Health Advertisement

लुम्बिनी प्रदेश सरकारका पर्यटन मन्त्रीद्धारा रामग्राम स्तुपको अवलोकन भ्रमण

नवलपरासी,११ माघ
लुम्बिनी प्रदेश सरकारका उद्योग,पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानले रामग्राम स्तुप क्षेत्रको भ्रमण गरेका छन् । स्तुप क्षेत्रको भ्रमण गर्दै मन्त्री न्यौपानले पर्यटन क्षेत्रको अपार सम्भावना बोकेका लुम्बिनी प्रदेशले पर्यटकिय क्षेत्रमा पर्यटन ब्यवसाय वृद्धिका लागि परेको बताएका हुन् ।
लुम्बिनीसँग जोडिएको महत्वपुर्ण स्थान स्तुप क्षेत्रको विकासमा प्रदेश सरकारले गर्न सक्ने कार्य विवरण पठाउन उनले रामग्राम नगरपालिकालाई आग्रह समेत गरेका थिए । सरकारले पर्यटन क्षेत्रको विकासका लागि काम गर्ने अठोट लिएको छ,उनले भने,तर यसमा संघ र स्थानिय सरकारले पनि सहकार्य गर्नु पर्छ । मन्त्री न्यौपानलेलाई रामग्राम स्तुप क्षेत्रमा प्रदेशले बनाउन भनेको संँग्रालय तिन बर्ष देखी अलपत्र परेको बारे ध्यानाकर्षण गराइएको थियो । केही दिन अगाडी मात्रै विकास कोषको पहलमा लुम्बिनी विकास कोषले रामग्राम स्तुप देखी लुम्बिनीसम्म तिर्थयात्रा गर्नेलाई विद्युत बस मार्फत (धम्म यात्रा)को शुभारम्भ गरेको र बुद्ध स्थलमा पर्यटक आवागमनमा वृद्धि हुनेबारे मेयर धनपत यादवले जानकारी समेत गराएका थिए ।
भविष्यमा रामग्राम स्तुपलाई नै केन्द्र बनाई कोलिय बौद्ध पर्यटन प्याकेज समेत तयार गरि यस्ता धम्मयात्रा चलाईने योजना समेत उनले सुनाएका थिए । गत महिला कोषकै पहलमो भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा कार्यक्रम सम्पन्न भएको थियो । कोषले पुजा विशेष समारोहको आयोजना गरि पुजा सम्पन्न गराएको थियो । अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुर्नस्थापित गर्न हातिद्धारा समेत धातुको पुजा गराइएको प्रमुख यादवले जानकारी गराएका थिए । स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पुजाले स्थानियबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए ।


कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले रामग्राम विकास कोषले सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना हुदै आएको छ । कायक्रम पश्चात केही चिनिया लगानीकर्तासँग रामग्राम स्तुप क्षेत्र सहित रामग्राम नगरपालिकाको समग्र समृद्धिका लागि लगानी सम्मलेन जस्तो कार्य पनि नगरपालिकामा हुने उनको भनाई रहेको थियो । यस कार्यमा स्थानियबासीको पनि सक्रिय सहभागिता देखिएको छ । कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यास हुदै आएको छ ।
रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ ।
सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो ।


भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए । त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ ।
परासी स्थित यातायात ब्यवस्था सेवा कार्यालयमा सेवा थपको शुभारम्भ कार्यको उदघाटन गर्न आएका मन्त्री न्यौपालनेले उद्योग,पर्यटन र यातायात तिनवटै एक आपसमा सम्बन्धित भएको बताएका थिए । भारतिय पर्यटकलाई पहलो कार्ड सिमाक्षेत्रमा प्रदान गर्ने गरि लुम्बिनी प्रदेश लागि परेको र त्यसको शुभारम्भ भैरहवा भन्सार कार्यालयबाट शुरु भएको उनले जानकारी गराएका थिए । त्यसलाई विस्तार गर्दै महेशपुर भन्सार कार्यालयबाट पनि जारी गर्न सक्ने उनको भनाई थियो । दुई पाँग्रे सवारीको लाईसेन्स मात्र प्रदान गर्दै आएको यातायात ब्यवस्था कार्यालमा अहिले चारपाँग्रे सवारीसाधनको लाईसेन्स प्रदान गर्ने सेवा शुभारम्भ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *