नवलपरासीमा बाह्रौ पोल्ट्र दिवस मनाईयो

नवलपरासी,१७ पुस
जिल्ला स्थित भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र नवलपरासीले बाह्रौ राष्टिय पोल्ट्री दिवस मनाएको छ । कुखुरा पालनकर्ताहरुको सहभागितामा कार्यालयले कुखुरापालनको महत्वबारे विविध कार्यक्रम गरि दिवस मनाएको हो ।
अस्पतालमा कुखुराका (फुल) अण्डाहरुको समेत वितरण गरेको थियो । पोषणमा अण्डाको प्रयोग वृद्धि आवश्यक छ,सो आवश्यकता पुरा गर्नका लागि कुखुरापालन आवश्यक छ र कुखुरापालनका लागि आवश्यक ज्ञानसिपको पनि आवश्यकता रहेको कुरा दिवसमा दर्शाइएको थियो । कार्यक्रममा अस्पतालका सुचना अधिकारी शुरेश मिश्राले दिवसको महत्वबारे प्रकाश पारेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *