
नवलपरासी,५ चैत्र
जिल्लाको पाल्हिन्दन गाँउपालिकाका गरिब विपन्न मुस्लिम समुदायलाई जर्मनी संस्थाको साथ रहने जनाएको छ । एक्टिभ जुगेन्ड जर्मनीले देश भरिका गरिब बिपन्न समुदायलाई आफुहरुको साथ रहने जनाएको हो ।
उक्त सस्थाद्धारा मंगलवार रमजान महिनाको अवसरमा सो समुदायका गरिब घर परिवारलाई खाद्यान्न सहयोग गरिएको छ । सो संस्थाको सहयोगमा स्थानिय ताजुलऔलुम आधारभुत मदरसामा आयोजित कार्यक्रममा उक्त सहयोग प्रदान गरिएको थियो । उक्त संस्थाले २३७ जना स्थानियको लागी दाल, चामल, चिनी, नुन , तेल, चना, पिठो जस्ता दैनिक उपभोग्य सामाग्री वितरण गरेको छ । सहयोग हस्तान्तरण पश्चात सहयोगी संस्थाका अध्यक्ष मोहम्मद अलि बाउजुले आपत बिपत परेका परिवार र गरिब दुखियालाई यस्तो सहयोग गर्दै आएको बताएका थिए । उनले शिक्षा र स्वास्थ्यको साथै अपाङगता भएका वेसाहारा वालवालिकालाई निरन्तर संस्थाले काम गर्दै आएको जानकारी गराउदै भने,यो समान्य सहयोग एक भेट्ने माध्यम हो, हाम्रो सम्बन्ध जिवन जिवन को छ । दुनियाको जुन सुकै स्थानमा जन्मे पनि,जुन सुकै आकार प्रकारको भए पनि हामी सबै भाई भाई हौ । यो मान्यता इस्मालिक धर्मग्रन्थ कुरामा समेत उल्लेख छ । उहाँ टर्की देशका बासिन्दा हुन ।
उतm सस्थामा जोड्नका लागि पहलकर्ता गाउपालिकाकी उपाध्यक्ष फातुमा खातुन अन्सारीले गरेकी थिईन । कार्यक्रममा बोल्दै पाल्हिनन्दन गाँउपालिकाका उपाध्यक्ष अंसारीले ग्रामिण क्षेत्र, वेसाहारा, अपाङग तथा आधारभुत आवश्यकता परिपूर्ति गर्न नसक्ने वर्गको लागी यस संस्थाले गरेको योगदानको प्रशंसा गरीन् । संस्थाले विभिन्न गरिब मुलुकहरुमा सहयोग सेवा प्रदान गर्दै आएको छ । मरियम फाउन्डेसन नेपालको पहलमा यो सहयोग आएको मरियम फाउन्डेसनका पदाधिकारी शेख अय्युबले बताएका थिए । कार्यक्रममा स्थानियहरुको उत्साहनजनक उपस्थिती रहेको थियो । झण्डै १५ करोड मुल्यको समाग्रि वितरण गर्ने सस्थाले अन्य क्षेत्रमा पनि विस्तारै लगानी बढाउने सोच रहेको जनाएका थिए ।