
नवलपरासी,१३ बैशाख
जिल्ला स्थित पृथ्वीचन्द्र अस्पताललाई एक सय सैया विस्तार गरि शैक्षणिक कार्य पनि गर्ने गरि प्रस्ताव बनाई पठाउन लुम्बिनी प्रदेश सरकारका स्वास्थ्यमन्त्री दिपेन्द्र कुमार पुन मगरले सुझाव दिइएका छन् । विहिवार अस्पतालको अनुगमन गर्ने क्रममा उनले सो सुझाव दिइएका हुन् ।
अस्पतालमा विरामीको चाँप बढदै गएको र विशेषज्ञ चिकित्सकहरुको आकर्षण भएको अवस्था देखेर उनले यो अस्पतालमा अब शैक्षणिक कुरा आवश्यक देखिएको बताएका थिए । दैनिक साढे ४ सय भन्दा बढि विरामीहरु आउने गरेका छन्,उनले भने,यहाँ नयाँ भवन निर्माण भई सकेको छ,विशेषज्ञ चिकित्सक पनि छन्,तर त्यसको अनुपातमा यहाँ सहयोगी स्वास्थ्यकर्मी कम देखिएका छन् । यस क्षेत्रमा स्वास्थ्य सम्बन्धि कुनै अन्य शैक्षणिक कार्यका लागि संस्थानहरु पनि छैनन् । यसले गर्दा यो अस्पताल त्यसको लागि उपयुतm अस्पताल रहेको छ । शैक्षणिक कार्यले केही हदसम्म यहाँ स्वास्थ्य सेवामा सहयोगी पनि हुनेछन् । निजी क्षेत्रलाई अनुमति दिनु भन्दा सरकारी अस्पताललाई नै ति सुविधा उपलब्ध गराउदा जनतालाई पनि राहत पुग्ने सरकारी स्वामित्व रहनुका साथै विश्वासनियता पनि हुने उनको भनाई थियो ।
बिरामीको चाँप बढि भएको हुदा अध्ययनका लागि पनि उपयुतm अस्पताल बन्न सक्छ, उनले थपे, यसका लागि स्वास्थ्य मन्त्रालय र लुम्बिनी प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग हुन्छ । वर्दिया अस्पतालले पनि अस्पतालमा शैक्षणिक कार्यका लागि निर्णय र परियोजना प्रतिवेदन पठाई सकेको छ, यो पृथ्वीचन्द्र अस्पतालले पनि चाडै निर्णय र परियोजना प्रतिवेदन पठाउन पर्यो । यसले नवलपरासी क्षेत्रका विद्यार्थीलाई अध्ययन गर्नका लागि टाढा जान पनि नपर्ने र तिनै जनशतिmले अस्पताल सञ्चालन पनि गर्न सक्ने अवस्था छ । अस्पतालको १४ करोड बढिको नयाँ भवन निर्माण सम्पन्न भई सकेको र पिसिआर भवन नागरिक स्तरबाट छुट्टै बनिसकोको छ । हाल सञ्चालन हुदै आएको अस्पताल भवन पनि ठिकै अवस्थामा रहेको छ ।
पुर्वाधारको आधारमा यहाँ सय सैयाको अस्पताल सञ्चालनमा समस्या नआउने अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट(निमेसु) सर्जन डा.किरण पाण्डेले जानकारी गराएका थिए । उनले अस्पताल विकास समितिले त्यसको लागि निर्णय गरिसकेको जनाउदै छिट्टै परियोजना प्रतिवेदन बनाएर लुम्बिनी प्रदेश सरकारमा पठाउने मन्त्री मगरलाई अवगत गराएका थिए । अस्पतालमा शैक्षणिक गतिविधि अर्थात स्वास्थ्य सहायक,स्टाफ नर्स लगायत ल्याब,फर्मेसी जस्ता स्वास्थ्य सम्बन्धि विषयको पठन पाठन गराउदा ति विद्यार्थीहरु सैद्धान्तिक ज्ञान पछि प्रत्यक्ष अभ्यास गर्न पाउने छन् । विरामीको संख्या पनि भएको र विशेषज्ञ चिकित्सकहरु पनि यहाँ कार्यरत हुदा अध्ययनका लागि उपयुतm वातावरण रहेको छ । यसले गर्दा अन्य थप विशेषज्ञ चिकित्सक पनि यो अस्पतालमा आकर्षित हुनेछन् ।
मेडिकल क्षेत्रमा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई पनि आफ्नै गाँउ ठाँउमा कम लगानीमा अध्ययन गर्न पाउने पनि हुन्छन् । जुन आवश्यकता पहिचान गरि अस्पतालले निर्णय गरेर सरकारसँग माग गर्न खोजेको थियो,त्यो कुरा मन्त्री मगरले आफै भने पछि हामीलाई उत्साह थपिएको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र प्रसाद गुप्ताले बताए । विगत भन्दा अहिले अस्पताल प्रति भरोसा र विश्वास बढदै गएको छ, उनले भने,विरामीको चाँप पनि त्यही विश्वास कारण थपिदै गएको छ । विशेषज्ञ चिकित्सक पनि आउन थालेका छन् । आउने इच्छा पनि देखाउदै छन् ।
तर ति चिकित्सकको सहयोगी स्टाफको रुपमा कर्मचारी अत्यन्तै न्युन रहेका छन् । यसले गर्दा विरामीको सेवा प्रवाहमा केही चुनौतीहरु थपिदै गएका छन् । त्यसको लागि पनि यो अस्पतालमा एउटा सहयोगी जनशतिmमा पनि शैक्षणिक कार्यले टेवा मिल्ने र विद्यार्थीलाई पनि राहत पुग्ने हुदा यस प्रति यहाँका राजनीतिक दल,नागरिक समाज र संघसस्थाहरु पनि उत्साही र सकारात्मक सहयोगका लागि तत्पर देखिन थालेका छन् । त्यसमा मन्त्रीको चाहना पनि त्यही देखिदा निकट भविष्यमा पृथ्वीचन्द्र अस्पतालमा स्वास्थ्य सम्बन्धि पठन पाठन हुनेमा विश्वस्त भएको उनले बताएका थिए ।
मन्त्रीलाई नयाँ भवनको अवलोकन गराउदै अध्यक्ष गुप्ताले खानेपानीका लागि अस्पताल परिसरमै छुट्टै खानेपानी टंकी र बोरिगँको ब्यवस्थापन र चिकित्सक बस्ने आवास भवनका लागि पनि योजना पार्न माग गरेका थिए । त्यसै गरि नयाँ भवनमा अस्पताल सार्दा आवश्यक औजार,उपकरण,फर्निचर लगायतका समाग्रि आपुर्तिका लागि पनि बजेट थपेर पठाउन माग गरिएको थियो । त्यसै गरि एण्टीरेबिज,एन्टी भेनम लगायत अति आवश्यक खोप सुई पनि माग अनुसारको आपुर्ति गर्नका लागि पनि मन्त्री मगरसँग आग्रह गरेका थिए ।
dapoxetine priligy uk The third level is in two sections; on the left is Coordinating Team IT, EVS, Security; on the right is Ancillary Support Services Support, Mechanic, Pharmacy