Health Advertisement

सुस्ता बचाउ अभियानका सहादत प्राप्त सुस्ताबासीको सम्झनामा सुस्तामा बन्दै ‘सुस्ता सहिद पार्क

नवलपरासी,२५ पुस
पटक पटक भारतिय पक्षको अतिक्रमणको चपेटामा पर्ने गरेको नेपाली सुस्ता भुमिमा सुस्ता शहिद पार्क बन्ने भएको छ । सुस्ता गाउपालिका वार्ड नं.५ स्थित नारायणी नदी पारी रहेको सुस्ता भुमिमा केन्द्रिय कार्यक्रम अनुसार नै शहरी तथा भवन कार्यालय मार्फत सो शहिद पार्क बन्न लागेको हो ।
करिब पाँच करोडको लागतमा सुस्तामा शहिद पार्क बन्न लागेको सुस्ता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकाश पौडेलले जानकारी गराए । त्यसका लागि सुस्ता स्थित प्रहरी कार्यालय परिसर भित्रकै जग्गा प्रयोग गरिने छ,उनले भने,त्यसको लगानी केन्द्रिय स्तरकै हो । गाउपालिकाले सहजीकरण मात्र गर्दै आएको छ । सुस्ता भुमि बचाउनका लागि बेला बेलामा स्थानियले आन्दोलन गर्दा दर्जन ब्यतिmले ज्यान गुमाई सकेका छन् । एक जनाको काठमाडौँमै आन्दोलन गर्दा ज्यान गएको थियो, सोही क्षेत्रका लुम्बिनी प्रदेश साँसद तथा संविधानसभा सदस्य समेत रहेका देवकरण कलवारले बताए । सुस्ता भुमि बचाउनमा सहादत भएका नेपाली नागरिकको सम्झनामा सुस्ता भुमिमा सहिद पार्क बनाउने खुशीको कुरा भएको उनले बताए ।
आफु संविधानसभा सदस्य हुदा सुस्ता भुमिका लागि सहिद भएका नागरिकको सम्झनामा सहित पार्क,सहिद परिवारका लागि रोजगारी,सुस्ता बचाउनका लागि नारायणी नदीमा तटबन्ध र नारायणी नदी पारी रहेको सुस्ता भुमिमा जान डुगाँको निर्भरता हटाउन झुलगेँपुलका लागि निरन्तर पहल गर्दै आएको प्रदेश साँसद कलवारले बताए । आफु संविधानसभा सदस्य हुदा नै तटबन्धनका कार्य भयो,त्यसले सुस्ता भुमि कटानलाई रोकेको छ । झोलुगेँपुलको शिलान्यास भई अहिले काम भईरहेको र ढिलो चाडो सम्पन्न हुने नै छ । त्यसै गरि सहिद नागरिकको सम्झनामा सहिद पार्क बनाउने योजना अहिले आएर शहरी तथा भवन कार्यालयले शुभारम्भ गरेको छ । सहादत भएका नेपाली नागरिकको त्यहा सालिक बनाएर सम्झनाका लागि राखिन्छ । सुस्तामा पुग्ने अन्य नेपाली दाजुभाईलाई रात्रीबासका लागि आश्रय स्थल पनि सोही पार्कमा बन्ने छ । सो आश्रय स्थल सुस्ता पुग्ने पर्यटक मात्रैलाई नभई बाढीको बेला सुस्ताबासीलाई पनि आश्रय लिनमा सहयोग मिल्ने उनको भनाई थियो ।
बर्षाै देखीको संघर्ष अहिले विस्तारै पुरा हुने क्रममा रहेको बताउदै उनले सुस्ताबासीलाई रोजगारी पनि प्रमुख विषय हो । त्यहा आधारभुत विद्यालय मात्र भएको हुदा माध्यमिक तहको विद्यालय र प्रसुति सुस्ताभुमीमै गराउने गरि प्रसुति केन्द्र सहितको स्वास्थ्य चौकी आवश्यक देखिएको उनले बताए । त्यसका लागि आफु अब लुम्बिनी प्रदेश सरकारबाटै पहल गरिने उनको भनाई थियो । भारतले सुस्ताका झण्डै १४ हजार हेक्टर भुमि अतिक्रमण गरि सकेको छ । सुस्तामा विकास गर्न पनि चुनौतीपुर्ण रहेकोबताउदै प्रदेश साँसद कलवारले सुस्तालाई पहिलो प्राथमिकतामा राखेर सुस्ता गाउपालिकाले पनि काम गर्नु पर्छ ।
उज्यालो सुस्ता कार्यक्रमले सौर्य बत्ति त सुस्तामा बलेको छ, प्रमुख प्रशासकिय अधिकृत पौडेलले भने,तर मेसिनरी उपयोगका लागि सौर्यबत्तिले मात्र सम्भव नेखिएको छैन् । विद्युतीकरणकै लागि यस क्षेत्रका साँसदले पहल गर्नु पर्ने देखिएको छ । शहरी तथा भवन कार्यालयले पार्कका लागि जुन पाँच करोड बजेट विनियोजन गरि काम गर्नका लागि ठेक्का समेत गरि सकेको कुरा सुनेर सुस्ताबासी उत्साही भएको उनको भनाई थियो । अब सुस्तामा विद्युत,खानेपानी,स्वास्थ्यचौकी,माध्यमिक तहको विद्यालयहरु थपिनेमा आशाबादी पनि छन् । नेपालकै सबै भन्दा लामो झोलुगेँपुल निर्माण पश्चात सुस्ताको जिवन सहज बन्दै जाने समेत अधिकृत पौडेलले बताए । सुस्तामा थारु टोल,पहाडीटोल,दलित टोल गरि साढे तिन सय घरधुरी बसोबास गर्दै आएका छन् । ति मध्य धेरैलाई नागरिकता समस्या पनि छ । भुमिको लाजपुर्जा समेत पाएका छैनन् । भारतिय पक्षसँग पटक पटक संघर्ष गर्ने हुदा भारतिय प्रहरीले विभिन्न अपराध लगाएर फसाउन खोज्ने केही सुस्ताबासीको दुईवटा झदमभेषी नाम पनि छ । एउटै ब्यतिm दुई नाम अधिकाँस सुस्ताबासीको हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *