तस्करीको रिपोर्टिगँ गर्न पुगेका भारतिय पत्रकार माथि प्रहरीद्धारा दुर्व्यवहार

नवलपरासी,३ भदौ
जिल्लाको भारतिय सिमावर्ती लक्ष्मीपुर नाकाबाट ठूलो परिमाणमा तस्करी भई रहेको र त्यसको रिपोटिगँ गर्न पुगेका भारतिय पत्रकारहरु प्रति तस्कर र स्थानिय प्रहरीले दुब्र्यवहार गरेका छन् । शुक्रवार सिमासँग जोडिएको लक्ष्मीपुर बजारमा तस्करीबारे रिपोटिगँ गर्न पुगेका भारतिय पत्रकारलाई तस्कर र त्यहाँ उपस्थित स्थानिय प्रहरीले दुब्र्यहार गरेको नेपाल भारत मैत्री पत्रकार संघले जानकारी गराएको हो ।
बजारमा राखिएका ठूलो परिमाणमा चिनी,लतकपडा नेपाली बजार भुजहवा तर्फ लग्ने क्रममा त्यहाँ पुगेका पत्रकारहरुलाई शसस्त्र प्रहरीले दुब्र्यवहार गरेका थिए । प्रहरी दुब्र्यवहार गरेको भन्दै संघका अध्यक्ष अरुण बर्मा सहितको पत्रकारको टोलीले ठूठीबारी स्थित प्रहरी कोतवालीमा अरोपितलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र समेत बुझाएका छन् । ज्ञापनपत्र बुझाएको १० मिनेट भित्रै प्रहरी कोतवालीले आरोपित माथि मुद्दा दर्ता गरेको छ । ज्ञापनपत्र बुझाउदा रवि प्रताप सिँह,आशुतोष रौनियार,आनन्द गुप्ता,ओमप्रकाश जी,महेश रौनियार,धर्मेन्द्र जी,विमलेश नायक,मंजेश पटेल,आदित्य पटवा,आकाश,आशुतोष मिश्रा,अब्बास,प्रवीण मिश्राको सहितको पत्रकारको टोलीले प्रभारी निरिक्षक जय प्रकाश सिँह यादवलाई ज्ञापनपत्र बुझाएको थियो ।
अहिले भारत सरकारले चिनी निकासीमा प्रतिवन्ध लगाएका कारण भारतिय सिमावर्ति बजारमा चिनी लगायतका मालबस्तु थुपार्ने र नेपाली प्रहरीसँग लाइन मिलाएर तस्करहरुले राती राती तस्करी गर्ने गरेका छन् । सिमावर्ती क्षेत्रमा अहिले तस्करी मौलाउदै गएको छ । दुबै देशका प्रहरीहरु मिलेका कारण रिपोर्टिगँ गर्ने पत्रकारहरुलाई सुरक्षा चुनौती थपिएको छ । तस्करहरुले प्रहरीलाई लाईन खुवाएर मिलाए पछि विरोध गर्ने स्थानिय प्रति ज्यादती बढाउनुका साथै सुचना दिनेलाई धम्की र पत्रकार माथि समेत दुब्र्यवहारमा उत्रेका छन् ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *