Health Advertisement

करोड बढिको मिलानो ब्राण्डका चप्पल र सोल भारत निकासी

नवलपरासी,२७ फागुन
जिल्लाको रामग्राम १० स्थित औद्योगिक क्षेत्रमा स्थापित मिलानो एक्सन पोलिमर लिमिटेडले मासिक एक करोड बढिको आफ्‌ना उत्पादन विदेश निर्यात गर्दै आएको जनाएको छ । स्थानिय बजारसँगै विदेशमा समेत यस्को माग भई रहेको हुदा गुणस्तरिय चप्पल तथा सोलहरु निर्यात भई रहेको कम्पनीले जनाएको हो ।

मिलानो ब्राण्ड अहिले स्वदेशमा मात्रै नभई विदेशमा पनि माग बढदै गएको कम्पनीमा मानव सँसाधन अधिकृत सुदर्शन खरबारले जानकारी गराए । यसको स्थानिय बजारमा पनि माग उत्तिकै छ,उनले भने, तर भारतमा समेत निकासी हुदै आएको छ । उद्योग बाणिज्य संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डेर बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ताले औद्योगिक क्षेत्रको समस्या तथा अवस्था बुझ्‌ने क्रममा जानकारी गराउदै खरबारले उद्योगको अवस्थाबारे जानकारी गराएका थिए । ब्युरो अफ इण्डिया स्टेण्डर(विआईएस) समेत प्राप्त उतm कम्पनीको उत्पादन भरपर्दो र गुणस्तरिय छ, उनले भने, पहिला प्रालि रहेको यो उद्योग अहिले कम्पनीमा परिणत भई रहेको छ । उद्योगमा डेढ सय भन्दा बढि मजुदर नियमित रोजगारी पाएका छन् । जिल्ला भित्र र बाहिरका मजदुर कार्यरत भएको बताउदै केही विदेश आर्थत भारतिय कर्मचारी पनि छन् । स्थानिय कर्मचारीलाई प्राथमिकता दिदै कम्पनीले काम गरि रहेको तर स्थानिय कामदारमा विना सुचना छुट्टीमा बसिदिदा उद्योगमा चुनौती थपिने गरेको उनले बताएका थिए ।
इटालियन टेक्नोलोजीको प्रयोग गर फुटवेयर विश्वभर उत्पादन पुर्याउने लक्ष्य लिइएको छ । सबै उमेरका ब्यतिmलाई आवश्यक चप्पलहरु उत्पादन गर्दै आएको छ । भैरहवामा यस्को प्रधान कार्यालय रहेको भए पनि उत्पादन गर्ने कम्पनी नवलपरासीको रामग्राम १० स्थित औद्योगिक क्षेत्रमा अवस्थित छ । प्रत्येक उत्पादन लाभदायक,गुणस्तर,टिकाउपन र फैसनेबल रहेको कम्पनीको दाबी छ । उत्पादनको ७० प्रतिसत नेपाल मै खपत भई रहेको छ,उनले थपे बाकी ३० प्रतिसत भारत निकासी भई रहेको छ । निकासी हुने मध्ये सबै भन्दा बढि सोल भई रहेको छ । सोल मात्रै ८० प्रतिसत भारत निर्यात हुन्छ । सोल बलियो र गुणस्तरिय रहेको छ । चप्पललाई टिकाउपन बनाउनमा सोलकै बढि भुमिका हुन्छ । उद्योगको चुनौती अहिले विद्युत आपुर्ति पनि भई रहेको गुनासो सुनाएका थिए । पटक पटक टिप जाने अर्थात अनियमित विद्युत कटौती भई रहेका छन् ।

यस्ले कामदारको भार मात्रै नभई मेसिनमा अडकिने प्लाटिक जन्य पदार्थ समेत नष्ट हुदा क्षति ब्यहोर्न परिरहेको छ । यसबारे उनले उद्योग बाणिज्य संघले अनियमित विद्युत कटौती रोक्नका लागि पहल गरिदिन आग्रह पनि गरेका थिए । सो कम्पनीले नवलपरासीमा उत्पादन गर्दै आएको भए पनि उत्पतिको प्रमाणपत्र सिद्धार्थ उद्योग बाणिज्य संघबाट गराउदै आएको जनाएको थियो । अब सो प्रमाणपत्र यहिँ नवलपरासी उद्योग बाणिज्य संघबाट गर्न सक्ने र विदेश निकासीका लागि आवश्यक पहल भएमा महेशपुर भन्सारबाटै पनि भारत निकासी गर्न मिल्छ । तर त्यसका लागि आवश्यक सहजीकरण संघले खेल्नु पर्ने उनको भनाई थियो । त्यसै गरि औद्योगिक क्षेत्र सडक भन्दा होचो हुदा बर्षायाममा डुबान हुने चिन्ता पनि ब्यतm गरेका थिए । औद्योगिक सुरक्षाको आवश्यकता पनि महशुस गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *