पशु सेवा विज्ञ कार्यालयद्धारा अनुदान लिन पशुपालक कृषकलाई आह्वान

नवलपरासी,१३ बैशाख
भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालय नवलपरासीले पशुपालक किसानलाई प्रतिफलमा आधारित प्रोत्साहन अनुदानका लागि आह्वान गरेको छ । किसानले पशुपालन गरेर उत्पादन गरेका दुध,मासु र अण्डा जस्ता उत्पादनको प्रतिफलको आधारमा अनुदान सरकारले उपलब्ध गराउदै आएको हुदा सो अनुदान लिनका लागि आह्वान गरेको हो ।
जिल्ला भित्र धेरै किसानहरुले अ आफ्नै तरिकाले उत्पादन गर्ने गरेका छन् । त्यसको विक्रि वितरण पनि गर्दै आएका छन् । तर उनीहरु समक्ष सरकारले त्यस वापत दिईने अनुदानबारे जानकारी नहुदा धेरै किसानले अनुदानका लागि माग नै नगरेको हुदा पटक पटक सुचना गरेर आह्वान गर्दै आएको कार्यालय प्रमुख श्रवणकुमार चौधरीले बताए । किसान समक्ष सुचना पुर्याउने प्रयास गरिएको छ,तर पनि धेरै किसानले सो अनुदान लिन सकिरहेका छैनन् । उनका अनुसार कृषि,खाद्य तथा पोषण सुरक्षा कार्यक्रम अन्तरगत प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम पनि रहेको छ । जस्मा दुधमा प्रति लिटर २ रुपियाका दरले अनुदान उपलब्ध हुन्छ । त्यसै गरि जिउदो खसी,बोका,भेडामा प्रति केजी रु.२५ का दरले अनुदान दिईने ब्यवस्था रहेको छ । भेडा,बंगुर,राँगा,माछा उत्पादनमा प्रति केजी रु.१५ रुपिया र अण्डामा प्रति हजार अण्डा उत्पादन गर्दा रु.२ सय ५० रुपिया रहेको छ । यसका लागि चालु आर्थिक बर्षमा एक करोड ५० लाख बजेट विनियोजन भएर आएको छ,उनले भने,तर माग नै कम भएको हुदा पुरै रकम खर्च नहुने देखिएका छ । एका तिर किसानले सरकारबाट केही सहयोग नपाईएको गुनासो गर्ने आर्को तर्फ प्रोत्साहनका लागि आएको रकम लिन नसक्ने अवस्था देखिएको उनको भनाई थियो ।
सो अनुदान लिनका लागि कार्यविधि समेत तोकिएको हुदा कार्यविधि अनुसार नै माग गर्नु पर्ने उनले बताए । कार्यविधिमा अघिल्लो आर्थिक बर्षको लेखापरिक्षण प्रतिवेदन,पशु बिमा गरिएको,समुह सहकारी,कम्पनीले मासिक औषत ७ हजार लिटर दुध उत्पादन र फर्मको हकमा २ सय ५० लिटरसम्म दुध उत्पादन र विक्रि गरेको हुनु पर्नेछ । त्यसै गरि मासुको हकमा पनि पशु विमा सहित खसी,बोका भेडाको हकमा सहकारीबाट १ सय गोटा,वा बंगुरको हकमा प्रति सहकारी ४० गोटा,राँगाको हकमा प्रति सहकारी प्रति बर्ष २० गोटा को कारोबार गरेको हुनु पर्नेछ । माछा उत्पादनमा निजीको हकमा २ मे.ट. प्रति बर्ष विक्रि गरेको हुनु पर्ने र सहकारीको हकमा १० मे.ट. विक्रि गरेको हुनु पर्नेछ । त्यसैगरि अण्डा उत्पादनमा मासिक न्युनतम १० हजार गोटा अण्डा उत्पादन हुनु पर्ने छ ।
यसका लागि नवलपरासी जिल्ला भरिको ठेगाना भएको र सम्पर्क नम्बर सहितको विवरण,कृषकले ब्यववसायीबाट लिइएको भुतmानीको अभिलेख,संस्थागतको हकमा कृषकको खातामा भुतmानी गरेको अभिलेख,पान नं.सस्था वा कम्पनीको हकमा करचुक्ता प्रमाणपत्र र कारोबार खुल्ने बार्षिक लेखा परिणक्ष प्रतिवेदन सहित आवेदन दिईनु पर्नेछ ।

1 Comment

  • Although the updated P 1 data fail to provide evidence of a reduction in mortality, findings from NSABP B 14, a randomized trial that compared the outcome of patients with ER positive tumors and negative nodes who received either placebo or tamoxifen 26, indicate that the reduction in breast cancer incidence in the P 1 trial will likely be accompanied by a decrease in breast cancer mortality order priligy Conditional mutant mice are obtained by crossing the floxed strain with a Cre transgenic line such that the target gene becomes inactivated in vivo within the expression domain of Cre

Leave a Reply

Your email address will not be published. Required fields are marked *