रामग्राम स्तुपमा मनाईयो बुद्धको महारिनिर्वाण घोषणा दिवस

नवलपरासी,४ फागुन
माघ पुर्णिमाको अवसर पारेर रामग्राम स्तुपमा भगवान गौतम बुद्धको महापरिनिर्वाण घोषणा दिवस मनाइएको छ । पिस क्लब इन्टरनेसनलको आयोजनामा स्तुप क्षेत्रमा दिप प्रज्वलन गरि सो दिवस मनाइएको हो ।

Health Advertisement
Health Advertisement


भगवान बुद्धले तत्कालिन बैशाली नगरमा हुदा माघ पुर्णिमाकै दिन आफु तिन महिना पछि बैशाख पुर्णिमाका दिन देह त्याग गर्ने(महापरिनिर्वाण लिने) घोषणा गरेका थिए । घोषणा गरे अनुसार नै आउने बैशाख पुर्णिमाकै दिन उनले कुशिनगरमा महापरिनिर्वाण लिए । त्यस पछि उनको अन्त्येष्टि पछि बचेको अस्थि धातु विभिन्न राजाहरुले विभाजन गरि अ आफ्नो राज्यमा स्तुपको निर्माण गराएका थिए । त्यही क्रममा कोलिय राजाले आफ्नो भागमा पाएको अस्थि ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । यि सबै कुरा त्रिपिटकको महारिनिर्वाण सुत्तमा उल्लेख पाइन्छ । यिनै कुरालाई स्मरण गर्दै महापरिनिर्वाण दिवस मनाइएको क्लबका अध्यक्ष सम्भु उपाध्यायले जानकारी गराएका थिए ।


लुम्बिनी प्रदेश साँसद बैजनाथ जैसवालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा उनले रामग्राम स्तुप संसारको ध्यान तान्न सक्ने स्थान भएको भए पनि राज्य पक्षबाटै उपेक्षित रहेको सुनाएका थिए । माघ पुर्णिमाकै दिन देखी बैशाख पुर्णिमासम्म रामग्राम स्तुपमा निरन्तर कार्यक्रम गरि विश्वको ध्यान तान्न सक्ने आधार छ,तर राज्य पक्षको ध्यान पुग्न सकेको छैन्,उनले भने, आफुले निरन्तर प्रदेशसभामा यस कुरालाई उठान गर्दै आएको छु, तर पनि प्रभावकारी ढंगले यस क्षेत्रको विकासमा सरकारको ध्यान जान सकेको छैन् । यसका लागि निरन्तर स्थानिय स्तरबाट पनि दवाव दिनु पर्ने आवश्यकता उनले औल्याएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *