लुम्बिनी प्रदेश संसार कै लागि ‘शान्ति र अहिँसाको’ प्रेरणा पाउने भुमी ः बन वातावरण मन्त्री कलवार

नवलपरासी,१६ कार्तिक
लुम्बिनी प्रदेशका सबै भुमि संसारकै लागि एक शान्ति अहिँसाको भुमिको रुपमा रहेको लुम्बिनी प्रदेशका बन तथा वातावरण मन्त्री देवकरण(सन्तु) कलवारले बताएका छन् । कार्तिक अमश्वायको अवसर पारेर विहिवार प्रतापपुर ५ श्रीरामपुर स्थित राहुल गौतम बुद्ध विहारमा भगवान गौतम बुद्धको र्मुिर्तको अनावरण गर्दै सो कुरा बताएका हुन् ।
तिन÷तिन जना बुद्ध जन्मेका यो लुम्बिनी प्रदेशका सबै भुमि बुद्धका पवित्र पाँउ परेको अध्यात्म,ज्ञान र करुणा,उपकारको जुनसुकै गाँउ बुद्धको गौरवपुर्ण इतिहास बोकेको लुम्बिनी प्रदेश हो । जस्मा पछिल्लो गौतम बुद्धले बुद्धत्व प्राप्तीका लागि बोधगया प्रस्थान गर्दा यहिँ क्षेत्रबाट घुम्दै अनोमाघाट पुगेर महाभिनिष्क्रमण लिएको अनोमाघाट(हालको ठाढीघाट) क्षेत्र पनि पवित्र स्थान भएको उनले बताए । यसै क्षेत्रमा भुजहवाको बौद्धविहार,झुलनीपुर बौद्ध विहार,अनोमाघाट बौद्ध विहारको स्थापना भई बुद्धको धर्म सन्देश फैलाईरहेको अवस्थामा अहिले यो श्रीरामपुरमा बौद्ध विहारको थप स्थापना हुदा बुद्धको धर्मोपदेशका लागि यहाँका स्थानियलाई अवसर प्रदान भएको उनले बताएका थिए ।


विश्वमा युद्धले कसैलाई पराजित गर्न सकिदैन्,तर बुद्धको अहिँसाबादी मार्गले सँसारका जोसुकैलाई परास्त गर्न सक्ने आधार उनले बताएका थिए । भारतमा महात्मागान्धी,डा.भिमराव अम्बेडकर लगायतका शान्ति र अहिँसा आन्दोलनले नै भारतलाई अग्रेजबाट अजाद गराएका थिए,तत्कालिन सम्राट अशोकले पनि हिँसापुर्वक युद्ध लडेर अखण्ड भारतको निर्माण गरे पनि मनको शान्तिका लागि बुद्धको मार्ग अपनाउन परेको थियो, उनले भने, नेपालमा नेपाली काँग्रेसले पनि यहिँ शान्तिपुर्ण मार्गलाई नै आधार बनाएर विभिन्न आन्दोलन गरि नेपालमा लोकतन्त्रको स्थापना गराउन सकेको छ,त्यो भएर अबको संसारले बुद्धकै अनुशरण गरि आफ्नो लक्ष्य पुरा हुन सक्छ । उनले सो बुद्ध विहारका लागि अगामी बजेटमा पाँच लाखसम्मको बजेट विनियोजन गरिदिईने प्रतिवद्धता जनाएका थिए ।
सो कार्यक्रममा विशिष्ट अथिती अधिवतmा मनोज कुमार नागबंशीले गाँउ गाँउमा बुद्ध विहार स्थापना र बुद्धको सहज ज्ञानले जनमानसमा अन्धविश्वास हटाउन सक्ने बताएका थिए । प्रसेनजितले आफ्नो पिताको मुतिmका लागि भगवान बुद्धसँग गरेको आग्रह र भगवान बुद्धले प्रयोत्मक तथा सहज कथाले कर्मकाण्डले कसैको मुतिm नहुने बरु जिवन भरि ति ब्यतिmले गरेको कर्मको आधारमा सँसारमा उनको प्रसँसा र आलोचना हुने प्रसंघ सुनाउदै सबैलाई बुद्धको प्रज्ञाभरि सन्देशको अनुसरण गर्न आग्रह गरेका थिए । त्यसै गरि सो कार्यक्रममा रामग्राम विकास कोषका सदस्य बेचु गौडले नवलपरासी जिल्ला बुद्धको पवित्र भुमि र विभिन्न सन्देश दिएको अनुसंधान भई रामग्राम स्तुप लगायतका बुद्धभुमिको पहिचानमा आएको र ति सबै स्थान बुद्ध तिर्थ स्थलको रुपमा विकास गरिने बताएका थिए । जस्मा भगवान गौतम बुद्धको महापरिनिर्वाण पश्चात प्राप्त उनको अस्थि राखेर बनेको रामग्राम स्तुप अहिलेसम्म मौलिक अवस्थामा रहेको हुदा संसारको एक अध्यात्मिक केन्द्र बन्दै गएकोछ । त्यसबहेक गौतम बुद्धका आमा महामाया,मौसी(सानीआमा) प्रजावती र पत्नि यशोधराको जन्म स्थान प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर(हाल पण्डितपुर)को पहिचान भई सकेको छ । रामग्राममै यशोधरा उद्धान क्षेत्र(हालको ननई गाँउमा),संघाग्राम क्षेत्र (हालको देवगाउमा) पनि पहिचान भएका छन् । त्यसबाहेक पनि भगवान बुद्धले गृहसुख सन्देश दिएको प्राचिन ककरपत्त नगर(हालको जावा गाउ) लगायतका कोलिय राज्यभित्र १५ वटा बुद्ध स्थलको पहिचान गरिसकिएको छ । ति सबै बुद्ध तिर्थ स्थलहरुको रुपमा रहेका छन् । ति सबै स्थानबारे जान्न र भ्रमणको लागि पनि आग्रह गरेका थिए । कार्यक्रममा १० बर्गिय भिच्छुहरुको उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *