जिल्लाको सरावल २ स्थित जनता नमुना माध्यमिक विद्यालयका बालबालिकाहरुले सञ्चार समुह गठन गरेका छन् । विद्यालयमा पठन पाठनसंगै विद्यालय तथा समुदायका गतिविधिलाई समाचार बनाई प्रकासन÷प्रशारण गर्ने उदेश्यले सो सञ्चार समुह गठन गरेका हुन् ।विद्यालयले नमुना कार्यक्रम अन्तरगत विद्यार्थीहरुलाई नै सञ्चार सिप तथा समाचार लेखन सम्बन्धि दुइ दिने तालिम गराएरको थियो । तालिम लिएका विद्यार्थीहरुले विद्यालयका विभिन्न गतिविधिलाई समेटेर समाचार बनाउने तथा विद्यालयको बेभसाईट मार्फत प्रकाशन÷प्रशारण गर्ने गर्नका लागि सञ्चार समुह गठन गरिएको विद्यालयका समाजिक शिक्षक श्रवण सहानीले जानकारी गराए । विद्यालयले आफ्नै वेभसाईट बनाई सकेको छ,उनले भने, त्यसमा समाचार अपलोड गर्न सक्छन् । विद्यालयको गतिविधि सार्वजनिक रुपमा जानकारी हुनुका साथै विद्यार्थीहरुले पढाईसंगै शिप पनि सिक्ने अवसर भएको उनको भनाई थियो । पहिला बालबालिकाहरुले भित्ते पत्रिका प्रकाशन गराउने गरेको तर अहिले न्यु मिडियाको रुपमा अनलाईन समेत भई सकेको हुदा विद्यार्थीलाई पढाईसंगै अतिरितm कृयाकलापमा सहभागी हुने र उनीहरुले पछि सञ्चार शिप सिके पछि पत्रकारिता पेशा पनि बनाउन सक्ने भएकोले नमुना कार्यक्रम भित्र राखेर तालिम गराइएको विद्यालयका प्रधानाध्यापक प्रदिप चौधरीले बताएका थिए ।गठित सञ्चार समुहको अध्यक्षमा दुर्गा चौधरी,उपाध्यक्षमा टेकनारायण हरिजन,सचिवमा आकाश काजी र सहसचिवमा शान्ति ठाकुर रहेकी छिन् । त्यसै गरि तालिममा सहभागि हुने सोमवारिका चौधरी,परमशिला कुर्मी,आशमा कुमारी चौधरी, आशा कुमारी ठाकुर,जनक नन्दनी चौधरी,अमर सिँह चौहान,ओम बहादुर चौधरी,कल्पना कुमारी चौधरी,माया कुमारी चौधरी, अवधेश कुर्मी छन् । तालिममा ९ कक्षा देखी १२ कक्षाका विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई पत्रकार बेचु गौडले समाचार लेखन सम्बन्धि तालिम दिएका थिए । सरावल गाउपालिका भित्र नेपाल सरकारद्धारा नै नमुना विद्यालय छनौट भई नमुना बनाउनका लागि विभिन्न क्षेत्रमा काम गर्दै आएको छ ।