रामग्राम स्तुपमा रहेका बुद्धको अष्टधातुको विशेष पुजा सम्पन्न

नवलपरासी,२८ मंसिर
रामग्राम विकास कोषले आयोजना गरेको भगवान गौतम बुद्धको अष्टधातुमा विशेष पुजा कार्यक्रम सम्पन्न भएको छ । कोषले पुजा विशेष समारोहको आयोजना गरि पुजा सम्पन्न गराएको हो ।
विहिवार विभिन्न देशका भिच्छु तथा बौद्धमार्गी सहितको विशेष पुजा परित्राण गरिएको र उतm विशेष कार्यक्रम भित्र नै अष्टधातुको रक्षा गरेका नागपुजा र स्तुपको कथासँग जोडिएका हात्तिले पुजा गर्दै आएका कुरालाई पनि पुर्नस्थापित गर्न हातिद्धारा समेत धातुको पुजा गराइएको कोषका अध्यक्ष समेत रहेका रामग्राम नगरपालिका प्रमुख धनपत यादवले जानकारी गराएका थिए । उतm कार्यको ब्यवस्थापकिय सहयोग गर्दै आएका द प्रमिस लैण्डका अध्यक्ष निकेस अधिकारी सहितको सहभागिता रहेको थियो ।
स्तुपमा गरिएको यसरी पहिलो पटक विशेष पुजाले स्थानियबासीमा नयाँपन थपिएको कोषका अध्यक्ष यादवले जानकारी गराएका थिए । यो बर्षको धातु विशेषपुजा स्मरणिय रहने छ, उनले भने, अगामी दिनमा यस्तो पुजालाई विश्वब्यापी रुपमा लैजान अझ थप कार्यक्रमहरु गर्दै लैजाने लक्ष्य समेत रहेको छ । यसका लागि देशी विदेशी विभिन्न बौद्ध संघसस्थाहरुको पनि कृयाशिलता बढदै जादा हामीलाई हौसला बढाएको छ, उनले थपे । उनका अनुसार कोषको गठन पश्चात विभिन्न कार्यक्रम गर्दै आएको रामग्राम विकास कोषले डिसेम्बर ११ र १२ २०२४ (मंसिर २७ र २८ गते) रामग्राम विकास कोषले सबैभन्दा ठूलो धार्मिक र आध्यात्मिक जमघटको आयोजना गरेको हो ।
यो एकता, शान्ति, र भक्ति समारोह हो, जसमा विश्वभरका गुरूहरू, भिक्षुहरू, र आध्यात्मिक नेताहरू उपस्थित भएर विशेष अनुष्ठान गर्ने र आफ्नो ज्ञान बाँड्ने छन् । सो दिनलाई महत्वपुर्ण र विशेष बनाउनका लागि हुने प्रमुख आकर्षणहरूमा, विश्वकै ठूलो नाग पूजा समारोह गरिएको छ । जस्को दिव्य शक्तिलाई सम्मान गर्दै आशीर्वाद प्राप्त गर्ने गहन अनुष्ठान गरिने छ । त्यसै गरि पवित्र अवशेषहरूको अद्वितीय संकलन कार्य गरिएको छ । जस्मा संसारभरका पवित्र अवशेषहरूको सबैभन्दा ठूलो जमघट, जसलाई दर्शन र सम्मान गर्ने दुर्लभ अवसर प्राप्त भएको छ ।
त्यसै गरि हात्तीले स्तूपामा फूल चढाउने अनुष्ठानको समेत कार्यक्रम राखिएको छ । जस्ले रामग्राम स्तूपाप्रति समर्पणको एक अद्भुत र प्रतीकात्मक दृश्य देखिने छ । धम्म प्रवचन र ऐतिहासिक चर्चाका कार्यहरु गरिएको थियो । जस्ले रामग्रामको समृद्ध इतिहास, यसको भविष्यको सम्भावना, र हाम्रो साझा दृष्टिकोणबारे आध्यात्मिक नेताहरू र विशेषज्ञहरूद्वारा विशेष जानकारी गराइएको थियो । जुन अभूतपूर्व कार्यक्रम रामग्राम बिकाश कोष द्वारा आयोजित भएको दाबी गरिएको छ । संस्था हाम्रो पवित्र सम्पदाको संरक्षण, रामग्रामलाई विश्वस्तरमा प्रवर्धन गर्ने, र यसलाई नेपालको सांस्कृतिक र आध्यात्मिक केन्द्रको रूपमा विकास गर्ने उद्देश्यले निरन्तर कार्यरत रहेको छ ।
कायक्रम पश्चात केही चिनिया लगानीकर्तासँग रामग्राम स्तुप क्षेत्र सहित रामग्राम नगरपालिकाको समग्र समृद्धिका लागि लगानी सम्मलेन जस्तो कार्य पनि नगरपालिकामा हुने उनको भनाई रहेको थियो । यस कार्यमा स्थानियबासीको पनि सक्रिय सहभागिता देखिएको छ । कोष गठन पश्चात पहिलो प्राथमिकत मै रामग्राम स्तुपमा अध्यात्मिक तथा धार्मिक् कार्य निरन्तर गर्ने कार्य कार्य अगाडी बढाइएको र कोषको पहलमा रामग्राममा स्तुपमा प्रत्येक अष्टमी,औशी र पुर्णिमामा धातुपुजा प्रार्थना तथा साझ दिपावली गर्ने,पुजापाठ तथा ध्यान अभ्यास भई रहेको कोषका सदस्य तथा विपश्यनाका सहायक अचार्य प्रसाद पाण्डेले जानकारी गराएका थिए । बुद्धका अध्यात्मिक स्थान ऐतिहासिक र पुरातात्विक महत्व राख्ने स्थान हो, ।
रामग्राम स्तुपमा स्वम् भगवान बुद्धको अस्तुधातु अवस्थित छ । यो अध्यात्मिक अभ्यासकै लागि छ । बौद्ध दर्शनका अनुसार भगवानको महापरिनिर्वाण पश्चात धातु वितरण गरि बनेका स्तुप मध्ये यो रामग्राम स्तुप मात्रै आफ्नो मौलिक अवस्थामा अवस्थित छ, र आर्को देवलोकमा अवस्थित छ । पृथ्वीबासी तथा बुद्धप्रति श्रद्धा राख्नेका लागि यो रामग्राम स्तुप क्षेत्र दुर्लभ स्थान हो । विश्वसम्पदा सुचिको प्रकृयामा रहेको रामग्राम स्त्ुप क्षेत्रमा काम गर्नका लागि युनेस्को र पुरातत्व विभागसँग मिलेर थप काम गर्दै अगाडी बढने रामग्राम विकास कोषको लक्ष्य रहेको छ ।
सन १८९६ मा लुम्बिनी पत्ता लाग्यो र त्यसका लागि तत्कालिन सरकारले लुम्बिनी विकास कोष सस्था गठन गरि काम गर्न थाले पछि अहिले त्यहाँ विकास देखिन थालेको छ,। ,तर त्यसको लगत्तै २ बर्ष पछि डा.डब्लु होयले सन १८९८ मा रामग्राम स्तुपको पत्ता लगाए । यसका लागि कुनै सरकारी संस्था गठन भई काम गर्न सकेन्,लुम्बिनी विकास कोषको जिम्मेवारीमा राख्दा सो कोषले जहिले पनि उपेक्षा गर्यो,रामग्राम स्तुपा ओझेलमा पर्यो । अब त्यो अवस्थाको अन्य हुने उनको भनाई थियो ।
भगवान बुद्धको महापरिनिर्वाण पश्चात उनको अस्तुलाई आफ्नो भागमा पाउने मावली तर्फका कोलिय राजाहरुले ल्याएर रामग्राम स्तुपको रुपमा स्थापना गरेका थिए । जुन अध्यात्मिक,पुरातात्विक,ऐतिहासिक र धार्मिक स्थल रामग्राम स्तुपाको रुपमा सुरक्षित रहेको छ । आठ भागमा रहेको भगवान गौतम बुद्धको अष्टधातु तत्कालिन मगध सम्राट अशोकले उत्खनन गराई विभिन्न्न चौरासी हजार स्थानमा वितरण गर्ने क्रममा रामग्राम स्तुपाको अष्तु खन्न आउने क्रममा नागबँशीहरुको आग्रहमा रामग्राम स्तुप उत्खनन नगरि फर्केका थिए ।
त्यो भएर पनि यो रामग्राम स्तुप संसारको एक मात्र प्राकृतिक अवस्थाको स्तुप रहेको छ । त्यसैगरि स्तुप बाहेक पनि कोलिय राजाहरुको राजधानी कोलनगर(पण्डितपुर),पुरतात्विक क्षेत्र ननई स्थित यशोधरा उद्धानक्षेत्र र संघाग्रामको रुपमा देवगाव क्षेत्रको पुरातात्विक क्षेत्रलाई समेत यस कोषले समेटेर काम गर्नेछ । साथै कोलिय गणराज्य भित्रका अन्य पालिकासँग पनि सहकार्य गर्दै रामग्राम विकास कोषाले काम गर्दै जाने उनको भनाई थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *