Health Advertisement

सरावल गाउपालिका ४ ललितपुरमा दोश्रो मधेश महोत्सव हुदै

नवलपरासी,४ चैत्र
जिल्लाको सरावल गाउपालिका ४ ललितपुर स्थित मधेश पार्कमा दुई दिइने मधेश महोत्सव शुरु भएको छ । गत बर्ष देखी शुरु मधेश पार्क निर्माण गरि शुरु गरिएको मधेश महोत्सव अहिले दोश्रो मधेश महोत्सव माघ ४ र ५ गते गर्न लागिएको हो ।
स्थानीय समुदायको पहलमा र सारवाल गाउँपालिकाको सहयोगमा आयोजना हुने यस महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरिनेछ । कार्यक्रमहरूमा ’फरुवाही’ र ’हुरकिया’ जस्ता परम्परागत नृत्य, कुस्ती प्रतियोगिता, राष्ट्रिय र अन्तर्राष्ट्रिय कलाकारहरूको प्रस्तुति, साथै ’होरी गीता’, ’फगुवा’ र ’चैत गीता’ जस्ता लोक गीतहरूको प्रदर्शन समावेश हुनेछ । यस महोत्सवले मधेश क्षेत्रको समृद्ध सांस्कृतिक धरोहरलाई उजागर गर्ने उद्देश्य राख्दछ ।
गाउपालिकाले ‘मधेश साँस्कृति पार्क’को मधेशको मुख्य सांस्कृतिक पर्व होली(फागुपुर्णिमा)को अवसर पारेर औपचारिक रुपमा पार्क सञ्चालनमा ल्याएको थियो । गाउपालिकाको वार्ड नं. ४ ललितपुर र मंगलापुर गाँउ नजिकै मधेश सांस्कृतिक पार्कको सम्भाब्यता अध्ययन गराई निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन(डिपिआर) समेत निर्माण गरि त्यसको शुभारम्भ होलीको अवसर पारेर शुभारम्भ गरेको थियो । गत माघमा थारु महोत्सव पनि गरेको थियो । थारुको प्रमुख पर्व माघे सँक्रान्ति(माघी)को अवसर पारेर गाउपालिको वार्ड २ मनरीमा थारु साँस्कृतिक पार्क बनाउनुका साथै प्रत्येक बर्ष खिचडीलाई अवसर पारेर थारु महोत्सवलाई निरन्तरता दिइयो । अहिले मधेशको प्रमुख पर्व होलीको अवसर पारेर मधेश साँस्कृति पार्क निर्माण कार्यसँगै दुई दिने मधेश महोत्व गर्न लागिएको गाउपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरीले बताए ।
होलीको दिन कुस्ति,मटकीभोड लगायतका विभिन्न खेलकुदका कार्यक्रम गरिने छ,उनले भने,त्यसै गरि मधेशी नृत्य,गित संगित,स्थानिय होरी गित,फागुवा,चैता गितहरु जस्ता मधेशी संस्कृतिक कार्यक्रम गरि मनाईने छ । पार्कको बार्षिकी पनि हुने र बर्षेनी मधेश साँस्कृतिक महोत्सव पनि आयोजना हुने गरि कार्यक्रम हुनेछ । बाकी समयमा पनि सो पार्कमा मधेशका जन्म देखी मृत्युसम्मका अन्य संस्कार र संस्कृति तथा रितिरिवाजको संरक्षण र पहिचान हुने गरी जैविक प्रविधिले पार्कलाई सजाईने छ । यसका लागि स्थानिय विज्ञ,जानकारलाई समेत सहभागि गराईने उनको भनाई थियो ।
आफ्नो कार्यकालमा अघिल्लो कार्यकालका प्रतिनिधिले शुरुवात गरेका बौद्धकालिन सम्पदाको संरक्षण गर्दै निरन्तरता दिनुका साथै थारु मधेशी बाहुल्य रहेको उतm गाउपालिकामा दुबै प्रकारको साँस्कृति पार्क एक पटक शुरु गरिएको गाउपालिका अध्यक्ष शुखाडी चौधरीले बताएका थिए । त्यसका साथै ब्यवस्थित खेल मैदानका छुट्टै योजना सञ्चालन गरिएका छन् । पार्क निर्माण,सञ्चालन,ब्यवस्थान कार्य निरन्तर नै भई रहने छ । उनले हुलासी घोल नजिकैको वृक्षारोपण क्षेत्र र हुलाकी केन्द्रित गरि मधेश साँस्कृतिक पार्क बनाउन बनाउने कार्य भईरहेको जनाए । पाँच विघा जग्गामा वृक्षारोपण छ,नजिकै हुलासी घोल रहेको छ । प्राकृतिक सौन्दर्यताले पनि भरिएको उतm क्षेत्रमा विभिन्न मेला महोत्सव पनि हुनेछ ।
मुस्लिम समुदायको पनि कर्बला रहेको र उतm स्थानमा मोहरम्म मेला लाग्ने,मधेशी समुदायको पनि कृष्ण जन्माष्टमी,नागपञ्चमी,दशहरा लगायतका बेला मेलाहरु आयोजना हुदै आएको छ । यि सबै साँस्कृतिक मेला महोत्सव पनि गर्न मिल्ने र प्राकृतिक सौन्दर्यतालाई पनि संरक्षण र प्रवद्र्धन पनि गर्न सक्ने भएको हुदा मध्यदेशिय परम्परा र संस्कृतिकको संरक्षण समेत हुने हुदा मधेशी साँस्कृतिक पार्कको निर्माण थालिएको छ । भारतिय सिमा नाका महेशपुर देखी पुर्वपश्चिम राजमार्ग जोड्ने भुतहा महेशपुर मार्ग नजिकै रहेको उतm प्रस्तावित पार्क क्षेत्र स्थानियका लागि मात्रै नभई भारतिय पर्यटकलाई पनि आकर्षित गर्नेछ । सडक पुर्वाधार मात्रै विकास होईन्,अध्यक्ष चौधरीले भने,साँस्कृति सम्पदाको संरक्षण,प्रवद्र्धन र विकास पनि उत्तिकै महत्वपुर्ण रहेको छ ।
यहाँका संस्कृतिहरुको पनि सुचिकृत गरि संरक्षण गर्ने योजना समेत उनले सुनाएका थिए । गाउपालिकाले पर्यटन विकास तथा संस्कृतिक संरक्षण कोषको समेत स्थापना गर्ने लक्ष्य लिएको छ । कानुन नै बनाएर संरक्षण कोष मार्फत साँस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिने छ,। आउने दिनमा यस गाँउ पालिकालाई नै सरावल सांस्कृतिक गाउपालिका बनाउने लक्ष्य समेत रहेको छ । यसका पुर्वाधर विकासमा गाउपालिका अहिले देखी नै लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *