नवलपरासी,२३ कार्तिक
सात करोड लगानीमा स्थापना भएको वर्दघाट ५ पालडाडा स्थित सप्तरँगी कृषि तथा पशु फर्मले एक बर्षमा ढाई करोडको सुगँुर÷बँगुर विक्रि गरेको छ । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले समेत प्रवद्र्धन गर्दै आएको उतm फर्मले एक बर्षमा बंगुरका बच्चा(बुचाभानु)बेचेरै ढाई करोड आमदनी गरिएको फर्मले जनाएको हो ।
ब्यवसायिक र सुरक्षित तरिकाले उतm फर्म सञ्चालन हुदै आएकोले धेरै भन्दा धेरै पाठापाठी तथा बुचाभानु उत्पादन गर्न सकिएको फर्मका सञ्चालक प्रकाश कुमार विकले जानकारी गराएका थिए । फर्म भित्र ९० वटा माउ बंगुरहरु रहेको जनाउदै उनले उचित चरिकाले बंगुरहरुलाई खानपान,स्याहार सुसार र पोषणयुतm दाना खुवाउन सकियो भन्ने लक्ष्य अनुसारको धेरै भन्दा धेरै पाठापाठी उत्पादन गर्न सकिने जनाए । आफु बैदेशिक रोजगारीमा रहदा त्यहाँको अनुभव लिई २०७८ सालमा फर्मको सुरुवात गरेको हुँ,उनले भने, विदेशमा कुनै पनि उत्पादन ब्यवसायिक रुपमा गरिने गरिएको छ,जस्ले गर्दा उत्पादन लागत घट्दो रहेछ,तर नेपालमा अधिकाँस निर्वाहमुखी कृषि कार्य मात्र हुदै आएको छ । तर आफुले डेढ विघा जग्गामा सो फर्म विदेशकै अनुभवको आधारमा ब्यवसायिक बनाउन खोजेको छु,तर विदेशमा जसरी सरकार र वित्तिय संघसस्था,बजार लगायतका क्षेत्रमा सहजीकरण गर्ने गरिएको पाइन्छ,सो अनुसार नेपालमा सहजीकरण नभएको उनको गुनासो हुने गरेको छ ।
यहाँ सहजीकरण भन्दा अवरोध बढि छ,उनले भने,तर पनि फर्मबाट हरेस खाइएको छैन्,यस फर्मलाई थप विस्तार गराउने योजनामा रहेको उनले सुनाए । भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय आएका विकले कार्यालयले सहयोग गर्न खोजेको छ,तर बर्षै पिच्छे सरकारले बदल्ने नीतिका कारण समस्या आउने गरेको छ । हरेक बर्ष नयाँ नयाँ खालका अभ्यास गरिदा फर्महरुलाई समस्या हुने गरेको उनले बताए । पशु सेवा विज्ञ कार्यालयले पनि सहयोग गर्न खोजेको छ,तर कहिले सरकारले एक प्रकारको डकुमेन्ट माग्ने कहिले आर्को खालको डकुमेन्ट माग्ने कार्यले कर्मचारी र किसान दुबैलाई हैरानी ब्यहोर्ने खालका चुनौतीहरु रहेका छन् । फर्मको दर्ता प्रकृया,ऋण,उत्पादन,बजार जस्ता पनि समस्या आई पर्छ,उनले भने, यसमा सहजीकरण हुनु आवश्यक रहेको छ । किसानहरुले पनि कुनै उत्पादन गर्दा ब्यवसायिक रुपमा उत्पादन गर्न सोचका साथ अगाडी बढनु पर्ने उनले अनुभव सुनाएका थिए ।
तर यहाँ(नेपाल)मा जे कुरामा अनुदान दिइनथाल्यो,त्यती तिर अनुदान उन्मुख ब्यवसाय रोज्ने किसानको सोच हुदो रहेछ । सरकारले पनि किसानको उत्पादनमा आई पर्ने समस्यालाई सम्बोधन गर्नु भन्दा बर्षेनी फेर्ने,कार्यविधि फेरिरहने गर्दा चुनौतीहरु बढने गरेको छ । सरकारले यस प्रति गम्भिर हुन आवश्यक रहेको सुझाव थियो । अनुदान यदि सरकारले ऋण लिदा त्यसैमा थपेर सहयोग गरिदिएमा अनुदान बास्तविक किसानले पाउने गर्थे,पहुँचको आधारमा अनुदान पाउने भन्दा काम गर्ने किसानको हातमा पथ्र्यो । अहिले पनि नेपालमा बंगुरको मासुको बजार सम्भावना बढि देखिएको उनको भनाई थियो । अहिले आफुले उन्नत खालका बंगुर पालन गरेको हुदा बंगुरका बच्चा बुचाभानु कै बढि माग रहेको छ । ठूलो बनाएर मासु प्रयोजनका लागि पनि विक्रि गर्न सकिने आधारहरु छन् । तर बच्चा नै विक्रि गरिदिए पछि मासुका लागि थप हुर्काउन परेको छैन् । तर भविष्यमा मासु नै उत्पादन गर्ने गरि बंगुर फर्मलाई ब्यस्थित गरिने योजना रहेको उनले सुनाएका थिए । यसका लागि पनि आफुले पशु सेवा विज्ञ कार्यालयसँग नियमित सम्पर्कमा रहदै आएको बताएका थिए ।
पशु सेवा विज्ञ कार्यालयका प्रमुख श्रवण कुमार चौधरीले जिल्लाकै नमुना ब्यवसायिक फर्म विकले सञ्चालन गर्दै आएको बताए । उनमा काम गर्ने हौसला देखिन्छ,उनले भने,तर कार्यालयले जति सेवा दिइनु पर्ने हो,त्यो अनुसारको दिन सकिरहेको छैन् । कार्यालय सरकारी नीति नियममा बाधिएको हुन्छ,सरकारको नीति फ्लो गर्दै काम गर्नु पर्छ,उनले थपे,तर सरकारको नीति नै पटक पटक फेरिरहने हुदा किसानलाई प्रोत्साहन गर्न र सहयोग गर्न समस्या रहेको छ । किसानलाई तालिम गोष्टिमा प्राविधिक ज्ञान र सपना बनाएर उत्साही बनाउछौ,तर सरकारको नीति फेरिन्छ,जस्ले गर्दा विचमै किसान हतोत्साहित हुन थाल्छन् । तर काम गर्ने पशुपालक किसानलाई नियमित रुपमा आफुले विज्ञता सेवा दिदै आएको र सरकारले उपलब्ध गराउने अनुदान सहयोग पनि गर्दै आएको छ । जिल्लाका अन्य पशु फर्मको तुलनामा विकको फर्म ब्यवस्थित रहेको छ,उनले भने,त्यसले उनलाई नै लाभ पुर्याउदै आएको छ ।