विकास गर्न सके जैविक विविधता,स्थानिय स्तरमा पानीको स्रोत ब्यवस्थापन,पर्यटकिय क्षेत्रको रुपमा पनि विकास गर्न सक्ने अवस्था अहिले पनि भएको स्थानिय समाजसेवी राधेश्याम पाठक बताउछन् । त्यसको लागि अब स्थानिय सरकारको रुपमा गाउपालिका आएको छ ।
नन्दनतालको संरक्षणका लागि योजना अगाडी सार्नु पर्छ । हामी सबै मिलेर ऐतिहासिक नन्दनताललाई तालको रुपमा फर्काउनु पर्ने धारणा ब्यत गर्दै पाठकले भने, स्थानिय स्तरमा वृहद भेलाको आयोजना गरि तालको जग्गा अतिक्रमण गरि बसेका ब्यतिलाई पनि उनिहरुको आयआर्जनको स्रोत पहिल्याएर फकाउनु पर्छ । खेती पाती गर्ने ब्यतिलाई बरु पोखरी खन्न प्रोत्साहित गर्ने,मत्यपालनमा उनिहरुलाई उत्प्रेरित गरेर तालमा पानी जम्मा गर्न दिदा ताललाई पुरानै स्वरुपमा फर्काउन सक्ने अवस्था रहेको पाठकको भनाई थियो ।
सदरमुकाम देखी नन्दनताल जाने मन्झरिया सनई सडक स्तरोन्नती गरि मन्झरिया चोकमा नन्दनताल जाने प्रवेशद्धारा बनाएर बाहिरी पर्यटकलाई आकर्षित गरि तालसम्म पुर्याउन सकिन्छ । स्थानिय स्तरमा होम स्टे र पर्यटकका लागि आवास ब्यवस्थापन गर्दै होटल सञ्चालनमा ल्याउनु पर्छ । नन्दनतालको पानी सुक्न नदिनका लागि स्थाई पानीको स्रोत गण्डक नहर तालसंगै जोडिएर गएको हुदा पानी कम हुने वित्तिकै तालमा पानी भर्न सकिन्छ । तालमा जाने रावणखण्डा नदीको समेत सरसफाई गरि प्रदुषण न्युनिकरण गर्नु पर्ने आवश्यकता औल्याउदै पानीको स्थाई स्रोतको ब्यवस्थापन,जल प्रदुषण हटाएर स्थानियबासीसंग समन्वय गरे ऐतिहासिक नन्दनताल पुनः हेर्न लायक बनाउन सकिनछ, पाठक भन्छन्,तर जनप्रतिनिधिहरुमा काम गर्ने इच्छाशतिm आउन पर्यो ।
यता जसरी नन्दनतालको नामसंग जोडिएर पाल्हीनन्दन गाउपालिकाको नामाकरण गरिएको छ,त्यसरी नै यि दुबैको अस्तित्व बचाउने,संरक्षण गर्ने,विकास गर्दै लैजाने दायित्व गाउपालिकाको भएको गाउपालिका अध्यक्ष बैजु प्रसाद गुप्ता९दिपक० बताउछन् । गाउपालिकाले दुबै धार्मिक सम्पदा पाल्ही मन्दिर र प्राकृतिक सम्पदा नन्दन तालको संरक्षण र विकास गर्ने रणनीति योजना बनाएर अगाडी सार्ने उनले आश्वस्त पारे । निकट भविष्यमा सिमासार संरक्षण गर्दै नन्दनताललाई विश्व सम्पदामा सुचिकृत गराउने उनी दाबी गरेका छन् ।
सिमसार सम्बन्धी कार्यक्रम जिल्ला बन कार्यालयले सञ्चालन गर्दै आए पनि सिमित साधन स्रोतका कारण सिमासारको पहिचान,संरक्षण विकासको कार्य गर्न नसकिएको कार्यालयका सुचना अधिकारी भिम पौडेल बताउछन् । सिमसार क्षेत्रका लागि बार्षिक एक डेढ लाखको कार्यक्रम आउने गर्दा ठूलो सिमसार क्षेत्रमा काम गर्न सकिएको छैन्, उनि भन्छन्, सिमसारको संरक्षण र विकासका लागि नीति छ ,तर बजेट हुदैन् कसरी गर्ने सिमसारको संरक्षण रु अझ उनले थपे, नन्दनताल त जिल्लाकै सबै भन्दा ठूलो ताल सिमसारको रुपमा रहेको छ, यसलाई केन्द्रिय स्तरबाटै पनि तालसंरक्षण र विकासका लागि परियोजना बनेर आउनु पर्छ ।