सरावलका युवायुवतीलाई कानुनी सचेतना

नवलपरासी,६ बैशाख
जिल्लाको सरावल गाउपालिकाले स्थानिय युवाहरुलाई कानुन सम्बन्धि सचेतना दिने कार्यको शुभारम्भ गरेको छ । स्थानिय युवाहरुले विभिन्न विषयका जानकारी राख्ने गरे पनि कानुन सम्बन्धि ज्ञान पाउन भनेर कानुनी सचेतना कार्यक्रम शुरु गरेको हो ।


कार्यक्रमको शुभारम्भ गाउपालिकाको वार्ड नं.२ मनरीबाट पालिकाका न्यायिक समितिका संयोजक समेत रहेकी उपाध्यक्ष बासमति हरिजनले गरेकी थिईन् । अ आफ्नो विषयबस्तुको जानकारी भए पनि आम युवाहरुमा कानुन समबन्धि धेरै जानकारी नहुदा उनीहरुको दैनिक जिवनमा आउने कानुनी समस्या झेल्न परेको हुदा यो सचेतना कार्यक्रम गराउन लागिएको उपाध्यक्ष हरिजलले बताएकी थिईन् । घरपरिवारमा पनि कानुनबारे धेरै कुरा जानकारी छैन्,उनले भनिन्,यसमा युवा जमातमा पनि कानुनी जानकारीको अभाव देखिएको छ, उनले भनिन्,सबै नागरिकले कम से कम आधार भुत कानुनको जानकारी लिइन आवश्यक छ । समस्या परे मात्र कानुन जान्न
े अधिवतmा वा कानुनी परामर्श केन्द्र जाने गरेका छन् । तर कानुनका केही आधारभुत जानकारी दिलाउन सकिएमा अनभिज्ञतामा कानुन उलघंन गर्ने कार्यमा कमी आउने छ । कानुनको पालना गर्नेछन् । जुन जटिल समस्याबाट जोगिन सक्छन् ।
नेपाल कानुनी राज्य हो,कानुनको शासन चल्छ,कानुन कसरी बन्ने गरेको छ ? कानुनी उपचार कसरी पाउने ? न्यायिक समितिले कुन कुन ? प्रकारका कानुनी उपचार गर्छ । संविधान,धर्म संस्कृति,रितिरिवाज र कानुनको अन्तरसम्बन्ध लगायतका जानकारी उतm सचेतना कार्यक्रम मार्फत स्थानिय युवाहरुलाई गराइने गरिएको छ । कानुनको जानकारीका लागि अधिवतmा मनोज कुमार हरिजन(नागबंशी)ले प्रशिक्षण दिइएका थिए भने कार्यक्रमको सहजीकरण भिजन एजुकेसनल एण्ड मल्टिप्रपोज कम्पनीले गरेको थियो । सो कार्यक्रम गाउपालिकाको ७ वटैवार्डका युवायुवतीहरुलाई प्रदान गरिने कम्पनीका सञ्चालक अभिशेख हरिजनले बताएका थिए ।

1 Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *