सरावलमा ग्रामिण रोजगार सृजना गर्न रोजगार संवाद

नवलपरासी,१७ पुस
जिल्लाको सरावल गाउपालिकाले रोजगारीको अवसर खोज्न रोजगार मञ्चको आयोजना गरेको छ । सरावल गाउपालिकामा रोजगार संवाद मञ्च नै गठन गरेर रोजगारीको अवसरबारे सुचना संकलन गरेको हो ।
ग्रामिण क्षेत्रमा बढदो बेरोजगारीलाई कसरी समाधान गर्ने ? स्थानिय स्तरबाट रोजगारलाई सम्बोधन गर्नका लागि कुन कुन क्षेत्रमा के कस्ता प्रकारका योजना बनाई रोजगारी सृजना गर्न सक्ने र स्थानिय सरकारको भुमिका के कस्तो हुनु पर्ने जस्ता विषयमा सरोकारवालासँग सम्वाद गरिएको रोजगार संयोजक नेत्र भण्डारीले जानकारी गराएका थिए । गाउपालिकाको योजना परियोजना सञ्चालन गर्दा पनि रोजगारलाई जोडेर आयोजना,योजना र परियोजना बन्नु पर्नेमा धेरै सरोकारवालाले जोड दिएका थिए । योजनामा अहिले धेरै जसो मेसिनरीको प्रयोग बढदा रोजगारी दर घट्ने गरेको बताएका थिए । अतिआवश्यक र जोखिमपुर्ण काम बाहेकका कामहरुमा जनशतिmको प्रयोगलाई बढावा दिइनु पर्ने र योजना सञ्चालनका कार्य बेलामै शुचारु गर्दा रोजगारी सृजना हुने अवस्था आउने सहभागिहरुको भनाई रहेको थियो ।
करोडौ रुपियाको आयोजना गाउपालिका स्तरमा सञ्चालन हुन्छ,तर अधिकाँस मेसिनरी प्रयोगले रोजगारीको अवस्था सृजना हुदैन् । मेसिनरी प्रयोगले कामलाई सहज बनाएको छ,तर स्थानिय स्त्तरमा बेरोजगार पनि बढाउने गरेको सरोकारवालाले महशुस गर्न थालेका छन् । बेलामै काम हुदा जनशतिmको उपयोग गर्न सकिन्छ,एक सहभागिले भने, तर गाउपालिकाबाटै ढिलो गरि सम्झौता गर्ने थोरै समय भित्र काम सम्पन्न गर्न बाध्य बनाउदा पनि बेरोजगारीको अवस्था आएको देखिन्छ । कतिपय आयोजना परियोजनामा जनशतिm प्रयोग गर्ने कुरा उल्लेख भए पनि निर्माण ब्यवसायिले धेरै नाफा बढाउन मेसिनको प्रयोग गरिदिइने गरेका छन् ।
त्यसैगरि पुर्वाधार विकासमा सडक पुलको निर्माण भएका छन्,तर त्यसको सौन्दर्यीकरणमा जनशतिmको प्रयोग आवश्यक देखिएका छन् । त्यसै गरि सार्वजनिक स्थालहरुको पनि जनशतिm प्रयोग गरेर सौन्दर्यीकरण गर्नु पर्ने र त्यसका लागि आवश्यक जनशतिmलाई शिप तालिम दिलाएर परिचालन गर्दै रोजगारी वृद्धि गर्न सक्ने कुराको उठान गरिएको थियो । स्वदेशमा रोजगार सृजना हुन नसक्दा स्थानिय बैदेशिक रोजगारी रोज्न परेको छ । ज्याला दर पनि समय अनुकुल हुनु पर्नेमा पनि जोड दिएका थिए । रोजगारी नीति र कानुन नै बनाई लागु गर्नु पर्ने माग समेत उठेको थियो । कार्यक्रममा गाउपालिका अध्यक्ष शुखाडी प्रसाद चौधरीले रोजगार प्रति गाउपालिका सचेत रहेको बताएका थिए । सरोकारवालाहरुको सुझाव संकलन गरि आउने दिनमा रोजगारीका लागि आवश्यक नीति कार्यक्रम बनाई लागु गरिने प्रतिवद्धता गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विशाल मिश्राले जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *