
नवलपरासी,१३ माघ
जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले स्थानिय तहका पशुसेवा प्राविधिकहरुसँग अन्तरक्रिया गरेको छ । स्थानिय स्तरमा पशुपालक किसान र पशुमा देखिने समस्याको पहिचान तथा समस्याको समाधान गर्ने गरि अन्तरक्रिया गरेको हो ।
उतm अन्तरक्रिया कार्यक्रममा पशु सेवा विज्ञ केन्द्रबाट पशुका लागि पठाईने खोपको शुरक्षा,प्रभावकारिताबारे छलफल भएको थियो । त्यसै गरि पशुमा देखिने रोग,पोषण तथा उपचारका लागि भेटेनरी अस्पतालले दिदै आएको सेवाबारे पनि जानकारी गराइएको थियो । त्यसै गरि ग्रामिण क्षेत्रका पशुपालक किसानलाई स्थानिय सरकारले पशु सेवा केन्द्रका विज्ञसँग निरन्तर सम्पर्क समन्वय गरि प्रोत्साहित गर्नु पर्ने आवश्यकता औल्याइएको थियो । यो अन्तरक्रियाले सरकार सरकार विचका सम्बन्धलाई प्रगाढ बनाउने र यसले किसानलाई सहजीकरणमा मद्द पुर्याउने विज्ञ केन्द्रका प्रमुख तथा मत्यस्य विकास निर्देशक श्रवण कुमार चौधरीले बताएका थिए । स्थानिय सरकारसँग जनशतिm छ,उनले भने,विज्ञ केन्द्रसँग विज्ञता छ । यि दुबैको तालमेलले पशुपालक किसानलाई प्रोत्साहन गर्न र उनीहरुको समस्या समाधान गर्नमा सहयोगी हुने उनको भनाई थियो ।