Health Advertisement

सिद्धार्थ गौतमले महाभिनिष्क्रमण लिएको अनोमा घाटको विकासका लागि डिपिआर बनाउदै सुस्ता गाउपालिका

नवलपरासी,५फागुन
जिल्लाको सुूस्ता गाउपालिकाले सिद्धार्थ गौतमले सन्यास धारण गरेको(महाभिनिष्क्रमण स्थल) अनोमाघाटलाई बुद्धधाम बनाउनका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) गराउने कार्य अगाडी सारेको छ । सिद्धार्थ गौतमले बोधि प्राप्तीको लागि सन्यास धारण गरि पहिला पाइला टेकेको स्थल अनोमा नदीको अनोमाघाट(ठाढीघाट) भएको ऐतिहासिक आधार फेला परे पछि नेपालको बोधगयाको रुपमा विकास गर्नका लागि डिपिआर तयारी थालेको हो ।
डिपिआरका लागि चालु आर्थिक बर्षमा १० लाख रुपिया बिनियोजन भएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत बुद्धप्रकाश पौडेलले जानकारी गराए । चाडै नै डिपिआर बनाउने परामर्शदाता खोजेर डिपिआरका कार्य प्रारम्भ हुन्छ,उनले भने, त्यस पछि डिपिआर अनुसार नै गाउपालिका लगायत प्रदेश सरकार,संघिय सरकार तथा विभिन्न अन्तराष्ट्र्रिय दातृनिकायसंग समन्वय गरि काम अगाडी बढाइने छ । उनका अनुसार परामर्शदाता कम्पनीसँग सम्झौता गर पछि स्थानियबासी,सरोकारवाला निकायसँग समन्वय गर्दै कार्य अगाडी बढाइने छ । बोधगया लगायत विभिन्न स्थानको अवलोकन भ्रमण गरि भविष्यमा लुम्बिनी प्रदेशकै एक महत्वपुर्ण बौद्ध तिर्थ स्थलको रुपमा विकास गर्न सक्ने गरि काम गरिने छ । कपिलबस्तु राज्यका युवराज समेत रहेका सिद्धार्थ गौतमको महाभिनिष्क्रमण स्थल भएको स्थान ठाढी घाट नै भएको भनि गत असार पुर्णिमामा गाउपालिका अध्यक्ष रामप्रसाद पाण्डेको प्रमुख आथित्यतामा पिस क्लब इन्टरनेसनलले घोषणा कार्यक्रम गरेको थियो ।
घोषणामा प्रस्तुत गरिएको कार्यपत्र अनुसार गाउपालिकाले सो स्थानलाई महाभिनिष्क्रम्ण स्थलको रुपमा विकास गरि राष्र्टि«य अन्तराष्र्टि«य स्तरमा पहिचान गराउन चिनाउन डिपिआर गराउनु पर्ने सुझाव समेत प्रस्तुत गरिएको थियो । जुन सुझावलाई अहिले गाउपालिकाले आफ्नो बजेट विनियोजन गरि काम अगाडी सारेको पिस क्लब इन्टरनेसनलका अध्यक्ष सम्भु उपाध्याले खुशी ब्यतm गरका थिए । असार पुर्णिमाका राती कपिलबस्तुबाट आफ्नो कन्टक घोडा र सारथी छन्ना सहित गृह त्याग गरि ज्ञानको खोजीमा हिडेका थिए । अनोमा नदी(हालको नारायणी नदी) किनारमा पुगे पछि कन्टक घोडा ठढा भयो,त्यही समय देखी त्यो घाटलाई नै ठाढीघाट भनेर चिन्ने गरिन्छ । कपिलबस्तुबाट हिडेका सिद्धार्थ गौतमको कन्टक घोडा कोलिय राज्यको अन्तिम सिमासम्म पुगे पछि अनोमा नदी पुर्व मगध राज्यको सिमामा पर्ने भएकोले राजकिय घोडा त्यता जान मानेन् । तत पश्चात सिद्धार्थ गौतम घोडा र सारथी दुबैलाई आफ्नो राजशी पोशाक सहित फर्काइदिए । आफु सन्यासी भएर मगधको क्षेत्रमा प्रवेश गरे । त्यो बेला सन्यासीलाई कुनै राज्यको सिमा बन्देज थिएन् ।
सोही ठाढीघाटमा अहिले पनि प्रत्येक कार्तिक पुर्णिमाका दिन मेला लाग्ने गरेको संस्कृति छ । तर ठाढीको प्राचिन महत्व तथा बुद्धसँग सम्बन्धित इतिहास नभएका कारण स्थानिय महत्वले मात्र मेला लाग्दै आएको थियो,अध्यक्ष उपाध्यायले भने, अब गाउपालिकाले अग्रसरता लिएको छ,कार्तिक पुर्णिमा मात्रै नभई असार पुर्णिमामा समेत महाभिनिष्क्रमण दिवस मनाउने र मेलाको आयोजना गर्न सकिने छ । सो मेलामा अब स्थानिय मात्र नभई राष्र्टि«य र अन्तराष्र्टि«य स्तरबाट बौद्ध तिर्थयात्री तथा पर्यटक आउने छन् ।
सिद्धार्थ गौतम आफैले आफ्नो कपाल खौराएर बोधीको खोजीमा लागेको हुदा त्यसको अनुसरण गर्दै अब अगामी दिनमा अन्य ब्यतिmले पनि सो स्थानमा कपाल खौराउने(मुण्डन) गर्न सक्ने गरि सो धामको विकास हुन्छ । अहिले गाँउ समाजमा घर घरमा पनि बालबालिकालाई मुण्डन गराउने चलन छ,तर त्यसको महत्व भन्ने थाहा छैन् । कालान्तरमा सो स्थानमा समान्य बालबालिका,भिच्छु र बौद्ध अनुयायीले मुण्डन गराउने संस्कृतिको विकास पनि हुने छ । बुद्धको सम्झनामा विभिन्न कार्यक्रमहरु गर्न सकिने छ । पर्यटकिय स्थलको विकास हुनेमा उनले विश्वास ब्यतm गरे । डिपिआरसँगै अनोमा घाटको प्रचार प्रसारका लागि तथा बौद्धसंस्कृति स्थापनाका लागि फागुन औशीको दिनमा बौद्ध भिच्छुलाई भोजनदान र चिबर दान गर्ने कार्यको आयोजना गर्न लागिएको अधिकृत पौडेलले जानकारी गराए । यसले अनोमाघाटमा बौद्ध संस्कृतिको स्थापना हुनेमा उनले विश्वास ब्यतm गर्दै बौद्धभिच्छु मार्फत नै अनोमाघाट(ठाढीघाट)को महत्व बुद्धसंघमा फैलिने छ ।
अहिले अनोमा घाटमा प्रदेश सरकारले पनि केही पुर्वाधार निर्माणमा सहयोग गरेको गाउपालिका अध्यक्ष पाण्डेले जानकारी गराए । लुम्बिनी प्रदेश सरकारको पर्यटन मन्त्रालयले यो स्थानलाई पर्यटिकय स्थलको रुपमा विकास गर्न कार्यक्रम समेत गरेको थियो । अब यसको वृहत्तर विकासका लागि गाउपालिकाले डिपिआर गराउदैछ, उनले भने, डिपिआर अनुसार यस क्षेत्रको विकासका लागि गाउपालिकाले अन्य सरोकारवाला निकायसँग समन्वय गरि विकास तथा प्रवद्र्धनका कार्य अगाडी बढाउने छ । यसको प्रचार प्रसार तथा प्रवद्र्धनमा गाउपालिका एक्लैले मात्र गरेर पुग्दैन्,उनले थपे, विश्व सम्पदामा हुने हुदा देशी विदेशी दातृनिकाय तथा स्थानिय समुदाय समेत क्रियाशिल भई लाग्नु पर्छ । यसका लागि गाउपालिकाले अग्रसरता लिन तयार रहेको उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *