
नवलपरासी,१३ माघ
जिल्लाको पाल्हीनन्दन आधारभुत अस्पतालले ७२ औ कुष्टरोग दिवस मनाएको छ । अस्पतालले औपचारिक कार्यक्रमकै आयोजना गरि सो कार्यक्रम मनाएको हो ।
कार्यक्रममा गाउपालिलकाकी उपाध्यक्ष फातिमा अंसारी सकिना सहितको उपस्थितीमा कार्यक्रम गरिएको अस्पतालले जनाएको हो । कुष्ठरोग एक रोग मात्र नभएर सामाजिक, मानसिक र भावनात्मक दृष्टिले पनि चुनौतिपूर्ण समस्या रहेको उपाध्यक्ष सकिनाले बताएकी थिईन् । यध्यपी यो रोग उपचार योग्य छ, उनले भनेकी थिईन्, समयमै उपचार गरेमा कुष्ठरोगका बिरामीहरूको जीवनस्तर उकास्न सकिन्छ ।
यसका साथै स्वास्थ्यकर्मीहरूलाई कुष्ठरोगको अधिकार र सम्मानको रक्षा गर्न आग्रह गरेकी थिईन् । साथै कुष्ठरोगको बारेमा सहि जानकारी र विश्वास गरौ र कुष्ठरोगको शिकार भएका व्यक्तिहरूसग विभेद नगरी तिनीहरूको पुनः समावेशी समाजमा पुर्याउन मद्दत गरौ, उनले भनिन् ,पाल्हिनन्दन गांउपालिका, सधैं कुष्ठरोगका बिरामीहरूको स्वास्थ्य र कल्याणको लागि काम गर्ने प्रतिबद्धता जाहेर गर्दछ । समाजमा कुष्ठरोगबारे जनचेतना फैलाउने प्रयासमा निरन्तर अघि बढ्नेछ । उनले कुष्ट रोग निवारणमा निरन्तर काम गर्दै आउने सम्पूर्ण लाइ विश्व कुष्ठरोगको दिवसको शुभकामना ब्यतm गरेकी थिईन् ।